Dimple Couple Post

Dimple Couple Post सत्य तथ्य समाचार,डीसी पोष्टको उपहार

परदेश पुगेपछि आफ्नै मान्छेको आत्मीय साथ-दुबईमा भावुक बन्यो सुशील सुनार र वर्षा शर्माको स्वागत अन्तरजातीय विवाह गरेर सामा...
17/05/2026

परदेश पुगेपछि आफ्नै मान्छेको आत्मीय साथ-दुबईमा भावुक बन्यो सुशील सुनार र वर्षा शर्माको स्वागत

अन्तरजातीय विवाह गरेर सामाजिक सञ्जालमा चर्चामा आएका सुशील सुनार र वर्षा शर्मा रोजगारीका लागि दुबई पुगेका छन्। नयाँ सपना र उज्यालो भविष्यको आशा बोकेर विदेशिएका यो जोडीलाई दुबई पुगेलगत्तै आत्मीय स्वागत गरिएको छ।उनीहरूलाई त्यहाँ साबु विश्वकर्माले हार्दिक स्वागत गरेपछि त्यो भावुक क्षण सामाजिक सञ्जालमा अहिले निकै चर्चामा छ। “मेरो प्राणहरू आउनुभयो…” भन्ने शब्दसहित गरिएको स्वागतले परदेशको भीडभाडमा पनि आफ्नोपन र न्यानोपनको अनुभूति दिलाएको धेरैले बताएका छन्।

समाजका आलोचना, चुनौती र संघर्ष पार गर्दै प्रेमलाई विवाहमा बदल्ने यो जोडी अहिले जीवनको नयाँ अध्याय सुरु गर्न विदेश पुगेका हुन्। उनीहरूको यात्रा अझ राम्रो भविष्य र सफलताको खोजीमा केन्द्रित रहेको बताइएको छ।सामाजिक सञ्जालमा धेरैले उनीहरूको दाम्पत्य जीवन सफल होस्, प्रेम कहिल्यै नहारोस् र परदेशको संघर्ष सफलतामा बदलियोस् भन्दै शुभकामना व्यक्त गरिरहेका छन्।






१०० रुपैयाँ मात्र छ भन्दा पनि मुस्कुराउँदै आलु दिने ती दिदी: १ हजार रुपैयाँ सित्तैमा लिन मानिनन्, गरिबीमा पनि आत्मसम्मान...
17/05/2026

१०० रुपैयाँ मात्र छ भन्दा पनि मुस्कुराउँदै आलु दिने ती दिदी: १ हजार रुपैयाँ सित्तैमा लिन मानिनन्, गरिबीमा पनि आत्मसम्मान देखेपछि रोए अभिनव बज्राचार्य! 😢

समाजसेवी अभिनव बज्राचार्यले फेरि एकपटक मानवता र इमान्दारिताको सुन्दर उदाहरण सार्वजनिक गरेका छन्। यसपटक उनले आलु बेचिरहेकी एक दिदीको मन जाँच्ने प्रयास गर्दा दिदीको व्यवहारले धेरैको मन छोएको छ।भिडियोअनुसार अभिन्नव दिदीको पसलमा पुगेर “आलु कसरी हो?” भनेर सोध्छन्। दिदीले “पाथीको १५० रुपैयाँ पर्छ” भनेपछि अभिन्नवले “मसँग १०० मात्रै छ, त्यतिमा दिनुहुन्छ?” भनेर सोधेका थिए। त्यसपछि दिदीले कुनै हिचकिचाहट नगरी सहजै “हुन्छ” भन्दै एक पाथी आलु दिन तयार भएकी थिइन्।

पछि अभिन्नवले दिदीलाई १ हजार रुपैयाँ सहयोग गर्न खोज्दा भने दिदीले पैसा लिन मानिनन्। अभिन्नवले “यो तपाईंको लागि हो, आफ्नै भाइ सम्झेर राख्नुस्” भन्दा पनि दिदीलाई अप्ठ्यारो लागेपछि उनले उल्टै “त्यसो भए २ पाथी आलु लैजानुस्” भनेकी थिइन्।दिदीको त्यही स्नेह, इमान्दारिता र आत्मसम्मानले अन्ततः अभिन्नवलाई आलु पनि लिएर जान बाध्य बनाएको भिडियोमा देखिन्छ। त्यसपछि अभिन्नवले “तपाईं साँच्चै ठूलो मन भएको सहयोगी मान्छे हुनुहुँदो रहेछ” भन्दै दिदीको खुलेर प्रशंसा गरेका छन्।भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैले दिदीको इमान्दार व्यवहार, सरलता र मायालु स्वभावको प्रशंसा गरिरहेका छन्। धेरैले “गरिबीले मन सानो हुँदैन” भन्दै उक्त भिडियोले आफूहरूलाई भावुक बनाएको प्रतिक्रिया दिएका छन्।




नेपाली ठिटाको जादुले तानिएर बेलायतबाट पोखरा आइन् मेडलिन: रेस्टुरेन्टका कामदार राम जयसँग अदालती विवाह, भनिन्— 'नेपालको प्...
17/05/2026

नेपाली ठिटाको जादुले तानिएर बेलायतबाट पोखरा आइन् मेडलिन: रेस्टुरेन्टका कामदार राम जयसँग अदालती विवाह, भनिन्— 'नेपालको प्रेमले मेरो मन जित्यो।
बेलायती नागरिक मेडलिन एलिजाबेथ ले पोखरा जिल्ला अदालतमा आफ्ना नेपाली प्रेमी राम जय सँग विवाह गरेकी छिन्।विश्वका दर्जनौं देशहरूको भ्रमण गरिसकेकी कानून स्नातक मेडेलिनले रामलाई सन् २०२४ मा पोखरामा भेटेकी थिइन्। त्यतिबेला राम पोखराको एक रेस्टुरेन्टमा काम गरिरहेका थिए। नेपाल भ्रमणका क्रममा सुरु भएको उनीहरूको भेटघाट समयसँगै प्रेममा परिणत भएको बताइएको छ।

मेडेलिनले नेपालमा पाएको प्रेम, न्यानोपन र आतिथ्यले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको बताएकी छिन्। उनले नेपाली संस्कृति, परम्परा र जीवनशैलीलाई आत्मसात गर्दै नेपाललाई आफ्नो जीवनको विशेष हिस्सा बनाएको उल्लेख गरेकी छिन्।उनका अनुसार नेपालमा भेटिएको प्रेम र अपनत्वले उनलाई संसारका अन्य देशभन्दा फरक अनुभव दिएको छ। “प्रेमले कुनै सीमा चिन्दैन” भन्ने सन्देश उनीहरूको विवाहले थप पुष्टि गरेको धेरैले बताएका छन्।यो विवाहले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ भने धेरैले उनीहरूको दाम्पत्य जीवन सुखद, सफल र समृद्ध होस् भन्ने शुभकामना व्यक्त गरिरहेका छन्।




समाजको आलोचना र संघर्ष जितेर एक भएका सुशील दम्पती अब उज्यालो भविष्यको सपना बोकेर दुबई प्रस्थान ✈️अन्तरजातीय विवाहपछि साम...
17/05/2026

समाजको आलोचना र संघर्ष जितेर एक भएका सुशील दम्पती अब उज्यालो भविष्यको सपना बोकेर दुबई प्रस्थान ✈️

अन्तरजातीय विवाहपछि सामाजिक सञ्जालमा चर्चामा आएका सुशील र उनकी श्रीमती अहिले रोजगारीका लागि दुबई प्रस्थान गरेका छन्। नयाँ सपना र उज्यालो भविष्यको आशा बोकेर उनीहरू विदेश यात्रामा निस्किएका हुन्।प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा उनीहरूले समाजका विभिन्न आलोचना, चुनौती र संघर्ष सामना गरेका थिए। तर ती सबै परिस्थितिलाई पार गर्दै उनीहरूले आफ्नो सम्बन्धलाई सफल बनाएका थिए।

सामाजिक सञ्जालमा उनीहरूको प्रेमकथा धेरैले रुचाएका थिए भने अन्तरजातीय विवाहप्रति सकारात्मक सन्देश दिएको भन्दै प्रशंसा समेत गरिएको थियो।दुबई प्रस्थान गर्दै गरेको तस्बिर र भिडियो सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ। धेरैले उनीहरूको नयाँ यात्रा सफल रहोस्, वैवाहिक जीवन सुखद बनोस् र विदेशको संघर्ष सफलतामा परिणत होस् भन्ने कामना गरेका छन्।प्रेम र विश्वासका आधारमा अघि बढिरहेको यो जोडीको नयाँ यात्रा अहिले धेरैका लागि प्रेरणाको विषय बनेको छ।




कुन पा’पिनीले जन्माएर जङ्गलमा फाली आफ्नै मुटुको टुक्रा?: तरहरा जङ्गलमा भेटिएका शिशु पुगे आश्रमको काखमा, अप’राधी आमाको खो...
16/05/2026

कुन पा’पिनीले जन्माएर जङ्गलमा फाली आफ्नै मुटुको टुक्रा?: तरहरा जङ्गलमा भेटिएका शिशु पुगे आश्रमको काखमा, अप’राधी आमाको खोजीमा प्रहरी!
धरान । सुनसरीको तरहरा–२० स्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडीभित्र पोको पारेर राखिएको अवस्थामा एक नवजात शिशु फेला पारेकी छन् । घाँस काट्ने क्रममा शंकास्पद पोको देखेपछि नजिकै गएर हेर्दा भर्खरै जन्मिएको शिशु चिसोमा एक्लै छाडिएको अवस्थामा भेटिएपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन् । सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घ'टनास्थल पुगेर शिशुको उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि शिशुलाई इटहरी अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले शिशुको अवस्था सामान्य रहेको बताएका छन् । समयमै उद्धार भएकाले शिशुको ज्यान सुरक्षित रहन सफल भएको प्रहरीले जानकारी दिएको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय इटहरीमार्फत शिशुलाई निःसहाय बालबालिका सेवा आश्रमको संरक्षण तथा स्याहारका लागि जिम्मा लगाइएको इटहरी प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भिडियो कमेन्ट बक्समा राखिएको छ हेर्न सक्नुहुनेछ । ❤️💔
#हेर्नुहोला

स्कुलको खाजा खान पैसा नभएपछि कलम बेच्दै हिँडेका बालकलाई पिज्जा खुवाउँदै सहयोग गरे अभिनव बज्राचार्यकाठमाडौं-समाजसेवी अभिन...
15/05/2026

स्कुलको खाजा खान पैसा नभएपछि कलम बेच्दै हिँडेका बालकलाई पिज्जा खुवाउँदै सहयोग गरे अभिनव बज्राचार्य

काठमाडौं-समाजसेवी अभिनव बज्राचार्यले फेरि एकपटक आफ्नो मानवीय व्यवहारमार्फत धेरैको मन जितेका छन्। सडकमा कलम बेचेर स्कुलको खाजा खर्च जुटाउँदै हिँडेका एक सानो भाइलाई उनले सहयोग गरेका हुन्।विद्यालयको छुट्टीको समयमा खाजा खाने पैसा नभएपछि कलम बेच्दै हिँडिरहेका ती बालकको अवस्था देखेपछि अभिनवले उनीसँग कुरा गरेका थिए। सो क्रममा बालकको परिवार आर्थिक रूपमा कमजोर रहेको र उनी सानो उमेरमै संघर्ष गर्दै पढाइलाई निरन्तरता दिइरहेको खुलेको बताइएको छ।

त्यसपछि अभिनवले ती भाइलाई पिज्जा खुवाउनुका साथै हातमै एक हजार रुपैयाँ सहयोग स्वरूप दिएका छन्। सहयोग पाएपछि बालकको अनुहारमा देखिएको खुशीले सामाजिक सञ्जालमा धेरैको मन छोएको छ।सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि अभिनवको कामको प्रशंसा गर्दै सानो उमेरमै मेहनत गरेर पढाइ अघि बढाइरहेका बालकप्रति सम्मान व्यक्त गरिरहेका छन्।दुःखी, असहाय र आवश्यकता भएका व्यक्तिहरूको साथमा सधैं उभिँदै आएका अभिनवको यो कार्यलाई धेरैले मानवताको उदाहरणका रूपमा लिएका छन्।






कलाकारिताको आडमा अर्कैको श्रीमानसँग रोमान्स, करिश्मा ढकालमाथि लाग्यो घरबार बिगारेको गम्भी’र आ’रोप: दुई बच्चाका बाउसँग ना...
15/05/2026

कलाकारिताको आडमा अर्कैको श्रीमानसँग रोमान्स, करिश्मा ढकालमाथि लाग्यो घरबार बिगारेको गम्भी’र आ’रोप: दुई बच्चाका बाउसँग नाम जोडिएपछि 'मोडल' को रुवाबासी, एक महिलाले एकाएक खोलिन् सबै पोल!

कलाकारिता क्षेत्रकी चर्चित मोडल करिश्मा ढकाल यतिबेला गम्भी’र विवा’दको भुमरीमा फसेकी छिन्। दुई साना बच्चाका बुबा (विवाहित पुरुष) सँग अनै’तिक सम्बन्ध रहेको आ’रोप लागेपछि उनी सामाजिक सञ्जालमा तीव्र आलोचनाको पात्र बनेकी हुन्। एक पी’डित महिलाले आफ्ना श्रीमानलाई करिश्माले लठ्ठ बनाएर आफ्नो घरबार बिगा’रेको भन्दै भिडियो सार्वजनिक गरेपछि यो घ’टनाले उग्र रूप लिएको हो।
पी’डित भनिएकी महिलाले सामाजिक सञ्जालमा भावुक हुँदै आफ्ना दुई बच्चाको भविष्य बर्’बाद हुन लागेको र आफ्ना श्रीमानलाई करिश्माले होटलतिर डुलाउने गरेको आ’रोप लगाएकी छिन्। करिश्मामाथि धनी र विवाहित पुरुषहरूसँग नजिकिने गरेको भन्दै टिकटक र फेसबुकमा अनेकौँ टिका-टिप्पणी भइरहेका छन्।
वि’वादले उग्र रूप लिएपछि र सर्वसाधारणबाट चर्को गा’ली खान थालेपछि करिश्माले आफ्नो सक्रिय रहेको TikTok ID लाई 'Private' बनाएकी छिन् र उनी सामाजिक सञ्जालबाट अचानक टाढा (लापत्ता) भएकी छिन्। यद्यपि, यी आ’रोपहरूको सत्यता कति छ भन्नेबारे करिश्माको तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन। अहिले इन्टरनेटमा करिश्माका समर्थक र आलोचकहरूबीच पक्ष-विपक्षमा चर्को बहस चलिरहेको छ।

छुट्टी मनाउन घर आएका भारतीय सेनामा कार्यरत पाल्देन अब सम्झनामा मात्रै सीमित, मोटरसाइकल दुर्घ'टना परेर २४ बर्षको कलिलो उम...
15/05/2026

छुट्टी मनाउन घर आएका भारतीय सेनामा कार्यरत पाल्देन अब सम्झनामा मात्रै सीमित, मोटरसाइकल दुर्घ'टना परेर २४ बर्षको कलिलो उमेरमा ज्यान गुमाए ।

काठमाडौं । धरान सुन्दर बस्तिका २४ वर्षीय पाल्देन शेर्पाको असामयिक निध'नले यतिबेला सिंगो बस्ती शो'कमा डुबेको छ। भारतीय सेनामा विगत पाँच वर्षदेखि कार्यरत पाल्देन एक साताअघि मात्रै छुट्टी मनाउन घर आएका थिए। परिवारसँग रमाइलो गर्दै, आफ्ना सपना र भविष्यका योजना सुनाउँदै हिँडिरहेका उनी अब कहिल्यै फर्केर नआउने गरी अस्ताएका छन्। बुधबार भएको मोटरसाइकल दुर्घ'टनामा ग'म्भीर घा'इते भएका पाल्देनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकको अथक प्रयासबीच पनि उनलाई बचाउन सकिएन। जवान छोराको निधनको खबरले परिवारमाथि बज्र'पात परेको छ। घरमा हाँसो र खुसी लिएर आएका पाल्देनको श'व जब घर फर्कियो, त्यो दृश्यले सबैको आँखा रसायो। आमाबुबाको विलाप, आफन्तको रुवा'बासी र साथीहरूको भावुक सम्झनाले धरानको वातावरण नै स्तब्ध बन्यो। बिराटनगरमा पो'स्टमार्टमपछि उनको श'व आफन्तलाई बुझाइएको थियो। त्यसपछि खत्री धारामा अन्त्येष्टि गरिँदा सयौं मानिस भावुक बनेर अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए। छुट्टी मनाउन घर आएका पाल्देन अब सम्झनामा मात्रै सीमित भएका छन्।💔😥
#सीमित

प्रेमको अगाडि न त सीमाले रोक्यो, न त भाषाले: ९ वर्षको 'अनलाइन लभ' लाई सारा र ऋषिले दिए पूर्णता, धुमधामसँग भयो इन्टरनेशनल...
15/05/2026

प्रेमको अगाडि न त सीमाले रोक्यो, न त भाषाले: ९ वर्षको 'अनलाइन लभ' लाई सारा र ऋषिले दिए पूर्णता, धुमधामसँग भयो इन्टरनेशनल विवाह।

प्रेमको कुनै सीमा र भूगोल हुँदैन भन्ने कुरालाई बिहारका ऋषि कुमार र फिलिपिन्सकी सारा पाउलिन क्रुजको प्रेमकथाले फेरि एकपटक प्रमाणित गरिदिएको छ। नौ वर्षअघि फेसबुकको एउटा 'फ्रेन्ड रिक्वेस्ट' बाट सुरु भएको यी दुईको संवादले अहिले एउटा सुन्दर वैवाहिक सम्बन्धको रूप लिएको छ।
लामो समयसम्म 'लङ डिस्टेन्स' सम्बन्धमा रहेका ऋषि र साराले अन्ततः विवाह गर्ने निर्णय गरे। आफ्नो प्रेमीका लागि सारा हजारौँ किलोमिटर टाढा फिलिपिन्सबाट बिहार आइपुगिन्। बिहारमा हिन्दू परम्परा र रीतिरिवाजअनुसार उनीहरूको विवाह सम्पन्न भएको छ। साराले नेपाली र भारतीय संस्कृति झल्कने भेषभूषामा सजिएर हिन्दू संस्कारका हरेक विधिहरूलाई खुसीसाथ निभाएको दृश्यले धेरैको मन जितेको छ।
फरक देश, फरक भाषा र पूर्णतः फरक संस्कृति भए तापनि यी दुईको आपसी विश्वास र अटुट प्रेमका कारण यो सम्बन्ध सफल भएको हो। सामाजिक सञ्जालमा यो जोडीको तस्बिर र भिडियो भाइरल भएसँगै धेरैले यसलाई "साँचो प्रेमको जीत" भन्दै बधाई र शुभकामना दिइरहेका छन्।

इरानी हिरोइनको पछि लाग्दा राष्ट्रपतिले खाए आफ्नै श्रीमतीको हातबाट कु’टाइ: विमानस्थलमै थप्पड खाएको भिडियो भयो भाइरल!संसार...
15/05/2026

इरानी हिरोइनको पछि लाग्दा राष्ट्रपतिले खाए आफ्नै श्रीमतीको हातबाट कु’टाइ: विमानस्थलमै थप्पड खाएको भिडियो भयो भाइरल!

संसारकै सबैभन्दा शक्तिशाली र 'पर्फेक्ट कपल' मानिने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र उनकी पत्नी ब्रिजिट म्याक्रोनबिचको एउटा पुरानो भिडियोले फेरि एकपटक सामाजिक सञ्जाल तताएको छ। गत वर्ष भियतनामको हनोई विमानस्थलमा ब्रिजिटले म्याक्रोनलाई हात छोडेको भिडियो भाइरल भएको थियो, जसको खास कारण अहिले आएर एउटा पुस्तक मार्फत खुलासा भएको छ।
फ्रान्सेली पत्रकार फ्लोरियन टार्डिफको नयाँ पुस्तक ‘एन (अल्मोस्ट) पर्फेक्ट कपल’ का अनुसार, यो सबै लफडा इरानी मूलकी हलिउड अभिनेत्री गोलसिफ्ते फराहानीका का’रण भएको हो। रिपोर्टका अनुसार राष्ट्रपति म्याक्रोनले ती अभिनेत्रीलाई "तिमी धेरै सुन्दर छौ" भन्दै सन्देश पठाएका थिए। विमानस्थलमा म्याक्रोनको फोनमा ती अभिनेत्रीको म्यासेज र च्याट देखेपछि ब्रिजिटको पारो तातिएको थियो र उनले क्यामेराकै अगाडि पतिलाई थ’प्पड हा’नेर ठिक ठाउँमा राखेकी थिइन्।
यद्यपि, ब्रिजिट म्याक्रोनको टोलीले यो कुरालाई ठाडै अस्वीकार गरेको छ। उनीहरूले ब्रिजिटले पतिको मोबाइल कहिल्यै नहेर्ने दाबी गरेका छन्। उता अभिनेत्री फराहानीले पनि यो सबै हल्ला झु’टो भएको बताएकी छिन्। जे भए पनि, हिरोइनको पछि लाग्दा विश्वकै शक्तिशाली राष्ट्रपतिको गाला रातो भएको यो खबरले अहिले 'मिम्स' र टिकटकमा नयाँ स्थान पाएको छ।

नयाँ भूमिकामा डोना थापा: 'चकलेटी ब्याई' अब बाबु बने, जीवनकै सबैभन्दा विशेष क्षण भन्दै फ्यानहरूसँग साटे खुसी!नेपाली युवा ...
15/05/2026

नयाँ भूमिकामा डोना थापा: 'चकलेटी ब्याई' अब बाबु बने, जीवनकै सबैभन्दा विशेष क्षण भन्दै फ्यानहरूसँग साटे खुसी!

नेपाली युवा पुस्तामाझ निकै लोकप्रिय ब्लगर तथा सामाजिक सञ्जालका परिचित अनुहार डोना थापा बाबु बनेका छन्। उनकी श्रीमती देवी थापाले आज युरोपस्थित एक अस्पतालमा स्वास्थ्य पुत्रलाई जन्म दिएकी हुन्। परिवारमा पहिलो सन्तानको रूपमा छोराको आगमन भएसँगै थापा परिवारमा यतिबेला खुसीयाली छाएको छ।
आफ्नो ब्लग र भिडियोहरूका कारण सधैँ चर्चामा रहने डोनाका लागि यो क्षण जीवनकै सबैभन्दा महत्त्वपूर्ण र अविस्मरणीय रहेको उनले बताएका छन्। छोराको जन्मपछि सामाजिक सञ्जालमा तस्बिर र जानकारी सार्वजनिक गर्दै उनले आफ्नो खुसी फ्यानहरूसँग साटेका हुन्। श्रीमती देवी र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ। डोनाका फ्यानहरूले उनलाई 'सेलेब्रिटी बुवा' भन्दै नयाँ जिम्मेवारीका लागि शुभकामना दिइरहेका छन्।

住所

Shibuya
Minato, Tokyo

電話番号

+818093552801

ウェブサイト

アラート

Dimple Couple Postがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Dimple Couple Postにメッセージを送信:

共有する