13/08/2026
श्रीमती र दुई छोरालाई छाडेर सम्पर्कविहीन भएका प्रहरी सहायक हवलदार प्रहरीकै नियन्त्रणमा, प्रेमीका पनि प'क्राउ परिन् ।
कैलाली । श्रीमती र दुई छोरालाई छाडेर करिब सात महिनादेखि सम्पर्कविहीन रहेका प्रहरी सहायक हवलदार प्रेमिकालाई नियन्त्रणमा लिएपछि कैलाली फर्किएका छन्। फर्किएपछि उनी विवा'द नमिलेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीकै नियन्त्र'णमा परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ भइरहेको छ। उनी कैलालीको घोडाघोडी क्षेत्रमा बस्ने एक महिलासँग प्रेम सम्बन्धमा रहेको बताइएको छ। प्रहरीका अनुसार करिब सात महिनाअघि श्रीमती र दुई छोरालाई छाडेर उनी सम्पर्कविहीन भएका थिए। प्रेमिकालाई प्रहरीले नियन्त्र'णमा लिएपछि उनी भारतको बैङ्गलोरमा बस्दै आएको खुलेको थियो। सम्पर्कविहीन हुनुअघि उनी इलाका प्रहरी कार्यालय मालाखेतीमै कार्यरत थिए। प्रेमिका, श्रीमतसँगको वि'वाद र पारिवारिक विषयलाई लिएर घटनाबारे थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।