27/05/2026
‼️
झापाको गौरादह–७ फगेटीमा बुधबार साँझ करिब ५ बजे स्कुल बसको ठक्करबाट ४ वर्षीय बालक आरोग्य चिमरियाको घटनास्थलमै मृत्यु भएको छ। सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले घरमा ओराल्ने क्रममा दुर्घटना भएको हो। घटनापछि चालक ५७ वर्षीय लालबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Pic: Royal Dahal Chhetri