10/09/2025
Gen Z का साथीहरूलाई आह्वान ✊🇳🇵
हिजो हामी सबैले सडकमा उत्रिएर आवाज उठायौँ, न्याय माग्यौँ।हाम्रो जित भईसक्यो अब आज त्यही ऊर्जा र जिम्मेवारी लिएर राजधानीलाई सफा र सुन्दर बनाउन आउनुपर्ने दिन आएको छ ।
👉 काठमाडौंलाई फेरी पनि स्वच्छ, सुन्दर र हाम्रो पहिचानको शहर बनाउन आजैको सरसफाइ अभियानमा सहभागी होऔँ।हाम्रो आक्रोश मात्र होइन, हाम्रो कर्मले पनि देश बदल्न सक्छ भन्ने प्रमाणित गरौं।
देश बनाउने काम आन्दोलन मात्र हैन, सिर्जना र सरसफाइ पनि हो।
Gen Z अब सफा शहर–सफा सोचतर्फ जानै पर्छ!