18/01/2025
** साहित्य सङ्गीत र कलाको त्रिवेणी - परमानन्द काव्य-सरिता **
साहित्यानुरागीहरूका लागि सुवर्ण अवसर ।
देवघाटधाममा स्थित श्री-परमानन्द- संस्कृत गुरुकुल विद्यापीठको अभिन्न अङ्ग परमानन्द-संस्कृत-छात्र-कल्याण परिषद्ले
सधैँजसो यस वर्ष पनि परमानन्द काव्यसरिता आयोजना गर्दै छ । उक्त कार्यक्रममा देशका विभिन्न चर्चित एवं लोकप्रिय साहित्यकारहरूको प्रस्तुति रहनेछ । उक्त कार्यक्रममा साहित्यकार एवं महाकाव्याकार डा.नवराज लमसाल प्रमुख अतिथिका रूपमा आउने भएका छन् । सोही कार्यक्रममा संस्कृत पढेका भाइहरूले आँफै लेखेको
" बाबुरामको घन्टी " नामक नाटकको पनि मञ्चन हुने भएको छ ।
यहाँहरूलाई पनि काव्यरसपान गर्ने सुन्न र सुनाउन इच्छुक हुनुहुन्छ भने सबैजना यही माघ ८ गते साँझ ७ बजे देवघाटधामस्थित परमानन्द-संस्कृत - गुरुकुलको प्राङ्गणमा पुग्नुहोला ।