25/04/2026
पत्रकार: सुकुम्बासी बस्तीबाट यसरी wheelchair मा जाँदै हुनुहुन्छ, कति समय भयो सर यहाँ बस्नुभएको ?
सुकुम्बासी: हजुर म यहाँ बसेको ६ महिना भयो, अब आफ्नो घर जान लागेको।
पत्रकार: कहाँ छ घर ?
सुकुम्बासी: घर त हजुर मेरो सर्लाही
पत्रकार: तपाई यहाँ सुकुम्बासी बस्तीमा आफ्नै घर थियो कि भाडामा बस्नुहुन्थ्यो ?
सुकुम्बासी : हजुर भाडामा बस्थिए। ४ हजार भाडा थियो महिनाको।
पत्रकार: कसलाई भाडा दिनुहुन्थियो ?
सुकुम्बासी: यहि हाम्रो बस्तीको मेयर हुनुहुन्थ्यो, वहाँलाई दिन्थियौ ।
पत्रकार: को मेयर ? नाम के हो मेयरको ?
सुकुम्बासी: हजुर नाम त थाहा भएन तर देखे भने चिन्छु। अस्तिसम्म भाडा उठाइरहनु हुन्थ्यो । हाम्रो बस्तीको मेयर तर हिजो आज देखि मेयर, उपमेयर र वडाअध्यक्ष सबै हराउनुभयो।