11/08/2025
एमाले नेता महेश बस्नेतले रास्वपाका उपसभापति डिपी अर्यालको सुमिरे टुर एन्ड ट्राभल्समार्फत नेपाल स्काउटबाट भिजिट भिसामा कोरिया र डेनमार्क पुगेका केही व्यक्ति उतै लुकाएको भने छन् ।
कति भ्रममा राखेर अरुलाई बेकुफ बनाउन खोज्छन् भने नि !? पहिला सत्य के हो हेरौंः
- डेनमार्कमा लुक्नेः
कानुन लामिछानेः सचिव अनेरास्ववियू कास्की
- कोरियामा लुक्ने
सचिन ढोकर, शिक्षक एवं स्थानीय एमाले नेता दोलखा
अनि स्काउटको कोरियाको त्यही कार्यक्रममा गएर अहिलेसम्म नेपाल स्काउटको पैसा नतिर्ने मेयरहरुः
- जलवर्षा राजवंसीः उपमेयर, गौरदह झापा (एमाले)
- रमेश बूढ़ाथोकी मेयर, हरिवन सर्लाही (एमाले)
- मनोज कुमार आचार्य, मेयर, ईश्वरपुर, सर्लाही (एमाले)
- सोमबहादुर बंजन, वडाध्यक्ष, मेलुंग-४, दोलखा (एमाले)
अनि यो दुईवटै कार्यक्रम हुँदा नेपाल स्काउटका राष्ट्रिय संयोजक हुन् लोकबहादुर भण्डारी । जसलाई केपी ओलीले सरकारले न्युक्त गरेको थियो ।
अब टिकट काट्ने डिपीको कम्पनी दोषी हुन्छ कि लाने नेपाल स्काउटका तत्कालि राष्ट्रिय संयोजक ?!