Japan Dainik

Japan Dainik जापानको सम्पुर्ण दैनिक अपडेट

नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा आयोजित बीबीक्यू (BBQ) तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
09/08/2026

नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा आयोजित बीबीक्यू (BBQ) तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

09/08/2026

नेपाली जनप्रगतिशील मञ्च जापानको समर BBQ कार्यक्रम

जापानमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा धार्मिक प्रवचन हुनेअर्जुन लामिछानेटोकियो, जापानश्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ...
04/08/2026

जापानमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा धार्मिक प्रवचन हुने
अर्जुन लामिछाने
टोकियो, जापान
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा जापानमा विशेष धार्मिक प्रवचन तथा भजन-कीर्तन आयोजना हुने भएको छ ।
मानव सेवा आश्रमको सहयोगार्थ बलेवा सेवा समाज जापानको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
सेप्टेम्बर ४ तारिख शुक्रबार हुने धार्मिक प्रवचनमा पण्डित गणेश पौडेलले कथा वाचन गर्नुहुने कार्यक्रम संयोजक सेवक पीसीले जानकारी दिनुभयो ।
टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा आयोजना हुने सो कार्यक्रम शुक्रबार दिउँसो ३ बजे सुरु भई शनिबार बिहानसम्म सञ्चालन हुने बलेवा सेवा समाज जापानका अध्यक्ष सुरेन्द्र प्रेमले बताउनुभयो ।
कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि समाजको बैठकले विभिन्न उपसमितिहरूसमेत गठन गरेको अध्यक्ष प्रेमले जानकारी दिनुभयो ।

जापान नेपाल सम्बन्ध ७० औ वार्षिक अबसरमा आज जापानमा रहेका नेपालीका लागि सुरक्षित वातावरणको माग एबम नेपालमा जापानिज लागानी...
04/08/2026

जापान नेपाल सम्बन्ध ७० औ वार्षिक अबसरमा आज जापानमा रहेका नेपालीका लागि सुरक्षित वातावरणको माग एबम नेपालमा जापानिज लागानी र प्रबिधी भित्राउन सहकार्य अझ दरिलो बनाउन न्यायमन्त्रीलाई जापान नेपाल च्याम्बर अफ कमर्स द्वारा ज्ञापनपत्र !
फोटो:- डाक्टर बलराम श्रेष्ठको फेसबुकबाट

江戸川区花火大会 2026/8/1
01/08/2026

江戸川区花火大会 2026/8/1

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारीनेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठक...
31/07/2026

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा आयोजित एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान–२०२६ सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय, नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा तथा महासंघका सबै वैदेशिक शाखा र महासंघसँग आबद्ध नेपाल अमेरिका पत्रकार संघ तथा नेपाल अष्ट्रेलिया पत्रकार संघको सहकार्यमा २५ जुलाई २०२६ मा टोकियोमा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले प्रवास पत्रकारिताको समग्र अवस्थाको समीक्षा गर्दै नेपालको लोकतान्त्रिक मूल्य–मान्यता, संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारहरूको व्यावसायिक तथा भौतिक सुरक्षा र प्रवासमा रहेका नेपाली पत्रकारहरूको संस्थागत भूमिकालाई सुदृढ बनाउने उद्देश्यसहित ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी गरेको छ ।

घोषणा–पत्रमा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अंकुश लगाउने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेसमैत्री वातावरण सुनिश्चित गर्न सरकारसँग जोडदार आग्रह गरिएको छ । सञ्चारसम्बन्धी कानुन निर्माण वा संशोधन गर्दा सरोकारवालासँग व्यापक परामर्श गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ ।

त्यस्तै, श्रमजीवी पत्रकारको अधिकार, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, नियुक्तिपत्र, बिमा तथा अन्य श्रमिक अधिकारको पूर्ण कार्यान्वयन गर्न सञ्चार संस्थाहरू र नेपाल सरकारसँग सम्मेलनले माग गरेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधुनिक प्रविधिबाट सिर्जित चुनौतीहरूको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक नीति तथा नियामकीय व्यवस्था निर्माण गर्न पनि सरकार र सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

प्रवासमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति तथा राष्ट्रिय हितको प्रवर्द्धनमा योगदान पुर्‍याइरहेका पत्रकारहरूको सम्मान गर्दै सम्मेलनले नेपाल पत्रकार महासंघको विधान संशोधनमार्फत वैदेशिक शाखाका सदस्यलाई चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको छ । साथै, वैदेशिक शाखाहरूको प्रभावकारी समन्वयका लागि महासंघको संगठनात्मक संरचनामा पुनर्संरचना गरी वैदेशिक प्रदेश तथा महादेशगत संरचना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

घोषणा–पत्रमा प्रवासी पत्रकारहरूले आर्जन गरेको ज्ञान, सीप, अनुसन्धान अनुभव तथा आधुनिक सञ्चार अभ्यासलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकार बाहेक संविधानले प्रत्याभूत गरेका अन्य संवैधानिक अधिकार व्यवहारमा सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न नेपाल सरकारसँग माग गरिएको छ।

त्यसैगरी, वैदेशिक शाखा तथा महासंघसँग सहकार्य गर्ने संस्थाका सदस्यहरूको मूल सदस्यता निरन्तर कायम रहने व्यवस्था गर्न तथा शाखा स्थापना हुन नसकेका देशका पत्रकारका लागि डिजिटल माध्यमबाट सदस्यता नवीकरण र व्यवस्थापन गर्न सकिने आधुनिक प्रणाली विकास गर्न सम्मेलनले आग्रह गरेको छ ।

सम्मेलनले विदेशमा कार्यरत नेपाली पत्रकारहरूको योगदानको सम्मानस्वरूप ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णयसमेत गरेको छ ।

सम्मेलनले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने जापानस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानमा क्रियाशील विभिन्न सामाजिक, सांस्कृतिक तथा व्यावसायिक संघसंस्था, सञ्चार संस्था तथा सम्पूर्ण सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा महासंघका उपाध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, सातै प्रदेशका अध्यक्ष, तीन जिल्ला शाखाका अध्यक्ष, वैदेशिक शाखाका प्रतिनिधि, जापान शाखाका पदाधिकारी तथा सदस्य, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा गायक जीवन शर्मा विषेश सांगीतिक तथा साहित्यिक भेटघाट कार्यक...
31/07/2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा गायक जीवन शर्मा विषेश सांगीतिक तथा साहित्यिक भेटघाट कार्यक्रम

25/07/2026

नेपाल पत्रकार महासंघ, जापान शाखाको आयोजनामा टोकियोमा भइरहेको FNJ Global Media Conference 2026 को प्रत्यक्ष प्रशारण ।

20/07/2026

एनआरएनए जापानको आयोजनामा भइरहेको १५ औं नेपाल फेष्टिवल को अन्तिम दिन – प्रत्यक्ष प्रशारण । टोकियो, जापान ।

住所

Tokyo
Shinjuku-ku, Tokyo

電話番号

+818064577583

ウェブサイト

アラート

Japan Dainikがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する

カテゴリー