ईन्यूजपाठशाला

ईन्यूजपाठशाला We make your news, will cover your views and information

दलतन्त्र गर्दा जनताको भावना सम्बोधन गर्नु सट्टा उल्टो दलहरुले व्यबस्थापिका ,कार्यपालिका र न्यापालिका सबतिर कब्जा गरेर जन...
20/09/2025

दलतन्त्र गर्दा जनताको भावना सम्बोधन गर्नु सट्टा उल्टो दलहरुले व्यबस्थापिका ,कार्यपालिका र न्यापालिका सबतिर कब्जा गरेर जनता माथि हामि नै सर्बेसर्वा हो भनेर दमन गरिरहेका थिए

गायिका खुसी थुलुङ्गको तीज गीत  'रातो सारी रातो चुरा'  सार्वजनिककाठमाडौं। हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन अब ...
19/08/2025

गायिका खुसी थुलुङ्गको तीज गीत 'रातो सारी रातो चुरा' सार्वजनिक

काठमाडौं। हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन अब हप्ता दिन मात्रै बाँकी भएपनि तीजका नयाँ नयाँ गीतहरु सार्वजनिक गर्ने क्रम अझै जारी छ । यस्तैमा लोकप्रिय गायिका खुसी थुलुङ्गले आफ्नो मौलिक तीजगीत 'रातो सारी रातो चुरा' सार्वजनिक गरेकी छिन ।
मंगलबार साँझ सार्वजनिक गीत 'रातो सारी रातो चुरा' गीतमा सुरेन्द्र रानाको शब्दरचना र बिरेन शाक्यको संगीत रहेको छ गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका हुन् ।
गायिका खुसी थुलुङ्गको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा तीज मनाउदा मितव्ययी भएर मनाउन ,फजुल खर्च न गर्न र रमाइलोको लागि मनाइने पर्व भएकाले नाच्दै गाउदै मनाउनको लागि लागि गीत मार्फत आग्रह गरिएको छ ।
यसअघि ‘खुसीका रङ्गहरू’ गीतिसङ्ग्रहको साथसाथै दर्जनौ गीतहरु सार्वजनिक भैसकेका खुसीको गीतमा सामाजिक संदेशलाइ प्रस्तुत गरिएको पाइन्छ ।

Presenting New Nepali Teej Song " Rato Saree Rato Chura " Song by Khushi Thulung (Susma) only on Khushi Thulun official YouTube channel.रातो सारी रातो चुर...

सुनिता थेगिमसँगको सहकार्यमा प्रेम सेनले ल्याए ‘म्याङ्लुङ बजार’ (भिडियो ) काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ...
17/08/2025

सुनिता थेगिमसँगको सहकार्यमा प्रेम सेनले ल्याए ‘म्याङ्लुङ बजार’ (भिडियो )


काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ बजार’ ल्याएका छन् । गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत ल्याएका हुन् । पूर्वेली भाकाको यो गीतले पहाडी जिल्ला तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई सम्झाउँदै मायाप्रेम दर्शाउँछ । प्रेमभावको यो गीतमा गीतमा गायक प्रेमकै शब्द तथा संगीत छ ।
तीनजुरे डाँडा रमाइलो गुराँस फुल्यो झलल
नौडाँडा काटी आएको हजुरकै माया सम्झेर
आ है बसमा सरर
भेट्न आउँला म्याङ्लुङ बजार
तेह्रथुममुनि सल्लेरी माया छ हजुर मनभरि
टाढाको माया गाढा भो मन बुझाऊँ मैले कसरी
आ है बसमा सरर
भेट्न आउनु म्याङ्लुङ बजार
गायक-गायिका स्वयं फिचर्ड गीतको भिडियोलाई दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको मेकअप र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका हुन् ।
‘विभिन्न व्यक्तिगत कारण र गीतकै तयारीमा केही समय लाग्दा अलि लामै ग्यापपछि गीत ल्याएको हुँ,’ गायक सेनले भने, ‘अब नियमित रुपमा गीत सार्वजनिक गर्ने सोचमा छु । यसपटक पूर्वेली भाकाको गीत ल्याएको हुँ ।‘
पश्चिमका लोकदोहोरी गीतको बजार राम्रो भइरहेको बेला पूर्वेली गीतलाई पनि फेरि एकपटक चिनाउने प्रयास गरेको उनले बताए ।
लामो समय शास्त्रीय संगीतको औपचारिक प्रशिक्षण समेत लिएर डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय प्रेमका यसअघि सानी, तिम्रो पाउजु, आऊ गाऔं, तिमीले लाको चौबन्दी लगायत गीत रुचाइएका थिए ।

MYANGLUNG BAZAR । Prem Sen Ft. Sunita Thegim | New Nepali SongA soulful collaboration by Prem Sen featuring Sunita Thegim, capturing the beauty and nostalgia...

गीतकार दीपक बरुणको सांगीतिक कोसेली 'सारी लाउन' गीत सार्वजनिक ( भिडियो)काठमाडौं । गीतकार दीपक बरुणको नयाँ सांगीतिक कोसेली...
10/08/2025

गीतकार दीपक बरुणको सांगीतिक कोसेली 'सारी लाउन' गीत सार्वजनिक ( भिडियो)

काठमाडौं । गीतकार दीपक बरुणको नयाँ सांगीतिक कोसेली 'सारी लाउन' गीत सार्वजनिक भएको छ। भ्वाइस अफ नेपालकी कोच समेत रहेकी लोकप्रिय गायिका मेलिना राई र नेपाल आइडल सिजन ५ का विजेता गायक करण परियारको युगल स्वरमा रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन् ।
नेपाली ट्रिपिकल शब्दको समिश्रण रहेको गीतलाई हरि लम्सालको कर्णप्रिय संगीतले थप सुमुधुर बनाएको छ । गम्भीर बिष्टले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा जुना सुन्दास र सरोज प्रजाको अभिनय रहेको छ । गीतको भावअनुसार नै भिडियोमा पनि 'सारी लाउन' आउदा मोडेललाइ कस्तो देखिन्छ भन्ने बारेमा बयान गरिएको कुराहरुलाई देखाइएको छ। सुविन गोदारको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा सुरेन्द बसेलको कोरियोग्राफी रहेको छ । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

Saari Launa || New Nepali Song 2025 / 2082 || Dipak_Barun || Melina Rai || Karan Pariyar || Ft. Saroj Praja, Juna Sundas || New Nepali Music Video "Saari Lau...

住所

Shinjuku-ku, Tokyo
160-0022

ウェブサイト

アラート

ईन्यूजपाठशालाがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

ईन्यूजपाठशालाにメッセージを送信:

共有する

カテゴリー