Info Japan

Info Japan नेपाल जापान संबन्धी बिबीध जानकारी तथा मनोरंजन एउटै छानामुनी

Pray for Rasuwa 🙏🥲
26/08/2026

Pray for Rasuwa 🙏🥲

21/08/2026

बिस्वको शुरशित देश मानिने जापान मा किन अहिले हत्या ,हिंसा , लुटपाट बढीरहेको छ ? के बिदेशी को संख्या बृदीले मात्र यस्तो भएको होत ? जापानलाइ चुनौतिको बिषय बनेको छ।

सचेत रहनुहोला 🙏
20/08/2026

सचेत रहनुहोला 🙏

ब्रेन वास चै एकदमै मजाले गर्दिन्छन लाग्छकी डलर को बर्षानै हुन्छ

जापानमा अध्ययनरत विद्यार्थी तथा कार्यरत नेपाली समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल (फेसबुक, टिकटक र इन्स्टाग्राम) मार्फत "घर बसी बसी डिजिटल बिजनेस गरेर महिनाकै लाखौँ कमाउनुहोस्" भन्दै भ्रम फैलाउने क्रम ह्वात्तै बढेको छ।
विशेष गरी विदेशी भूमिमा दुःख गरिरहेका सोझा नेपालीहरूलाई "कम मिहिनेतमा सजिलै पैसा कमाउन सकिने" लोभ देखाएर नयाँ शैलीको पिरामिड/नेटवर्किङ (MLM) ठगी धन्दा चलाइएको पाइएको छ।
📌 ठगीको शैली कसरी हुन्छ?
१. प्रायोजित विज्ञापन (Sponsored Ads): फेसबुक र टिकटकभरि "जापानको दुःखबाट मुक्ति", "पार्ट टाइम डिजिटल बिजनेस" वा "घरबाटै १-२ घण्टा मोवाइल चलाएर कमाइ" भन्दै भिडियो विज्ञापनहरू फैलाइन्छ।
२. फ्री सेसन/जुम मिटिङ: कामको बारेमा सोधपुछ गर्दा सुरुमा स्पष्ट कुरा नभनी (Zoom Meeting) मा सहभागी गराइन्छ।
३. मोटी रकमको माग: केही दिनको 'ब्रेनवाश' पछि "डिजिटल कोर्स", "सिस्टम इन्गेजमेन्ट" वा "अनलाइन लाइसेन्स" को नाममा लगानी गर्न लगाइन्छ।
४. वास्तविक काम के हो?: लगानी गरिसकेपछि कुनै वास्तविक उत्पादन वा सीप (Skill) हुँदैन। पीडित व्यक्तिलाई उल्टै "तपाईंले पनि अरू मानिसहरूलाई यसै गरी जोड्नुहोस् अनि कमिसन पाउनुहुन्छ" भनेर अरूलाई फसाउन लगाइन्छ।

⚠️ विज्ञहरूको चेतावनी

सञ्चार तथा साइबर सुरक्षा विज्ञहरूका अनुसार, बिना कुनै प्राविधिक वा व्यावसायिक सीप रातारात अनलाइनबाट पैसा कमाउन सकिने दाबी १०० प्रतिशत फर्जी हुन्। वास्तविक डिजिटल काम (जस्तै: वेब डेभलपमेन्ट, डिजिटल मार्केटिङ, भिडियो एडिटिङ) का लागि सीप र अनुभव अनिवार्य हुन्छ, न कि पूर्व-लगानी।
💡 कसरी जोगिने?
अज्ञात व्यक्तिलाई पूर्व-भुक्तानी नगर्नुहोस्: कुनै पनि काम वा कोर्स सुरु गर्नुअघि ठूलो रकम माग्ने संस्था वा व्यक्तिबाट टाढै रहनुहोस्।
पारदर्शिता माग्नुहोस्: बिजनेसको मोडल, प्रडक्ट र आधिकारिक दर्ता छ कि छैन स्पष्ट नभई रकम नलगाउनुहोस्।
सचेतना फैलाउनुहोस्: आफ्ना साथीभाइ र जापानमा रहेका आफन्तहरूलाई यस्ता भ्रामक विज्ञापनको पछि नलाग्न सुझाव दिनुहोस्।

13/08/2026

japan ma part time kam paunai garo

12/08/2026

जापानको इबराकीमा ताइफुको कारण ३ जना घाइते ।९ हजार भन्दा बढी घर अन्धकारमा

pakistan japan friendship festival uneo park
08/08/2026

pakistan japan friendship festival uneo park

अगस्ट १ मा टोकियोको दुई ठुला हानाबी जापानको टोकियोमा अगस्ट १ का दिन गर्मीयामको विशेष आकर्षण मानिने दुई प्रमुख हानाबी हुँ...
01/08/2026

अगस्ट १ मा टोकियोको दुई ठुला हानाबी
जापानको टोकियोमा अगस्ट १ का दिन गर्मीयामको विशेष आकर्षण मानिने दुई प्रमुख हानाबी हुँदैछन।हजारौं स्थानीय तथा विदेशी दर्शक सहभागी हुने अपेक्षा गरिएको यी महोत्सवले टोकियोको आकाशलाई रंगीन बनाउनेछ।
१. एदोगावा फायरवर्क्स फेस्टिभल (Edogawa Fireworks Festival)
* मिति: अगस्ट १
* समय: साँझ ७:१५ देखि ८:२० बजेसम्म
* स्थान: एदोगावा–कु, टोकियो
* विशेषता: जापानकै चर्चित आतिशबाजी महोत्सवमध्ये एक। नदी किनारबाट हजारौं आतिशबाजी एकैसाथ प्रक्षेपण गरिने भएकाले उत्कृष्ट दृश्य अवलोकन गर्न सकिन्छ।
२. इताबाशी फायरवर्क्स फेस्टिभल (Itabashi Fireworks Festival)
* मिति: अगस्ट १
* समय: साँझ ७:०० देखि ८:३० बजेसम्म
* स्थान: इताबाशी–कु, टोकियो
* विशेषता: परिवार, साथीभाइ तथा पर्यटकहरूको ठूलो सहभागिता रहने यो महोत्सवमा परम्परागत र आधुनिक शैलीका आकर्षक आतिशबाजी प्रदर्शन गरिन्छ।
साथै आज ७ बजेको आसपासमा तोचीगी,साइतामा चिबा कानागावा र इबारीकीमा पनि हानाबी आयोजना गरीदैछ।
गर्मी मौसमको उत्सव मनाउने जापानी परम्पराअनुसार, अगस्ट १ टोकियोका बासिन्दा र पर्यटकका लागि उत्साह, संस्कृति र मनोरञ्जनले भरिएको विशेष दिन हुने अपेक्षा गरिएको छ।

जापानमा अत्यधिक गर्मी र AC बिग्रिँदा सेवाग्राही मर्कामा: पसल र कार्यालयहरू प्रभावितजापानमा जारी अत्यधिक गर्मी (Heatwave)...
24/07/2026

जापानमा अत्यधिक गर्मी र AC बिग्रिँदा सेवाग्राही मर्कामा: पसल र कार्यालयहरू प्रभावित

जापानमा जारी अत्यधिक गर्मी (Heatwave) का कारण जनजीवन कष्टकर बनेको छ। गर्मी तीव्र रूपमा बढिरहेका बेला विभिन्न पसल, व्यापारिक प्रतिष्ठान तथा सरकारी र निजी कार्यालयहरूमा एयर कन्डिसनर (AC) ले काम नगर्दा वा बिग्रिँदा सेवाग्राहीहरू ठूलो मर्कामा परेका छन्।
Pic : TJ News

23/07/2026

ज्यादा गर्मीको कारण जापानमा लगभग ५,००० जना अस्पताल भर्ना । सबैले आफ्नो ख्याल राख्नुहोला ।

आज टोकीयोको ताप्रकम ह्वात्तै बढ्यो ।आफ्नो ख्याल गरौं है सबैले 🙏
21/07/2026

आज टोकीयोको ताप्रकम ह्वात्तै बढ्यो ।
आफ्नो ख्याल गरौं है सबैले 🙏

住所

Shinjuku-ku, Tokyo

ウェブサイト

アラート

Info Japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する