08/01/2026
जापानबाट सञ्चालन भइरहेका नेपाली मिडियाहरूको पहिचान, अभिलेखीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ (FNJ) जापान शाखाले नम्बरिङ सहित आधिकारिक “मिडिया संकलन” अभियान सुरु गरेको छ।
यस अभियान अन्तर्गत सूचीकृत मिडियाहरूलाई महासंघको आधिकारिक वेबसाइट (https://fnjjapan.org) तथा फेसबुक पेज (FNJ Japan) मार्फत सार्वजनिक एवं प्रोत्साहित गरिने छ। जसले आपसी सहकार्य, संस्थागत मजबुती र पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
जापानमा क्रियाशील सम्पूर्ण नेपाली मिडिया सञ्चालक ज्यूहरूलाई यस अभियानमा सहभागिता जनाई जापानस्थित नेपाली मिडियाहरूको बृहत्तर गोलबन्दी र एकताका लागि हातेमालो गर्न नेपाल पत्रकार महासंघ (FNJ) जापान शाखा हार्दिक अपिल गर्दछ।
_________
राम्जी आचार्य | https://bhuinpati.com