Dream of south Korea

Dream of south Korea 어려움 뒤에는 기쁨을 와요.

दक्षिण कोरियाले सन् २०२६ का लागि E-9 तर्फ 80,000 मात्र कोटा निर्धारण गरेको छ। यो सन् २०२५ को भन्दा 50,000 (38.46%) ले कम...
22/12/2025

दक्षिण कोरियाले सन् २०२६ का लागि E-9 तर्फ 80,000 मात्र कोटा निर्धारण गरेको छ। यो सन् २०२५ को भन्दा 50,000 (38.46%) ले कमी हो। सन् २०२५ मा निर्धारण गरिएको 1,30,000 कोटा मध्ये गत नोभेम्बरको अन्त्यसम्म 48,668 मात्र रोजगार अनुमति पत्र जारी भएको तथ्यांक छ। यो सङ्ख्या जम्मा कोटाको 37.43% मात्र हो।

सन् २०२६ का लागि तोकिएको 80,000 कोटा मध्ये कुन कुन क्षेत्रमा कति छन् यसप्रकार रहेकाे छ:

- उत्पादनमुलक क्षेत्र (Manufacturing): 50,000
- कृषि तथा पशुपालन (Agriculture & Livestock): 10,000
- निर्माण उद्योग (Construction): 2,000
- माछा मार्ने (Fishery): 7,000
- सेवा क्षेत्र (Service): 1,000
- लचिलो (Elastic Allocation): 10,000

सन् २०२३ देखि २०२५ सम्म अस्थायी रुपमा सञ्चालनमा रहेको पानीजहाज निर्माण क्षेत्र (Shipbuilding) को कोटा सन् २०२५ को अन्त्यबाट समाप्त हुनेछ। सन् २०२६ बाट पानीजहाज निर्माण क्षेत्र (Shipbuilding) तर्फ कामदार चाहिएमा उत्पादनमुलक क्षेत्र (Manufacturing) बाटै छनौट गरिनेछ।

ध्यान दिनुहोस्, यो कोटा नयाँ परीक्षा सञ्चालनका लागि नभएर E-9 भिषामा सबै देशबाट कामदार दक्षिण कोरिया भित्र्याउने कोटा हो

विस्तृत विवरण तल फोटोमा राखिएको छ।

दक्षिण कोरिया सन् २०२६ का लागि E-9 तर्फ 80,000 मात्र कोटा निर्धारण गरेको छ। यो सन् २०२५ को भन्दा 50,000 (38.46%) ले कमी ...
22/12/2025

दक्षिण कोरिया सन् २०२६ का लागि E-9 तर्फ 80,000 मात्र कोटा निर्धारण गरेको छ। यो सन् २०२५ को भन्दा 50,000 (38.46%) ले कमी हो। सन् २०२५ मा निर्धारण गरिएको 1,30,000 कोटा मध्ये गत नोभेम्बरको अन्त्यसम्म 48,668 मात्र रोजगार अनुमति पत्र जारी भएको तथ्यांक छ। यो सङ्ख्या जम्मा कोटाको 37.43% मात्र हो। कुन क्षेत्रमा कति कोटा प्रदान गरिने पुनः प्रकाशन हुनेछ।

ध्यान दिनुहोस्, यो कोटा नयाँ परीक्षा सञ्चालनका लागि नभएर E-9 भिषामा सबै देशबाट कामदार दक्षिण कोरिया भित्र्याउने कोटा हो

विस्तृत विवरण तल फोटोमा राखिएको छ।

EPS roster मा रहेका कामदार छनोट प्रक्रिया( issue) नभएका प्रतीक्षा गरिरहेकाहरुको समस्या समाधान गर्नको लागि कोरिएन सरकार स...
25/11/2025

EPS roster मा रहेका कामदार छनोट प्रक्रिया( issue) नभएका प्रतीक्षा गरिरहेकाहरुको समस्या समाधान गर्नको लागि कोरिएन सरकार समक्ष कुट्नितिक पहलको निमित्त पत्राचार गरिएको छ।

इपिएस(EPS) रोष्टरमा(Roster) लामो समयसम्म प्रतिक्षामा रहिरहँदा पनि छनौटमा नपरेको, फाइल नचलेको( company सम्म file नगएको) समस्या साथै अन्य समस्याको समाधानको सम्बन्धमा कोरियन सरकार समक्ष कूटनीतिक पहलको निमित्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको रहेछ। यो पत्राचार मङ्सिर ७ गते गरिसकेको छ भने यसको समाधान चाडै हुने आशा गर्दछौ।

07/11/2025
Manufacturing Sector exam सम्बन्धि सूचना।। परीक्षा मिति (Exam Date) व्यक्तिगत रूपमा हेर्न सकिने छ भने eps office बाट केह...
24/10/2025

Manufacturing Sector exam सम्बन्धि सूचना।।

परीक्षा मिति (Exam Date) व्यक्तिगत रूपमा हेर्न सकिने छ भने eps office बाट केही दिनमा परिक्षाको मिति सार्वजनिक गरिने छ।

⤵️ exam date हेर्नको लागि तरिका यसप्रकार छ।⤵️

1️⃣. HRD Korea को EPS-TOPIK site मा जानुहोस्। तल दिएको link open गर्ने।

https://epstopik.hrdkorea.or.kr/epstopik/abot/exam/sechduleGuideList.do?lang=en

2️⃣. पेजमा देखिने “The 4th recruitment of the Point system in Nepal_Manufacturing” वा “Manufacturing (2)” मा क्लिक गर्नुहोस्।

3️⃣ “Receipt No.” को ठाउँमा आफ्नो Registration Number को ‘C’ पछाडिका 8 अंक टाइप गरेर Search गर्नुहोस्।

4️⃣तपाईंको परीक्षा मिति र समय देखिनेछ।

note: Agriculture Sector परीक्षा मिति घोषणा अझै बाँकी छ।

कामदार छनोट प्रक्रिया (issue)  october 21 बाट हुने सम्बन्धि जानकारी ।।4th कामदार छनोट प्रक्रिया( issue) october 21 बाट ह...
20/10/2025

कामदार छनोट प्रक्रिया (issue) october 21 बाट हुने सम्बन्धि जानकारी ।।

4th कामदार छनोट प्रक्रिया( issue) october 21 बाट हुनेछ।

1️⃣उत्पादन र पानीजहाज↔️ october 21-24 सम्म

2️⃣ कृषि,सेवा,माछा, र अन्य↔️october 27-30 सम्म

✅कुल विनियोजन ↔️ 18054
✅उत्पादनमा ( manu)↔️ 13602
✅जहाज निर्माणमा (ship) ↔️ 500
✅कृषि ( agriculture) ↔️ 1878
✅माछा मार्नेमा(fishing)↔️ 1622
✅निर्माणमा ↔️ 356
✅सेवामा ( service) ↔️ 596

✳️स्रोत:

2025-10-15 전북 완주군 사진 공모전에서 금상을 수상한 '혁신도시 전경사진'. 완주군 제공 【파이낸셜뉴스 전주=강인 기자】 전북특별자치도는 15일 완주 호텔원 이노시티에서 '2025 전북혁신도시 상생협의회...

20/10/2025

....

11/10/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

इपिएस शाखा प्रमुखको पुनः परिवर्तन!!!इपिएस शाखा ग्वार्कोको प्रमुखको रुपमा श्री राज कुमार राई ज्यु नियुक्ति हुनुभएको लगभग ...
09/10/2025

इपिएस शाखा प्रमुखको पुनः परिवर्तन!!!

इपिएस शाखा ग्वार्कोको प्रमुखको रुपमा श्री राज कुमार राई ज्यु नियुक्ति हुनुभएको लगभग ११ महिना हुनै लाग्दा पुनः श्री बिन्दा आचार्य ज्यु उक्त ठाउँमा नियुक्त हुनुभएको छ। जो आएपनि नेपाली जनताले भोग्नुपरेको इपिएसको विविध समस्याहरूमा उल्लेखनीय सुधार र पहल गरेको महशुस छैन। आशा छ नयाँ शाखा प्रमुख बिन्दा आचार्य ज्युले यस सम्बन्धी समाधान उन्मुख काम र नेपाली नागरिक जो रोष्टरमा हुनुहुन्छ वा परीक्षा तयारी गर्दै हुनुहुन्छ, वहाँहरुको हकहितको पक्षमा काम गर्नुहुनेछ।

श्री राज कुमार राई ज्युलाई अहिलेसम्मको कार्य सम्पादनको लागि धन्यवाद भन्दै श्री बिन्दा आचार्य ज्युलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।🎉
Copy by: page

 #추석
04/10/2025

#추석

दक्षिण कोरियामा आज अक्टोबर ०३ देखि अक्टोबर ०९ सम्म 개천절, 추석 र 한글날 गरि सात दिन लगातार सार्वजनिक विदा रहेको छ।
03/10/2025

दक्षिण कोरियामा आज अक्टोबर ०३ देखि अक्टोबर ०९ सम्म 개천절, 추석 र 한글날 गरि सात दिन लगातार सार्वजनिक विदा रहेको छ।

01/10/2025

📢 सन् 2025 को चौथो चरण (4th Round) विदेशी कामदार छनौट प्रक्रिया (Issue) सम्बन्धी विस्तृत जानकारी!!!

🗓 आज सहित बाँकी दिन:

• Manufacturing & Shipbuilding: २० दिन बाँकी

• Agriculture & Livestock: २६ दिन बाँकी

🌍 विदेशी कामदार विनियोजन योजना कोटा (Quota)

• 🏭 उत्पादन (Manufacturing): 13,062 जना

• 🛠 जहाज निर्माण (Shipbuilding): 500 जना

• 🚜 कृषि तथा पशुपालन (Agriculture & Livestock): 1,878 जना

• 🎣 माछा मार्ने (Fishery): 1,662 जना

• 🏗 निर्माण उद्योग (Construction): 356 जना

• 🛎 सेवा उद्योग (Service): 596 जना

🔹 जम्मा (Total): 18,054 जना

📌 मिति सम्बन्धी जानकारी:

📝 कम्पनीले कामदार माग आवेदन दिने अवधि:
2025.09.15 (सोमबार) ~ 2025.09.26 (शुक्रबार)

📢 नतिजा घोषणा:
2025.10.20 (सोमबार)

✅ रोजगार अनुमति जारी (Employment Permit Issuance):

• Manufacturing, Shipbuilding, Mining:
2025.10.21 (मंगलबार) ~ 2025.10.24 (शुक्रबार)

• Agriculture & Livestock, Service, Forestry, Construction, Fishery:
2025.10.27 (सोमबार) ~ 2025.10.30 (विहिबार)

⏳ ढिलो रोजगार अनुमति जारी:
2025.11.03 (सोमबार) ~ 2025.11.04 (मंगलबार)

रोष्टरमा रहनुभएका सम्पूर्णलाई धेरै धेरै शुभकामना!❤️🎉

Address

Busan

Website

Alerts

Be the first to know and let us send you an email when Dream of south Korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share