22/09/2026
सावधान 😱
कोरियामा बाहिर प्रहरि नदेखिए पनि यहाँको प्रसासनको प्रत्येक ब्यक्तिमा निगरानि हुन्छ।
बिशेष गरि बिदेशिको गतिबिधि नियाल्न छुट्टै प्रहरि परिचालन गरिएको हुन्छ ।
झट्ट हेर्दा कोरियन जस्तो नदेखिने , कपाल अनुहारको बनावट कुनै बाहिरि देशको जस्तो देखिने , उमेरले अलि पाको अनुहारमा दाग या पोतोले कोरियन हो भनेर नछुट्टिने प्रहरि सिभिल ड्रेसमा बिदेशिकै भिडभाड र वरिपरि निगरानिमा खटिएका हुन्छन् ।
एस्तो बेला तपाईंले कोरियाको सार्बजानिक ब्यवस्था वा कानुनले बर्जित गरेका सानो भन्दा सानो गल्ति गर्नु भए पनि चर्को जरिमाना, कानुनि सजाय र देश निकाला बाट कसैले जोगाउन सक्दैन । गल्ति गरिसकेपछि प्रायस्चित त के अलि कति पस्चाताप गर्ने समय पनि पाउनु हुन्न 😱
कानुनको फन्दामा परिसके पछि आफ्नो मेरो भनेर एक सरो कपडा समेत पोको पार्न पाउनु हुने छैन। तपाईंबाट गल्ति भएको पुस्टि भएपछि कोरियाले एसरि टक्टक्याएर फ्याकि दिन्छ जसरि मानिसको हातमा झुक्किएर बिशालु सर्प परेको होस।
मनलाई मनपरि गर्नबाट मस्तिकले रोक्नुहोस् 🙏🇰🇷
कोरियामा इमान्दार र मेहिनेति भनेर नेपाली १ नम्बर रोजाईमा पर्दै आएको सबैलाई थाहा नै छ ।
तर अहिले ,
१. मार्टबाट रक्सि चोरि
२. बारिबाट फर्सिको मुन्टा चोरि
३. भर्खरनै आफ्नै सहकर्मि नेपाली माथि नेपालीले नै गरेको चक्कु प्रहार
४. बाढिमा मृत महिलाको लाशबाट कपाल तानेर कानको सुन नेकालेको दृस्य ,
माथिका कारण बाट कोरिया यहाँ मानिस र प्रसासनले नेपालीलाई हेर्ने र बुझ्ने नजर फेरिदै गएको छ ।
अहिले कोरियामा पछिल्लो समय नेपाली समाजको गतिबिधि र आक्रोस हेर्दा आउदै गरेको छुसकका बिबिध कार्यक्रममा कहिँ लडाइँ वा समुहका बिच दङ्गा नहोला भन्न सकिन्न ।
🎤🎤अब ख्याल गर्नु पर्ने कुरा 🤫🤫
१.कोहि कसै साथि भाईको लहै लहैमा कसैमाथि जाइ नलाग्नु होस् ।
२.कुनै दल ब्यक्ति वा पार्टिको समर्थक भएर कसैलाई होच्याउने , दखल दिने वा डर धम्कि दिने कार्यबाट सचेत भएर बस्नुहोस। त्यसबाट तपाईलाई आइ पर्ने समस्याबाट बचाउन बालेन रबि हर्क या कुनै दल नेता वा ब्यक्ति तपाईंको निम्ति उपस्थित हुँदैन सजाय भोग्ने खुद तपाईंले हो भिबिस्य बिग्रने तपाईंको हो ।
३. खाने पिउने र वरिपरि साथिभाई भएपछि निक्कै अनियन्त्रित हुने वा कसैलाई हिर्काउने धक्का मुक्कि गर्ने आट भरिने स्वाभाब भए एस्पाली घरमै बस्नु मिठो मसिनु खानु रमाइलो गर्नु होला 🙏
४ . कोहि कसै बाट कुनै धम्कि वा डर भए प्रहरिको ११२ नम्बरमा सम्पर्क गरि सहयोग लिनु होला,
५. कसैको सर्बस्व सकिने गरि जुवा तास कतै चल्दै छ भने गोप्य रुपमा प्रहरिलाई खबर गरिदिनु होला , मलाई खबर गरे पनि आवस्यक सहयोग गर्ने छु ।
हामिले छिट्टै कोरिया आउँदा गरेको सङ्घर्ष , मेहिनेत बिर्सिन्छौ । इमान्दार र मेहिनेति भएर भबिस्य बनाउछु कोरिया जाने मेरो ढोका खोल्दिनुहोस भनेर शक्ति पिठमा गरेका भाकल पनि छिट्टै बिर्सन्छौ । परिवार प्रतिको जिम्मेवारि छ सन्दर सपना छन् , आफ्नो सुन्दर भबिस्य एति राम्रो कमाई किन गुमाउने ..?
इमान्दार भएर मेहिनेत गर्ने ठाउँमा छौ , स्वातन्त्र एति छौ यहाँका नगरिक सो सरह आफ्नो दैनिकि छ ,उता बर्षौमा गर्न नसकिने यहाँ एक महिनाको कमाई छ , परिवार छोराछोरि समेत ल्याएर बस्न सकिने ब्यबस्था छ।
आफ्नो लापर्बाहिले नबिगारे सम्मानित जिवनयापन छ । सचेत भएर भबिस्य बनाऔ। फेरि एस्तै अवस्था सिर्जना गर्न तपाईं हामीलाई निक्कै कठिन हुन सक्छ ।
हिजो एसै ठाउँमा आइपुग्ने सङ्घर्षमा युवाले गोलि खाएको घटना छ , सन्सारका सबै मानिशले सारिरिक र मानसिक श्रम गरिनै रहेका हुन्छ्न । आफुलाई सम्मानित सम्झनुहोस तेस्को योग्य बनाउनुहोस हामि कुनै कसैको दलाली गरेर आएका हैनौ। कोरिया जस्तो बिकशित देशले तयार गरेर लिएको परिक्षा कम्तिमा 95% माथि ल्याएर सरकार बिचको सिधा सम्झौता तेति मात्र हैन , कोरीया प्रवेश निस्चित गर्न सारीरीक बनावट, मानसिक अवस्था, दिर्ग तथा कुनै रोग नभएको , कुनै लागु औसध सेवन नगरेको , स्पष्ट देख्न सुन्न सक्ने र कुनै पनि अपराधिक गतिबिधिमा सामेल नभएको परिक्षण पुरा गरि आएको मान्छे यहाँ आएर अनैतिक कृयाकलाप र गतिबिधि गर्दा नेपालीको आदत नै खराब भएका मान्छे रहेछन् । मानबिय गुणले असब्य भएका रहेछन् भन्ने पार्नु हाम्रो लागि निक्कै लज्जित कार्य हो । तेसैले इमान्दार भएर सम्मानित जिवन र सुरक्षित भबिस्य अङ्गालौ 🇰🇷🇳🇵