17/08/2024
Skill test सम्बन्धी महत्त्वपूर्ण जानकारीहरु :
Korea 2024 second shift passer हरुको लागि 🇰🇷🫶💕💪
१. Manufacture तर्फ दोश्रो चरणको भाषा परिक्षा उत्तीर्ण गर्नुभएका व्यक्तिहरुको Skill test मिति २०८१ भदौ १८ देखि २५ गते (September 3 to September 10, 2024) सम्म हुनेछ ।
२. Skill test मा 30 Marks को Physical Strength test, 30 Marks को Interview र 40 Marks को Basic Skills गरि जम्मा 100 Marks को परिक्षा हुनेछ ।
३. Physical Strength अन्तर्गत हात, औँला र ढाडको बल test गरिनेछ ।
४. Interview अन्तर्गत 자기 소개 र विभिन्न व्यवहारिक प्रश्नोत्तर पर्नेछ ।
५. Basic Skills अन्तर्गत Ring, Pin र आफुले फाराम भरेको उप-क्षेत्र अनुसार Joinery, Measure र Assemble पर्दछ ।
६. Colour blindness भएका व्यक्तिहरू स्वत: अनुत्तीर्ण हुनेछन् भने यसको अंक हुँदैन, कि त उत्तीर्ण कि त अनुत्तीर्ण मात्र हुन्छ ।
७. Skill test मा जाँदा Passport र Admit Card अनिवार्य लग्नुपर्दछ, यदि नलगिएको खण्डमा Skill test मा सहभागी हुन पाईने छैन ।
८. यदि Competency test को फाराम भरि बुझाउनु भएको छ भने उक्त फाराम भर्दा समावेश गरिएकाे कागजातहरु सक्कलै अनिवार्य लग्नुपर्दछ ।
९. Skill test हरेक दिन २ चरणमा हुनेछ ।
पहिलो चरणमा बिहान ८:३० बाट ९:०० बजेसम्म Orientation भई ९:०० बजेदेखि १२:०० बजेसम्म Skill test सञ्चालन हुनेछ भने दोश्रो चरणमा १२:३० देखि १:०० बजेसम्म Orientation भई १:०० बजेदेखि ४:०० बजेसम्म Skill test सञ्चालन हुनेछ ।
१०. सबै उम्मेदवार Orientation समय भन्दा १ घण्टा अगावै अनिवार्य Skill test हुने स्थानमा पुग्नुपर्दछ । ढिलो गरेमा भित्र पस्न दिईने छैन ।
११. Skill test नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा सञ्चालन हुनेछ ।
१२. Skill test पश्चात कति सङ्ख्यामा उत्तीर्ण गराउने पछि प्रकाशन हुनेछ ।
स्थान : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुर