19/06/2026
BTS को ‘द सिटी बुसान’ भव्य सफल, २ लाखभन्दा बढी आर्मीले गरे सहभागिता😍🇰🇷
दक्षिण कोरियाली विश्वप्रसिद्ध के-पप समूह BTS को अफलाइन फ्यान कार्यक्रम ‘BTS The City Arirang – Busan’ भव्य रूपमा सम्पन्न भएको छ। समूहको बुसान कन्सर्टको अवसरमा आयोजित कार्यक्रममा विश्वभरबाट आएका आर्मी (फ्यान) हरूले बुसानका विभिन्न स्थानमा आयोजित विशेष गतिविधिहरूमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।
कार्यक्रमअन्तर्गत बुसान स्टेशनमा मिडिया आर्ट प्रदर्शनी, The Bay 101 मा ‘आर्मी मादाङ’ तथा ह्येउन्डे र ग्वाङआनरी क्षेत्रमा विशेष इभेन्टहरू सञ्चालन गरिएका थिए। बुसान महानगरपालिकाका अनुसार प्रमुख कार्यक्रम स्थलहरूमा मात्रै २ लाखभन्दा बढी दर्शक तथा फ्यान पुगेका थिए।
यस अवसरमा Gwangandaegyo, Busan Harbor Bridge लगायत बुसानका प्रमुख संरचनाहरू BTS को नयाँ एल्बम ARIRANG को प्रतीकात्मक रातो रङले सजाइएका थिए, जसले सहरलाई उत्सवमय बनाएको थियो।
‘द सिटी बुसान’ ले संगीत पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ।