Secret Kura

Secret Kura welcome to our official page

कुकुर  मान्छे बन्न सक्छ तर एमाले कहिल्यै सक्दैन
31/08/2025

कुकुर मान्छे बन्न सक्छ तर एमाले कहिल्यै सक्दैन

13/08/2025

रवीलामिछानेको श्रीमती आफ्नो facebook पेजमा लेख्नुहुन्छ? 🥲🥲🥲🥲

11/08/2025

पशुपति आर्यघाटमा जलाउन लगिएको व्यक्तिको जल्दाजल्दै अवस्थामा मासु र हड्डी निकालेर बिक्रि गरेको पाइएको छ । अन्तिम संस्कारका लागि लगिएको शवबाट हड्डी निकालेर बेचेको आरोपमा प्रहरीले घाटे बाहुन गणेश ढकाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका सहायक प्रवक्ता कुलदिप चन्दले जानकारी दिए। सहायक प्रवक्ता चन्दका अनुार बनेपा ८, काभ्रेका ६५ वर्षीय राम शाहीको मृत्यु पश्चात् गत शुक्रबार पशुपति आर्यघाटमा जलाउन ल्याइएको थियो। उनको शव जल्दाजल्दै ढकालले शवबाट खुट्टाको हड्डी निकालेको मृतकका आफन्तले देखेका थिए। ढकालले उनीसँगै रहेका सहयोगीलाई मृतकको शवबाट निकालेको हड्डी दिएका थिए। यसका लागि उनले पाँचसय रुपैयाँ लिएका थिए। पाँचसय लिएर मृतकको हड्डी बिक्री गरेको देखेपछि मृतकका मलामी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए।

कक्षा आठमा पढ्ने खोटाङकी १४ वर्षीया एक छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्कँदै गरेकी उनला...
08/08/2025

कक्षा आठमा पढ्ने खोटाङकी १४ वर्षीया एक छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्कँदै गरेकी उनलाई कक्षा नौमा पढ्ने दुई छात्रले बलात्कार गरेका हुन् ।

विद्यालयबाट घर फर्कने क्रममा ‘तिमीसँग कुरा गर्नु छ’ भन्दै अघिपछि लागेका दुईजनाले जंगलको बिचमा बाटो छेकेर रातभरि पालैपालो बलात्कार गरेको पीडितले बताएकी छिन् । ‘१९ साउनमा साढे ४ बजे विद्यालयबाट घर फर्कँदै थिएँ । एकजना दाजुले तिमीसँग कुरा गर्नु छ भने । मसँगै पढ्ने साथीहरू आ–आफ्नो घर गइसकेका थिए । एक्लै भएकाले छिटो–छिटो हिँडिरहेकी थिएँ,’ उनी भन्छिन्, ‘केही बेरमा उनीहरू दुईजना आए । बाटो छेकेर एकछिन हामीसँग बस भने । उनीहरूले अर्को एकजना भाइलाई चटपटे ल्याइमागेका रहेछन् । बसेर चटपटे खायौँ । त्यति खाइसकेपछि बाटो नजिकै रहेको ओढारमा लगे । उनीहरूले मलाई बोल्न दिएनन् । त्यसपछि पालैपालो बलात्कार गरे ।त्यसपछि के–के गरे थाहा छैन । बिहान होस खुल्दा एक्लै थिएँ ।’

विद्यालय गएकी बालिका साथीहरूबाटै बलात्कृत भएको जानकारी पाएपछि आफन्तले २० साउनमा जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएका छन् । विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई बाटो छेकेर सामूहिक बलात्कार गरेको पुष्टि भएपछि दोषीमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराइएको बालिकाका आफन्तले बताएका छन् । बालिका बलात्कृत भएको उजुरी कार्यालयमा परेलगत्तै सोही राति बालिकाको स्वास्थ्य परीक्षण गराएर २१ साउनमा दुईजनाविरुद्ध किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए ।

विद्यालय गएकी बहिनी बेलुका अबेरसम्म नफर्किएपछि खोजी गर्दा भोलिपल्ट बिहान ५:३० बजे घरभन्दा करिब पाँच सय मिटरपरको राम्चेभिरस्थित ओढारमा झोक्राइरहेको अवस्थामा फेला पारेको बालिकाको दाजुले बताए । ‘१९ साउन विद्यालय गएकी बहिनी अबेरसम्म घर आइनन् । रातभर खोजी गर्‍यौँ । फेला परिनन्,’ उनले भने, ‘ओढारभित्र एक्लै झोक्राएको अवस्थामा फेला परेकी बहिनीलाई सोध्दा एउटै विद्यालयमा पढ्ने दुईजना छात्रले बलात्कार गरेको बताइन् । नाबालक बहिनीमाथि बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर जाहेरी दिएका हौँ ।’

कपिलवस्तुमा ३ वर्षमै ७१ श्रीमानले श्रीमतीविरुद्ध उजुरी गरे!"📍 कपिलवस्तुमा तीन वर्षमा ७१ पतिले श्रीमतीविरुद्ध उजुरी गरे"श...
07/08/2025

कपिलवस्तुमा ३ वर्षमै ७१ श्रीमानले श्रीमतीविरुद्ध उजुरी गरे!"
📍 कपिलवस्तुमा तीन वर्षमा ७१ पतिले श्रीमतीविरुद्ध उजुरी गरे
"श्रीमतीले मापसे गरेर कुटपिट गर्ने, खान नदिने, र अर्को पार्टनरसँग सम्बन्ध राख्नेजस्ता व्यवहार गरेको" भन्दै पछिल्लो ३ वर्षमा कपिलवस्तुमा ७१ जना पतिहरूले आफ्नै श्रीमतीविरुद्ध प्रहरीमा उजुरी दिएका छन्।
यी उजुरीहरू घरेलु हिंसाका विरुद्ध महिलामात्र होइन, पुरुषहरू पनि पीडित हुन सक्ने यथार्थलाई देखाउँछन्। यस्तो घटनाको संख्या वर्षैपिच्छे बढ्दो देखिएको छ।
अब यस्ता घटनाहरू किन भइरहेका छन्? सम्बन्धमा यस्तो बिग्रिने कारण के हो? के समाजले पुरुष पीडालाई गम्भीर रूपमा लिएको छ?

बिर्घाकी श्यामकला:-७ बर्षीय छोरालाई कालिगण्डकीमा फालेर, आफू पनि हाम फालेको आशङ्का, प्रहरी द्वारा खोजी कार्य जारीअकला संव...
06/08/2025

बिर्घाकी श्यामकला:-७ बर्षीय छोरालाई कालिगण्डकीमा फालेर, आफू पनि हाम फालेको आशङ्का, प्रहरी द्वारा खोजी कार्य जारी
अकला संवाददाता
स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ बिर्घाकी श्यामकला पाण्डे मङलबार बिरामी भएको भन्दै उपचारको लागि मिर्मी जान्छु भनेर घरबाट हिडिन् । ७ बर्षीय छोरालाई साथमा लिएर घरबाट हिडेकी पाण्डे बुधबार दिउँसोदेखि कालीगण्डकी नदीमा बेपत्ता भएको हल्ला चल्यो । स्याङ्जास्थित कालीगण्डकी नदीको किनारमा गुलाबी रङ्गको महिला ब्याग, मोबाइल फोन, एक जोडी महिलाको चप्पल र एक जोडी बच्चाको जुत्ता देखेपछि उनै श्यामकला भएको अनुमान गरिएको छ ।
पर्वत बिहादी ५ माइतीघर भइ कालीगण्डकी ४ बिर्घाकी श्यामकलाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको बुझिएको छ ।
अहिले घटनास्थलमा प्रहरी,स्थानीय जनप्रतिनिधि र मानिसहरुको भिडभाड सहित खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
यद्यपि प्रहरीले श्यामकला र उनका छोरा नै कालीगण्डकीमा हाम फालेको पुष्टि भने गरेको छैन्,तर घटनाक्रम लगायका कपडा,जुत्ता र चप्पलको अवस्थाले उनीहरू नै भएको र नदीमा हाम फालेको बलियो आशंका गरिएको स्थानीयले बताएका छन् ।
७ बर्षको अबोध छोरोलाई कालीगण्डकीमा फालेर श्यामकला पनि हाम फाल्ने परिस्थितिमा कसरी पुगिन त्यो अनुसन्धानको बिषय हुनेछ । तथापि घटनाको पात्र र प्रहरीको पुष्टि नहुने बेलासम्म यहीँ भनेर दाबी गर्ने परिस्थिति भने नरहेको बुझिएको छ

गौरवको क्षण 🇳🇵नेपाली एमएमए स्टार रविन्द्र धान्तलाई आज महामहिम राष्ट्रपति रामचन्द्र पौडेलज्यूद्वारा राष्ट्रपति कार्यालयमा...
06/08/2025

गौरवको क्षण 🇳🇵
नेपाली एमएमए स्टार रविन्द्र धान्तलाई आज महामहिम राष्ट्रपति रामचन्द्र पौडेलज्यूद्वारा राष्ट्रपति कार्यालयमा सम्मान गरियो। ❤️🙏

IMAGE BY:
📍 राष्ट्रपति कार्यालय, शीतल निवास

आज बिहान इलाम /फाकफोकथुम गाउँपालिका मा देखिएको अनौठो प्रजातिको सर्प स्थानिय शिक्षक टोम नारायण ठाकुर ले यो दृष्य कैद गर्न...
06/08/2025

आज बिहान इलाम /फाकफोकथुम गाउँपालिका मा देखिएको अनौठो प्रजातिको सर्प स्थानिय शिक्षक टोम नारायण ठाकुर ले यो दृष्य कैद गर्नु भएको हो ।

सात वर्षअघिबाट कार्यान्वयनमा रहेको एउटा कानुन संशोधन गर्न सरकारले तयार पारेको मस्यौदाले 'बहुविवाहलाई मान्यता दिन लागेको'...
06/08/2025

सात वर्षअघिबाट कार्यान्वयनमा रहेको एउटा कानुन संशोधन गर्न सरकारले तयार पारेको मस्यौदाले 'बहुविवाहलाई मान्यता दिन लागेको' भन्दै चर्को विरोध भएपछि मस्यौदा परिमार्जन गर्न लागिएको कानुनमन्त्रीले बताएका छन्।

मुलुकी अपराध संहिता २०७४ संशोधनका लागि बनेको विधेयकको मस्यौदाबारे सदन, सडक र सामाजिक सञ्जालमा खबरदारी सुरु भएको थियो।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाका अनुसार मन्त्रिपरिषद्‌को विधेयक समितिमा विचाराधीन रहेको मस्यौदा परिमार्जनका लागि कार्यदल बनाउने निर्णय भएको छ।

गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । भिरकोट नगरपालिका वडा नम्बर–२ स्थित बयरघारीमा शर्मा सवार गाडी बु...
06/08/2025

गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । भिरकोट नगरपालिका वडा नम्बर–२ स्थित बयरघारीमा शर्मा सवार गाडी बुधवार दुर्घटना भएको स्याङ्जाका एसपी दधिराम न्यौपानेले बताएका छन ।

उनले भने, ‘गाडीको अगाडीको भागमा हल्का क्षति पुगेको छ, यात्रुलाई केही भएको छैन ।’

दक्षिण कोरियामा हराइरहेका नेपालीको खोजी कार्यमा सहयोग गरिदिनुहुन ….कास्की जिल्ला पोखरा स्थायी घर भई दक्षिण कोरियाको दक्ष...
06/08/2025

दक्षिण कोरियामा हराइरहेका नेपालीको खोजी कार्यमा सहयोग गरिदिनुहुन ….

कास्की जिल्ला पोखरा स्थायी घर भई दक्षिण कोरियाको दक्षिणी भूभाग मोक्पोको जिन्दोमा मौसमी कामदारको रुपमा काम गर्दै आएका सुजन गुरुङ एक्कासी सम्पर्क विहिन भएका छन् । गहुँगोरो वर्ण, उमेर २३ वर्ष र उचाई ५.३ फिट अग्ला रहेका उनी बिगत १ महिनादेखि घरपरिवार र कोरियामा रहेका आफन्तहरुले सम्पर्क गर्दा पनि भेटिएका छैनन् ।

फेला पारी खबर गर्ने व्यक्तिलाई पुरस्कार स्वरुप बीस लाख कोरियन वोन (रु.२ लाख नेपाली) प्रदान गरिने र साथै खबर गर्ने व्यक्तिको विवरण गोप्य राखिने उनका सम्बन्धित आफन्तले जानकारी गराएका छन् । कसैले निज गुरुङका खबर पाएका व्यक्तिले कोरियाको फोन नम्बर 01043439409 मा सूचना दिन सकिनेछ ।

सम्पर्क विहिन भएका सुजन गुरुङको परिवार र आफन्त यतिबेला गहिरो चिन्तामा परेका छन् । कोरियामा रहेका आफन्त मार्फत् कोरियन प्रहरीलाई पनि खोजतलास गर्न समेत निवेदन दिईसकेका छन् यद्धपी कुनै नतिजा आउन नसक्दा अझै अन्यौल देखापरेका छन् । उनी सम्पर्क विहिन हुनु अगाडि सबै सामान्य अवस्था रहेको आफन्तले जनाएका छन् ।

कतै भेटिएमा तल दिइएको नम्बरमा सम्पर्क गरी सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ! साथै सम्पर्कविहिन भएका सुजनलाइ तुरुन्त सम्पर्कमा आइदिन पनि अनुरोध गर्दछौ !

सम्पर्क : 01043439409

01/08/2025

२० जना पुरुषसँग डेट, सबैसँग नयाँ आइफोन मगाइन्, अनि ती आइफोन बेचेर घर किनिन्। 😄

घटना हो चिन शेन्जेनको एक कम्पनीमा कम तलबमा काम गर्ने सामान्य कर्मचारी थिइन्। उनले छ महिनाको अवधिमा २० जना पुरुषसँग डेट गरिन् र सबैलाई नयाँ आईफोन उपहार दिन भनिन्। उनले ती सबै फोन बेचेर घर किनेकी थिइन्।🙂

Address

Gyeongsangnam-do Gimhae-si Juchon-myeon Cheon-gok-ri 1580/16
Changwon
50800

Website

Alerts

Be the first to know and let us send you an email when Secret Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share