05/05/2026
कोरियामा नेपाली युवकद्वारा मदिराको तालमा कोरियन युवतीलाई गरे चुम्बन, २ करोड वन जरिवाना माग, कम्पनी छाडेर युवक फरार 🇰🇷
दक्षिण कोरियामा एक नेपाली युवकले सार्वजनिक स्थानमा कोरियन युवतीमाथि अनुचित व्यवहार गरेको घ`टनापछि कानुनी कारबाहीको सामना गर्नुपरेको छ।
प्राप्त जानकारीअनुसार, रेल चढ्ने क्रममा सँगै हिँडिरहेकी एक कोरियन युवतीलाई ती युवकले अचानक आवेगमा आएर जबर्जस्ती चुम्बन गरेका थिए। उक्त समयमा युवक म`दिरा सेवनको प्रभावमा रहेको बुझिएको छ।
घ´टनापछि युवक आफ्नो कोठातर्फ फर्किएका थिए भने पीडित युवती आफ्नो बाटो लागेकी थिइन्। तर पछि ती युवतीले प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।
उजुरीपछि प्रहरीले ती नेपाली युवकलाई बोलाएको थियो। पीडित पक्षले २ करोड वन (करिब २० लाख नेपाली रुपैयाँ) जरिवाना माग गरेको जनाइएको छ। तर युवकले उक्त रकम तिर्न नसक्ने बताउँदै जरिवाना घटाइदिन अनुरोध गरेका थिए।
यद्यपि, पीडित पक्षले रकम घटाउन अस्वीकार गरेपछि ती युवक हाल काम गरिरहेको कम्पनी छोडेर फरार भएको जानकारी प्राप्त भएको छ।
यस घटनाले विदेशी भूमिमा कानुनी नियमको पालना गर्नुपर्ने आवश्यकता र सार्वजनिक स्थानमा गरिने व्यवहारप्रति सचेत रहनुपर्ने सन्देश दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ। यो खबर बिनोद बान्तवा राईले बताएका छन