08/03/2024
सरकारले थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको सूची राजपत्रमा प्रकाशित भएछ ! सहिदको नाममा पैसा लुट्दा हातखुट्टा काम्दैंन, पापको डर लाग्दैंन !? राजपत्रको समेत इज्जत लुट्ने काम भयो ! सहिदको भद्धा खेति ! पित्तललाई सुन घोषणा गरेर सुन हुँदैन । व्यक्ति र पार्टीको लागि मरेकालाई सहिद घोषणा गरेर राष्ट्रिय सहिद हुँदैन । चाहे राजपत्रमा प्रकाशित गर, चाहे गोरखापत्रमा प्रकाशित गर, चाहे नेपाल टेलिभिजनबाट प्रशारण गर, तर जनयुद्धमा मरेकालाई राष्ट्रिय सहिद मानिदैंन । अपराधीकरण बढ्नुको कारण यहीं हो, दण्ड दिने ठाउँमा देवत्वकरण गरिन्छ ।