Update Amrit

Update Amrit Let’s move forward together and enjoy the journey.

सम्पूर्ण समाचार, सत्य–तथ्यपूर्ण जानकारी र खेलकुद अपडेटका लागि हाम्रो पेज फलो गर्नुहोस्।हातेमालो गर्दै अगाडि बढौँ र रमाइलो गरौँ। Follow our page for complete news, factual information, and sports updates.

11/06/2026

सुकुम्बासी बस्तीवासीसँग माफी माग्दै गृहमन्त्री सुदन गुरुङ ✅

NewsUpdate: विश्वकप नजिकिँदै गर्दा आयोजक राष्ट्र अमेरिकाले लागू गरेको कडा सुरक्षा जाँच र भिसा प्रक्रियाले अन्तर्राष्ट्रि...
11/06/2026

NewsUpdate: विश्वकप नजिकिँदै गर्दा आयोजक राष्ट्र अमेरिकाले लागू गरेको कडा सुरक्षा जाँच र भिसा प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडी तथा अधिकारीहरूलाई ठूलो असहजता भएको चर्चा चुलिएको छ।

इराकका स्टार खेलाडी आयमेन हुसेनलाई शिकागो विमानस्थलमा करिब ७ घण्टा लामो सोधपुछपछि मोबाइल समेत जफत गरिएको बताइन्छ। त्यस्तै, पहिलो पटक विश्वकपमा रेफ्रीको रूपमा चयन भएका सोमाली रेफ्री ओमर अब्दुलकादिर आर्टनलाई मियामी विमानस्थलबाटै प्रवेश अनुमति नदिइएको घटनाले विवाद बढाएको छ।

सेनेगल र उज्वेकिस्तानका टोलीहरू पनि कडा सुरक्षा जाँचको सामना गर्नुपरेको भन्दै विभिन्न भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। खेलाडीहरूलाई टर्मिनलमै लामो समय रोकिएको, साथै कुकुरसहितको सुरक्षा घेरामा मैदानसम्म लगिएको दृश्यले थप चर्चा पाएको छ।

यस घटनापछि फिफाको मौनता र आयोजकको कडा नीति प्रति खेल जगत र समर्थकहरूबीच व्यापक बहस र आलोचना भइरहेको छ।

राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुनुभएका विशाल श्रेष्ठ (फुटबल) एवम् सदस्य पदमा नियुक्त हुनुभएका शक्तिप्...
11/06/2026

राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुनुभएका विशाल श्रेष्ठ (फुटबल) एवम् सदस्य पदमा नियुक्त हुनुभएका शक्तिप्रसाद गौचन (क्रकेट), मोनालिसा खम्बु (बुद्धिचाल), सिक्का सुवाल श्रेष्ठ (टेबलटेनिस) तथा पवन शाही (फुटबल) प्रति हार्दिक बधाई एवम् उज्जवल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

खेलकुद जीवनमा आ–आफ्नै क्षेत्रमा गर्नुभएको अथक परिश्रम, समर्पण र संघर्षका माध्यमबाट प्राप्त गर्नुभएको अनुभव तथा दक्षतालाई अब प्रशासनिक भूमिकामा सार्थक रूपमा उपयोग गर्ने अवसर साथै नेपाली खेलकद क्षेत्रमा सुधार, व्यावसायिकता र नयाँ आयाम थप्नुहुनेछ भन्ने दृढ विश्वास राख्दछु।

Best wishes for successful tenure and continued prosperity ahead.

National Sports Council, Nepal
Cricket Association of Nepal-CAN

"BYD को करमा दुई रुपैयाँ बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार छु।" :-Swarnim Wagle, अर्थमन्त्री😱
11/06/2026

"BYD को करमा दुई रुपैयाँ बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार छु।" :-Swarnim Wagle, अर्थमन्त्री😱

11/06/2026

"मन्त्रालयमा काम गर्नेहरुलाई कुडो खुवाउदैछु ।" - महाबीर पुन♥️✅
video- sunil baniya

NewsUpdate: बुटवलको एक सुन पसलबाट १ करोड ४६ लाख रुपैयाँभन्दा बढी मूल्यका गहना चो'री भएको भन्दै प्रहरीमा झुटो उजुरी दिएर ...
11/06/2026

NewsUpdate: बुटवलको एक सुन पसलबाट १ करोड ४६ लाख रुपैयाँभन्दा बढी मूल्यका गहना चो'री भएको भन्दै प्रहरीमा झुटो उजुरी दिएर चो'रीको नाटक रचेको आरोपमा उक्त पसलका सञ्चालक र कर्मचारीलाई प्रहरीले प'क्राउ गरेको छ।

NewsUpdate: भारतमा सुन–चाँदी चोरेर नेपाल आउँदै गरेका दिदी–भिनाजु र साली पक्राउ!भारतको तेलंगानाबाट करिब १२ करोड रुपैयाँ ब...
11/06/2026

NewsUpdate: भारतमा सुन–चाँदी चोरेर नेपाल आउँदै गरेका दिदी–भिनाजु र साली पक्राउ!

भारतको तेलंगानाबाट करिब १२ करोड रुपैयाँ बराबरको सुन, चाँदी र नगद लिएर नेपालतर्फ भाग्दै गरेका तीन नेपाली नागरिक उत्तर प्रदेशको रामपुरमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ७ किलो सुन, १ किलो चाँदी र नगद बरामद भएको छ। उनीहरू गाचीबाउलीस्थित एक सम्पन्न परिवारको घरमा घरेलु कामदारका रूपमा कार्यरत थिए।

मन्त्री Mahabir Pun ले मन्त्रालयलाई कानुनी र प्रशासनिक रूपमा बलियो बनाउन छुट्टै नयाँ विधेयक ल्याउने निर्णय गरेका छन् ।😮
11/06/2026

मन्त्री Mahabir Pun ले मन्त्रालयलाई कानुनी र प्रशासनिक रूपमा बलियो बनाउन छुट्टै नयाँ विधेयक ल्याउने निर्णय गरेका छन् ।😮

NewsUpdate:नेपालको प्रधानमन्त्री कार्यालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै लेखेको छ, "भारतको सबैभन्दा ...
11/06/2026

NewsUpdate:नेपालको प्रधानमन्त्री कार्यालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै लेखेको छ, "भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा तपाईंको ऐतिहासिक उपलब्धिको लागि हार्दिक बधाई। तपाईंको स्वास्थ्य र भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको कामना गर्दछौं। हामी हाम्रो सम्बन्धलाई गहिरो महत्त्व दिन्छौं र तिनीहरूलाई अझ बलियो बनाउन तत्पर छौं।" 🇳🇵🇮🇳

Kulman Ghising says, "आज चुनाव हारेको पार्टी, संसदमा हामी एकजना पनि छैनौँ..। तर देशैभरी उज्यालो पार्टीमा प्रवेश गर्नेको ...
11/06/2026

Kulman Ghising says, "आज चुनाव हारेको पार्टी, संसदमा हामी एकजना पनि छैनौँ..। तर देशैभरी उज्यालो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ, त्यो त्यसै चलेको छैन..। उज्यालो पार्टीको भविष्य देखेर, यसको उद्देश्य देखेर.. यसको भिजन देखेर र यसको नेतृत्व देखेर आउनुभएको होला र उहाँहरूको जुन किसिमको विश्वास छ.. हामीले त्यो विश्वासलाई अगाडि बढाएर आगामी निर्वाचनहरूमा र त्यसपछिका निर्वाचनहरूमा उज्यालो नेपाल पार्टीलाई १ नम्बरको पार्टी बनाएर मात्रै हामी विश्राम लिनेछौँ भन्ने मेरो आफ्नो व्यक्तिगत प्रतिबद्धता हो..।"

Address

광주
Gwangju
담양

Alerts

Be the first to know and let us send you an email when Update Amrit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share