Digital World Nepal

Digital World Nepal Well Come to Digital World Nepal

जेन–जी शहीद स्मृति दिवसका अवसरमा गृहमन्त्रीसहित कानुनमन्त्री सोबिता गौतम सहभागी
08/09/2026

जेन–जी शहीद स्मृति दिवसका अवसरमा गृहमन्त्रीसहित कानुनमन्त्री सोबिता गौतम सहभागी

गृहमन्त्री Sudan Gurung भन्नुहुन्छ: "पुरानै शैलीमा मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्नु मात्रै नेतृत्व होइन। प्रविधि...
04/09/2026

गृहमन्त्री Sudan Gurung भन्नुहुन्छ:

"पुरानै शैलीमा मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्नु मात्रै नेतृत्व होइन। प्रविधिको सही सदुपयोग गर्दै विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सक्रिय छ र हरेक ४ घण्टामा अनलाइन रणनीतिक बैठकहरू भइरहेका छन्। ​मैदानको वास्तविक स्थिति नबुझी कुर्सीबाट गरिने परम्परागत नेतृत्व भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी भइरहेको छ। त्यसैले, हामी कहाँ छौँ भन्ने भन्दा पनि कामको परिणाममा ध्यान दिऔँ!"

नेपाली MMA स्टार रविन्द्र ढाँटले ‘Road to UFC’ को ब्यान्टमवेट फाइनलमा स्थान सुरक्षित गरेका छन्।सेमिफाइनलमा न्युजिल्यान्ड...
29/08/2026

नेपाली MMA स्टार रविन्द्र ढाँटले ‘Road to UFC’ को ब्यान्टमवेट फाइनलमा स्थान सुरक्षित गरेका छन्।

सेमिफाइनलमा न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डकलाई स्प्लिट डिसिजनमार्फत पराजित गर्दै रविन्द्रले फाइनलको यात्रा तय गरेका हुन्।

अब रविन्द्रले उपाधिसँगै विश्वकै प्रतिष्ठित UFC सम्झौताका लागि जापानका रियो ताजिमा (Ryo Tajima) सँग प्रतिस्पर्धा गर्नेछन्।

विश्वमञ्चमा नेपाली झण्डा र देशको नाम चम्काउँदै अघि बढिरहेका रविन्द्रलाई फाइनलका लागि अग्रिम जितको शुभकामना! 🇳🇵🥊🔥

Breaking: Nepali Fighter Rabindra Dhant has won the match against Kasib Murdoch in Road to UFC Season 5 bantamweight sem...
28/08/2026

Breaking: Nepali Fighter Rabindra Dhant has won the match against Kasib Murdoch in Road to UFC Season 5 bantamweight semifinal match. ❤️🇳🇵

टिकटक स्टार तथा कलाकार CoolBoyy ले बाढी पीडितलाई व्यक्तिगत 5 लाख सहयोग गरेका छन।🙏
28/08/2026

टिकटक स्टार तथा कलाकार CoolBoyy ले बाढी पीडितलाई व्यक्तिगत 5 लाख सहयोग गरेका छन।🙏

ताल फुटेर आएको बाढी भोटेकोसीमा सुरू भएको छ तर अहिलेसम्म आत्तिनुपर्ने अवस्था भने देखिएको छैन। 🙏
28/08/2026

ताल फुटेर आएको बाढी भोटेकोसीमा सुरू भएको छ तर अहिलेसम्म आत्तिनुपर्ने अवस्था भने देखिएको छैन। 🙏

फेरि बाढी आउदै: भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याप्रुबेसी सम्म आईपुगेको हुँदा नदि छेउमा बस्नेहरुले उच्च सतर...
28/08/2026

फेरि बाढी आउदै: भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याप्रुबेसी सम्म आईपुगेको हुँदा नदि छेउमा बस्नेहरुले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

alert उच्च सतर्कता: चीनतर्फ ताल फुटेको खबर आएपछि रसुवामा हेलिकोप्टर रेकीमा पठाइँदैछ। 🙏
28/08/2026

alert उच्च सतर्कता: चीनतर्फ ताल फुटेको खबर आएपछि रसुवामा हेलिकोप्टर रेकीमा पठाइँदैछ। 🙏

१६सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली माविका प्रध्यानाध्यापक भन्छन्ः कति विद्यार्थी हराए मलाई थाहा छैन ... प😢
26/08/2026

१६सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली माविका प्रध्यानाध्यापक भन्छन्ः कति विद्यार्थी हराए मलाई थाहा छैन ... प😢

विकास भाषणले होइन, इच्छाशक्तिले हुन्छ 🇳🇵वर्षौँदेखि हामीले नेताहरूका ठूला–ठूला भाषण सुन्यौँ—घरघरमा ग्यास पाइप पुर्‍याउँछु...
25/08/2026

विकास भाषणले होइन, इच्छाशक्तिले हुन्छ 🇳🇵

वर्षौँदेखि हामीले नेताहरूका ठूला–ठूला भाषण सुन्यौँ—घरघरमा ग्यास पाइप पुर्‍याउँछु, पानीजहाज चलाउँछु, मोनोरेल ल्याउँछु, रेल कुदाउँछु भन्दै सपना बाँडिए। तर जनताले खोजेको विकास भाषणको मञ्चमा होइन, आफ्नै आँखाले देख्न चाहेका थिए। विडम्बना त के भयो भने, काम गर्ने बेला मा तिलको गेडा जत्रो काम, भाषण गर्ने बेला पहाड जत्रो कुरा!

अब समय बदलिनुपर्छ। जनतालाई आश्वासन होइन, परिणाम चाहिएको छ। भ्रष्टाचारको जालोमा विकासको बजेट हराउने होइन, त्यही पैसाले सडक, पुल, नाला, खानेपानी र व्यवस्थित सहर बन्नुपर्छ।

यो तस्वीरले एउटा महत्वपूर्ण सन्देश दिएको छ—विकास गर्न साँचो इच्छाशक्ति हुने हो भने परिवर्तन असम्भव छैन। व्यवस्थित सडक, सफा किनार, पैदलमार्ग, हरियाली र नदी व्यवस्थापनले सहरको रूप नै बदल्न सक्छ।

काम देख्दा आलोचना होइन, राम्रो कामलाई खुलेर समर्थन गर्नुपर्छ। आजको नेतृत्वले भाषणभन्दा कामलाई प्राथमिकता दिइरहेको देख्दा आशा जागेको छ। यही गतिमा अझै धेरै राम्रो काम हुँदै जाओस्।

हामीलाई भाषणवीर नेता होइन, काम गरेर देखाउने नेतृत्व चाहिएको छ।

देश बनाउने हुटहुटी होस्, भ्रष्टाचार गर्ने होइन।
राम्रो काम गर्नेलाई सलाम, राम्रो कामको बाटोमा अघि बढ्नेलाई शुभकामना! 🇳🇵❤️

Address

Korea
Jeju

Website

Alerts

Be the first to know and let us send you an email when Digital World Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share