Media Nepal

Media Nepal Hello ,Welcome to Media Nepal page.This page is media company . We post only true videos Media Nepal page.This page is media company of Nepal.
(5)

We post only truth News ,Entertainment video ,Educational video and other related video .stay with us and give us your feedback.I hope that you are fully enjoy with us.
...........................Unauthorized downloading and uploading on other page and YouTube channel is Strictly Prohibited ...............................................................................
यस Media Nepal

page मा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel and page मा upload गरेको पाइएमा copyright strike and प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.............................................................................................................................................................................................
Email :[email protected]
Page link: https://business.facebook.com/medianepall/

©Media Nepal
© All Rights Reserved.

08/06/2026

"जग्गा बाँडियो, घर बाँडियो, तर सबैभन्दा धेरै दाजुभाइको माया टुक्रियो 😭🥀💔" _"The love of most siblings is broken 😭""

‘पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू’       उनले आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्...
07/06/2026

‘पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू’


उनले आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पने सम्भावना रहेको संकेत गरे । “यदि, समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।” सचिवालयका अनुसार, सांसद गुरुङले रास्वपाको संगठन निर्माण र आउँदो नेतृत्वको कार्यशैलीका बारेमा पनि स्पष्ट धारणा राखे । अब बन्ने जिल्ला सभापति राजधानीकेन्द्रित हुन नहुने उनको भनाइ थियो ।

07/06/2026

भगवानसँग झुक्किएर पनि नमाग्नु यी ७ कुरा, अन्यथा तपाईको प्रगति कहिल्यै हुँदैन 🙏_"Don't even bow down to God and ask for these 7 things, otherwise you will never progress"

अमेरिकाको ओहायो राज्यस्थित टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिकै गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन् । घटनाम...
07/06/2026

अमेरिकाको ओहायो राज्यस्थित टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिकै गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रहरीले जनाएको छ । टोलेडो प्रहरी विभागका उपप्रमुखका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा कम्तीमा दुई जना व्यक्तिले एकअर्कातर्फ गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ । घटना टोलेडोको ऐतिहासिक क्षेत्रमा आयोजना हुँदै आएको वार्षिक सामुदायिक उत्सवको आसपास भएको बताइएको छ ।

अमेरिकाबाट फर्किए धुर्मुस ❤️       अमेरिकामा रहँदै आएका हास्यकलाकार सिताराम कट्टेल “धुर्मुस”न्याय पाउने आशसहित नेपाल फर्...
07/06/2026

अमेरिकाबाट फर्किए धुर्मुस ❤️

अमेरिकामा रहँदै आएका हास्यकलाकार सिताराम कट्टेल “धुर्मुस”न्याय पाउने आशसहित नेपाल फर्किएका छन् । उनले फेसबुकमार्फत् लेखेका छन्‘‘✍️
न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख(दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।

सुदन गुरुङ निर्दोष       छानबिन समितिले सुदन गुरुङलाई दोषी ठहर गर्ने कुनै आधार वा प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ ।स...
07/06/2026

सुदन गुरुङ निर्दोष
छानबिन समितिले सुदन गुरुङलाई दोषी ठहर गर्ने कुनै आधार वा प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ ।
सोही आधारमा बालेन शाहले गुरुङलाई पुनः गृह मन्त्रीको जिम्मेवारी दिएका छन् ।

रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै एक अत्यन्तै दुर्लभ र अनौठो घटना घटेको छ । ...
07/06/2026

रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै एक अत्यन्तै दुर्लभ र अनौठो घटना घटेको छ । अस्पतालमा भर्ना भएकी एक सुत्केरी आमाले गर्भभित्र बच्चा बस्ने पानीको झिल्ली (एम्नियोटिक थैली) नफुटिकन, त्यसैभित्र पूर्ण रूपमा ढाकिएको अवस्थामा प्राकृतिक रूपमा शिशुलाई जन्म दिएकी छन् । चिकित्सा क्षेत्रमा यस प्रकारको प्रसवलाई ‘एन काउल बर्थ’ भनिन्छ ।
अस्पतालका प्रमुख डा. सुवास चौधरीका अनुसार यो घटना चिकित्सा विज्ञानमा निकै विरलै देख्न पाइन्छ। सामान्यतया संसारभरका करिब ८० हजार जन्ममध्ये एक पटक मात्र यस्तो विरल संयोग हुने चिकित्सा क्षेत्रको तथ्याङ्कले देखाउँछ ।

‘मलाई पनि एम्बासडर बन्न मन छ’ — बालेनको एक लाइनले उठायो ठूलो प्रश्न !काठमाडौं महानगरका प्रमुख बालेन शाहले मध्यराति फेसबु...
07/06/2026

‘मलाई पनि एम्बासडर बन्न मन छ’ — बालेनको एक लाइनले उठायो ठूलो प्रश्न !

काठमाडौं महानगरका प्रमुख बालेन शाहले मध्यराति फेसबुकमा लेखेको एउटा छोटो स्टाटस अहिले चर्चाको विषय बनेको छ । “मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न” भन्ने व्यङ्ग्यात्मक अभिव्यक्तिले नेपालमा राजनीतिक पहुँच र पदका लागि हुने लबिइङमाथि गम्भीर प्रश्न उठाएको छ । यो प्रतिक्रिया त्यसबेला आयो, जब अवकाश नजिकिएका एक वरिष्ठ सचिवले आफूलाई राजदूत नियुक्त गरिदिन सहयोग माग्दै सन्देश पठाएको विषय सार्वजनिक भयो । बालेनको व्यङ्ग्य केवल एक व्यक्तिप्रति लक्षित नभई, योग्यताभन्दा पहुँचलाई प्राथमिकता दिने प्रवृत्तिमाथिको कटाक्षका रूपमा हेरिएको छ ।

सामाजिक सञ्जालमा धेरैले यसलाई प्रशासनिक मर्यादा, नैतिकता र राजनीतिक संस्कृतिमाथिको सशक्त प्रश्नका रूपमा व्याख्या गरेका छन् । एउटा छोटो स्टाटसले फेरि एकपटक देशमा नियुक्ति प्रक्रिया कति पारदर्शी छ भन्ने बहसलाई सतहमा ल्याइदिएको छ ।

ईन्धन जोगाउन २ दिन बिदा दिने तर एकै मन्त्रीका लागि यति धेरै सवारी प्रयोग हुनुलाई तपाई के भन्नुहुन्छ ?
07/06/2026

ईन्धन जोगाउन २ दिन बिदा दिने तर एकै मन्त्रीका लागि यति धेरै सवारी प्रयोग हुनुलाई तपाई के भन्नुहुन्छ ?

सिरहामा एसईई र कक्षा १२ को परीक्षामा जफत गरिएका करिब ५०० मोबाइल र स्मार्ट घडी प्रशासनले पानीमा डुबाएर नष्ट गरेको छ । बरा...
07/06/2026

सिरहामा एसईई र कक्षा १२ को परीक्षामा जफत गरिएका करिब ५०० मोबाइल र स्मार्ट घडी प्रशासनले पानीमा डुबाएर नष्ट गरेको छ । बरामद उपकरण नष्ट गरिएको विरोधमा विद्यार्थी संगठनहरूले जिल्ला प्रशासन कार्यालय सिरहा अगाडि सोमबार प्रदर्शन गर्ने घोषणा गरेका छन् । अनेरास्ववियु मधेश प्रदेश संयोजक सतिशचन्द्र सिंहले ‘प्रदर्शनको उद्देश्य सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै विद्यार्थीका माग सम्बोधन गर्न दबाब सिर्जना गर्नु हो’ भनेका छन् ।

Address

Jejudo
Jeju
63341

Alerts

Be the first to know and let us send you an email when Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Media Nepal:

Share

Category