Eps Model Question

Eps  Model Question THIS IS AN UNOFFICIAL PAGE OF EPS TOPIK BUT WE PROVIDE YOU ALL NEWS AND QUESTION RELATED FOR EPS..

EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने सम्बन्धी इपिएस शाखा, ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन भएको छ।• परीक्षा खुल्ने...
04/08/2025

EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने सम्बन्धी इपिएस शाखा, ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन भएको छ।

• परीक्षा खुल्ने क्षेत्र र कोटा:
Manufacturing: 3,500, Agriculture & Livestock: 1,800
• एक व्यक्तिले एक क्षेत्र मात्र भर्न पाउने,
• आवेदन फाराम भर्ने अवधि: वि.सं. २०८२ श्रावण २६ देखि ३१ गते ( August 11 to August 16, 2025) सम्म,
• परीक्षा तालिका पछि प्रकाशन गरिने।

प्राबीको  स्थायी शिक्षकमा नाम निकालेका हुम्ला निवासी मन बहादुर केसी कोरियन परिक्षामा समेत उतिर्ण भएपछी शिक्षकको स्थायी ज...
03/03/2025

प्राबीको स्थायी शिक्षकमा नाम निकालेका हुम्ला निवासी मन बहादुर केसी कोरियन परिक्षामा समेत उतिर्ण भएपछी शिक्षकको स्थायी जागिर छाेडेर कोरिया प्रस्थान गरेका छन् ।

कोरियाको आर्थिक वृद्धिमा विदेशीहरूको योगदान बढ्दै, रिपोर्ट भन्छ❗️दक्षिण कोरियाको आर्थिक वृद्धिमा विदेशी कामदार र आप्रवास...
08/02/2025

कोरियाको आर्थिक वृद्धिमा विदेशीहरूको योगदान बढ्दै, रिपोर्ट भन्छ❗️

दक्षिण कोरियाको आर्थिक वृद्धिमा विदेशी कामदार र आप्रवासीहरूको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको एक हालैको रिपोर्टमा उल्लेख गरिएको छ। अहिलेसम्म देशभर बसोबास गर्ने विदेशीहरूको संख्या २.६५ मिलियन नाघिसकेको छ, र यो दर यथावत् रहे सन् २०३० भित्र ३ मिलियन पुग्ने अनुमान गरिएको छ।

रिपोर्ट अनुसार, कोरियामा विदेशी जनसंख्यामा १ प्रतिशतको वृद्धि हुँदा कृषि तथा मत्स्य क्षेत्रमा १.३३ प्रतिशत, खानी तथा उत्पादन क्षेत्रमा ०.८८ प्रतिशत, र सेवा क्षेत्रमा ०.३६ प्रतिशतले आर्थिक वृद्धि हुने देखिएको छ। यो अध्ययन माइग्रेसन रिसर्च एन्ड ट्रेनिङ सेन्टरले सार्वजनिक गरेको हो, जुन कोरियाली सरकार र संयुक्त राष्ट्रसंघीय आप्रवासन संस्थाबीचको सम्झौताअन्तर्गत २००९ मा स्थापना भएको थियो।

आंकडाहरूले देखाएअनुसार, २०१९ मा कोरियाको कुल जनसंख्याको ४.९ प्रतिशत हिस्सा विदेशीहरूले ओगटेका थिए। तर, कोभिड-१९ महामारीको प्रभावका कारण यो संख्या २०२० मा ३.९ प्रतिशत र २०२१ मा ३.८ प्रतिशतसम्म घटेको थियो। महामारीको अवस्था सामान्य भएपछि विदेशी जनसंख्या पुनः वृद्धि हुँदै २०२२ मा ४.४ प्रतिशत पुगेको थियो, र २०२३ मा पुनः ४.९ प्रतिशत पुगेको देखिएको छ।

यदि यो प्रवृत्ति जारी रह्यो भने कोरियामा विदेशीहरूको संख्यामा उल्लेखनीय वृद्धि हुने सम्भावना छ। रिपोर्टले उल्लेख गरेअनुसार, विदेशी कामदारहरूको आयस्तर बढ्दै जाँदा उनीहरूको आर्थिक प्रभाव झन् सशक्त बन्दै गएको छ। उनीहरूले कोरियाली अर्थतन्त्रलाई मात्र नभई उपभोग बजारलाई समेत सक्रिय बनाउँदै देशको समग्र आर्थिक परिदृश्यलाई नयाँ रूप दिइरहेका छन्।

Great Work: बाटोमा गिट्टी कुट्दै गरेको भिडियो बाट सबैको नजरमा पर्नु भएको कालिकोटकी आमाले MRR Group र स्थानिय युटुबर MB K...
08/02/2025

Great Work: बाटोमा गिट्टी कुट्दै गरेको भिडियो बाट सबैको नजरमा पर्नु भएको कालिकोटकी आमाले MRR Group र स्थानिय युटुबर MB Kamal को सक्रियतामा खाँडाचक्र नगरपालिकामा नयाँ घर संगै फर्निचर र आवाश्यक सामग्री पाउनु भएको छ! ❤️

Following
08/02/2025

Following

EPS office का कर्मचारी र  कामको जिम्मेवारि!Following
08/02/2025

EPS office का कर्मचारी र कामको जिम्मेवारि!
Following

04/01/2025

जे मा पनि राजनिती ❓️

नेपालका दलका कोरियाका झोले ज्युहरु,

यदी कोरिया आउने भाडादर अहिले तिम्रा नेताले चाहेर वा भनेर घटेको भए झण्डै तीन बर्षसम्म त तिम्रै नेताको योजनामा इपिएस मजदुर लुटिएका रैछन भनेर सिधा बुझ्दा हुने हो ? अहिले (तिमिहरुले दाबी गरे झैँ) घटाउन सक्नेले झण्डै तीन बर्समा कोरिया आउने ३५ हजार बढि इपिएस मजदुर लुट्दा खेरी के हेर्या ?

बास्तबिकता फरक छ । भाडादरको बिसयमा तिनपटक सम्म उच्च अदालत पाटनमा रिट पर्यो । पछिल्लो पटक गएको कार्तिकमा समेत रिट पर्यो । सर्बोच्चमा समेत हबाइ उडानको विषयमा मुद्दा पर्यो । सर्बोच्चले आउँदो माघसम्मको लागि पुरानो भाडादरमा उडान गर्न पाउने फैसला गर्यो । तीन बर्स सम्म लुटेर दलेहरु पनी थाकि सके । अती भएपछी अहिले हबाइ भाडादर इपिएस कोरिया शाखाको पहलमा घट्या हो ।

छुद्र राजनिती नगर ! बरु कोरोना कालका बेला चार्टर उडानको नाममा ठग्ने तिमिहरुका कुन कुन नेताहरु हुन ? भन्दिनु पर्ने हो ?

01/01/2025

खुशीको खबर ❗️

ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया जाने नेपाली कामदारको नयाँ हवाई भाडा तोकिएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ ।

बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६ सय ६५ रुपैयाँ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्ने छ । भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जनाएको छ ।

कोरियामा भएको प्लेन दुर्घटना पछि संबंधित यएरलासन्स कम्पनिको मालिकहरुले माफी माग्दै भने प्लेन दुर्घटना भएको सम्पूर्ण जिम्...
30/12/2024

कोरियामा भएको प्लेन दुर्घटना पछि संबंधित यएरलासन्स कम्पनिको मालिकहरुले माफी माग्दै भने प्लेन दुर्घटना भएको सम्पूर्ण जिम्मेवारी लिन चाहान्छौ र सबैसँग माफी माग्न चाहान्छौं भन्दै सिर झुकाएर माफी मागे ।

तर नेपालमा यस्तो दुर्घटना हुदा सम्बन्धित कम्पनिको मालिकहरु पाईलटको गल्ती खोज्दै बिज्ञप्ति निकाल्न थाल्छ । कोरिया र नेपालको फरक 😥 🇰🇷

Breaking Newsदक्षिण कोरियाको छल्लानाम्दो प्रान्तको मुआन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ । बिहान ९ बजेर ७...
29/12/2024

Breaking News
दक्षिण कोरियाको छल्लानाम्दो प्रान्तको मुआन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ ।
बिहान ९ बजेर ७ मिनेटमा बैंककबाट आएको जेजु एअरको विमान विमानस्थलको धावनमार्गबाट चिप्लिएर भित्तामा ठोकिएपछी आगलागी शुरु भएको थियो ।

विमानमा १७५ यात्रु सहित चालक दलका ६ सदस्य सवार रहेका थिए ।
घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।

Manufacturing क्षेत्र तर्फको तेस्रो चरण (Third Shift) को कोरियन भाषा को नतिजा प्रकाशन सम्बन्धी सूचना !!3126 जना परीक्षार...
21/12/2024

Manufacturing क्षेत्र तर्फको तेस्रो चरण (Third Shift) को कोरियन भाषा को नतिजा प्रकाशन सम्बन्धी सूचना !!
3126 जना परीक्षार्थी उत्तीर्ण

20/12/2024

2025 ईपीएस अन्तर्गत कोटा निर्धारण ‼️🙏🇰🇷

ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि श्रमिक 16 वटै देशको कोटा निर्धारण भएको छ। आज 20 तारिख बसेको प्रवासि मजदुर निति निधारण संख्या समितिको बैठकले 2025 मा ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि मजदुरको सख्या १ लाख ३० हजार निर्धारण गरेको छ। यो तोकिएको १ लाख ३० हजार प्रवासि मजदुरको संख्या मध्ये नयाँ नियमितको लागि 122270 जना तोकिएको छ। भने बाकि 7730 जना प्रतिबद्द कमिटेड कामदार लाई तोकिएको छ। माथिको निर्धारण कोटा छेत्र अनुसार पनि तोकिएको छ।
जस अन्तर्गत :

उत्पादनमुलक छेत्रमा : 72000
कृषि छेत्रमा : 10000
सीप बिल्डिङ्ग : 2500
निर्माण छेत्रमा : 2000
सेवा छेत्रमा : 3000
मत्स्यपालन छेत्रमा : 8500
अन्य आवश्यक अनुसार : 32000

Address

Seoul

Website

Alerts

Be the first to know and let us send you an email when Eps Model Question posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share