Eps news Express

Eps news Express Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eps news Express, Media/News Company, Seoul.

केही कुरा सच्याउन परेमा छिटो गर्नु होला🙏
24/12/2023

केही कुरा सच्याउन परेमा छिटो गर्नु होला🙏

फेक समाचार प्रति सजक हुनको लागि इपिएस नेपाल को सूचना|विषयः गलत (फेक) सूचनाप्रति सजग रहने सम्बन्धमा ।प्रस्तुत विषयमा नेपा...
25/07/2023

फेक समाचार प्रति सजक हुनको लागि इपिएस नेपाल को सूचना|

विषयः गलत (फेक) सूचनाप्रति सजग रहने सम्बन्धमा ।

प्रस्तुत विषयमा नेपाल सरकार र दक्षिण कोरिया सरकार बिच भएको सम्झौता बमोजिम रोजगार अनुमति प्रणाली (EPS) मार्फत नेपाली कामदारहरु सरकारी प्रणाली (G2G) को माध्यमबाट सन् २००८ देखि रोजगारीको लागि हालसम्म करिव ९० हजार भन्दा वढी नेपाली कामदारहरु दक्षिण कोरिया प्रवेश गरिसकेका छन् । गत आ. व. २०७९ श्रावण देखि २०८० आषाढ मसान्तसम्म २२,१९२ कामदारहरु प्रवेश गरी रोजगार अनुमति प्रणाली (EPS) मार्फत दक्षिण कोरिया प्रवेश गर्ने १६ वटा मुलुकहरुमध्ये नेपाल सर्वोत्कृष्ट रहेकोछ ।

नेपालीहरुमाझ लोकप्रिय बन्दै गईरहेको रोजगार अनुमति प्रणाली (ई. पी. एस.) लाई केही व्यक्ति एवं समूहहरुले सामाजिक सन्जालमा विभिन्न पेज समेत बनाई कतिपयहरुले ई. पी. एस.को लोगो एवं लेटरप्याड समेत राखी भ्रामक र नक्कली फेसबुक खोल्ने, भ्रामक विषय लेखी समाचार बनाई जथाभावी पोस्ट गर्ने एवं त्यस विषयमा सत्य तथ्य नबुझी अरुले समेत शेयर गर्ने लगायतका कार्य गरी कानून विपरितका गतिविधि गरिरहेको हुँदा विश्वास नगर्नुहुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

मिति २०८०।०४।०८ मा ई. पी. एस. कोरिया शाखाको लेटरप्याडमा तत्काल नेपालबाट कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना भनी गलत (फेक) सूचना निकाली अतिरन्जित गर्ने, भ्रम छर्ने, सरकारी लेटरप्याड किर्ते गर्ने लगायतका गैरकानूनी कार्य गरेको र त्यस्तो कार्यमा संलग्नहरुलाई विधुतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ तथा नियमावली २०६४ बमोजिम साईबर अपराधमा हदैसम्मको कैद र जरिवानाको सजायको लागि नेपाल प्रहरीको साईवर व्यूरोमा लेखी पठाई सकिएकोछ ।

कुनै पनि आधिकारिक सूचनाहरुको लागि सम्बन्धित व्यक्ति स्वयंले ई. पी. एस. कोरिया शाखाको वेभसाईट www.epsnepal.gov.np तथा ई. पी. एस. कोरिया शाखाले राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्ने सूचनाहरु हेर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ।

सामाजिक सञ्जाल मा फैलिए को इपिएस प्रणाली  रोकिने भन्ने कुरा फेक हो कोही पनि चिन्तित नहुनु होला साथै नेपाल सरकार को लोगों...
25/07/2023

सामाजिक सञ्जाल मा फैलिए को इपिएस प्रणाली रोकिने भन्ने कुरा फेक हो कोही पनि चिन्तित नहुनु होला साथै नेपाल सरकार को लोगों माथि खेलवाड गर्ने व्यक्ति लाई पत्ता लगाई नियम अनुसार कारवाही होस 🙏

24/07/2023

नेपाली ले दक्षिण कोरिया जान पाउने अवसर घुमाउने चेतावनी🇰🇷 😔
सायद यस्तो नहोस् सबै को कामना🙏

Address

Seoul

Website

Alerts

Be the first to know and let us send you an email when Eps news Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share