Voice Of Milan

Voice Of Milan  

28/09/2025
28/09/2025

श्रीमती देखि टेन्सनमा हुने हरेक बिबाहित छोरा मान्छेले यो पोस्ट पढ्नुहोस।

१• अहिले बिहान उठ्नुभयो, त्यसो हो भने आफ्नो श्रीमतीको नजिक गएर पाँच मिनेट उनको हात समातेर छेउमा बस्नुहोस, दिनभरको खतरा देखि मुक्त हुनुहुन्छ।

२• घरको लक्ष्मी श्रीमती नै हुन। जसलाई जति धेरै माया दिनुहुन्छ त्यति नै धेरै परिवारमा शान्ति आउँछ।

३• आफ्नो श्रीमतीलाई पर्याप्त समय दिनुहोस्, वा पर्याप्त बिश्वास गर्नुहोस्। त्यसो गर्दा परिवारमा युद्ध मैदान जस्तो देखिदैन।

४• जो आफ्नो श्रीमतीको प्रेमी बन्न सक्दैन, त्यो छोरा मान्छे काएर हो।

५• श्रीमतीलाई दिनमा एकपटक (I love you) वा म तिमीलाई माया गर्छु, मेरो तँ बाहेक को छ र यो संसारमा भन्दा आफ्नो टाउकोको पिर ब्यथा सबै हटेर जान्छ।

६• मन खुशी राख्न फेसबुक पासवर्ड, मोबाइलको लक सबै पासवर्ड श्रीमतीलाई दिनुहोस।

७• छोरी मान्छेको मनमा माया र घमण्ड धेरै हुन्छ। त्यसैले त माया भन्दा धेरै घमण्ड देखिदैन। त्यसैले श्रीमतीको हरेक घमण्डलाई मायाले तोड्नुपर्छ।

८• आमाले बच्चालाई संसारमा मुख देखाउन सहने पीडा बुबाले जिन्दगीभर माया गरेर पनि तिर्न सक्दैन। त्यसैले हरेक श्रीमानले आफ्नो छोराछोरीको आमालाई जे भए पनि दु:ख दिनु हुँदैन।

🌸 जब सम्म छोरा मान्छेमा शारीरिक शक्ति र गोजीमा शक्ति हुन्छ तबसम्म उसले आफ्नो श्रीमतीलाई मान्छे ठान्दैन जब उमेरले ६५ नाघ्छ, त्यसपछि यहाँ लेखिएको हरेक शब्द को अर्थ अन्तिम चरणमा आएपछि बुझ्छन।।

कृपया आगामी दिनहरुमा यस्ता-यस्तै पोस्टहरु पढ्नको लागि Aama फेसबुक प्रोफाएलमा गएर Follow बटनमा थिचेर जोडिन सक्नुहुनेछ।

28/09/2025

श्रीमतीको रुखो बोलीले श्रीमानको आँसु

श्रीमतीको रुखो बोलीले श्रीमानको मनमा चोट पुर्‍याउँछ। त्यो चोट केवल शब्दको घाउ मात्र हुँदैन, बरु आँसुको ढिक्कासहितको भारी पीडा बन्छ। श्रीमान चुप लागेर सहन्छ, तर भित्रभित्रै उसको आत्मसम्मान, उसको मनोबल, उसको विश्वास खिइँदै जान्छ।

मानौं संसार जित्ने सामर्थ्य भएको पुरुषलाई पनि, आफ्नै श्रीमतीको कठोर बोलीले दिनहुँ जितेर हराउँछ। बाहिरको दुनियाँसँग लडेर फर्किने मानिसलाई घरभित्रै जब चोट लाग्छ, त्यो चोट सबैभन्दा गहिरो हुन्छ।

👉 यसैले भनिन्छ,
"श्रीमानलाई जित्नु भनेको मीठा शब्दले जित्नु हो, हार्नु भनेको रुखो बोलीले हराउनु हो।"

श्रीमतीले भुल्नु हुँदैन—
उसले दिएको सम्मान नै श्रीमानको सबल खम्बा हो।
उसले दिएको मायाले मात्रै श्रीमान बाहिरी संसारसँग लड्ने हिम्मत पाउँछ।
तर रुखो बोली र कठोर व्यवहारले भने उसको हरेक पाइला कमजोर पार्छ।

श्रीमान संसारभर जित्छ, तर आफ्नै श्रीमतीको आँसुले हराउँछ। त्यसैले कहिल्यै पनि आफ्नो बोलीलाई विष नबनाऔं।
किनकि, श्रीमानको आँसु देखिएन भने पनि, त्यो आँसु उसको मुटुमा ढिक्काजस्तै भएर बस्छ, र कहिलेकाहीँ जीवनभर उसको पाइलामा ठेस दिइरहन्छ।

💡 सन्देश यही हो –
माया दिने हो भने बोलीमा मिठास देऊ,
सम्मान गर्ने हो भने शब्दमा कोमलता देऊ,
जीवनसाथीलाई जीवनभरिको हिम्मत बनाऊ, नत्र आँसुको ढिक्काले तपाईंको विजयलाई पनि हारमा परिणत गरिदिन्छ।

Address

Seoul
63000

Telephone

+9779842378452

Website

Alerts

Be the first to know and let us send you an email when Voice Of Milan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice Of Milan:

Share