15/09/2026
छुसकको बिदामा सेप्टेम्बर २५ तारिख नवलपुर समाज दक्षिण कोरियाले छुसक विशेष संयुक्त लाइभ कन्सर्ट गर्दै 😍🇰🇷
नवलपुर समाज दक्षिण कोरियाको आयोजनामा आगामी सेप्टेम्बर २५ तारिख छुसक विशेष संयुक्त लाइभ कन्सर्ट आयोजना हुने भएको हो। कार्यक्रम सिन्हान विश्वविद्यालयस्थित मङ्गवल्सा स्टेसनमा दिउँसो ३ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
कन्सर्टमा नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकारहरूले एउटै मञ्चबाट प्रस्तुति दिने भएका छन्। गायिका तृष्णा गुरुङसँगै द कोल्याब, पूर्ण राई एन्ड दाजुभाइहरू तथा अर्जुन सापकोटाले आफ्ना चर्चित गीत संगीतमार्फत दर्शकलाई मनोरञ्जन दिने तयारी गरिएको छ।
छुसकको अवसरमा कोरियामा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला गराउँदै नेपाली संगीत र संस्कृतिसँग जोडिने वातावरण बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
लामो समयदेखि परिवार तथा आफन्तबाट टाढा रहेर दक्षिण कोरियामा काम गरिरहेका नेपालीहरूका लागि यो कार्यक्रम भेटघाट, मनोरञ्जन र नेपाली सांगीतिक माहोलमा रमाउने अवसर बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको मुख्य समर्थकका रूपमा धराने इभेन्ट्स कोरिया रहेको आयोजकले जनाएको छ।
मिति: सेप्टेम्बर २५
स्थान: सिन्हान विश्वविद्यालय, मङ्गवल्सा स्टेसन
समय: दिउँसो ३ बजे
प्रस्तुति: तृष्णा गुरुङ, द कोल्याब, पूर्ण राई एन्ड दाजुभाइहरू, अर्जुन सापकोटा
मुख्य समर्थक: धराने इभेन्ट्स कोरिया
छुसकको बिदामा कोरियामा रहेका नेपालीहरूका लागि संगीत र मनोरञ्जनले भरिएको यो विशेष कार्यक्रम आकर्षणको केन्द्र बन्ने देखिन्छ।