NepaliKorea.Com

12/05/2025

कोरियामा इपिएस को खराव नितिका कारण कार्यस्थल परिवर्तन गर्न नपाएर प्रवाशी श्रमिकले प्राय यस्तै व्यवहार को सामना गर्नुपर्ने हुन्छ रोजगारदाताको हात बाट । हालै तुलसिपुन मगर ले रोजगारदाता ले गर्ने यस्तै व्यवहार सहन गर्न नसकेर आत्महत्या गरेका थिए । जुनकुरा त्यो फर्मकाम गरेर आएको उनका सहकर्मी ले समेत बाहिर ल्याई सकेका छन । कोरियामा इपिएस को प्रवाशी श्रमिकले पनि स्वैच्छिक कार्यस्थल परिवर्तन गर्न पाउनु पर्छ । कार्य अनुमति प्रणाली लागुहुनुपर्छ ।

25/10/2024

पार्टीको झोला बोकेर निहित स्वार्थको लागी कलम चलाउने पत्रकारहरुको कारण श्रमजिवी पत्रकारहरुले पत्रकार भन्नु पनि लाज लाग्ने अवस्था छ ।

23/10/2024

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई लामो समय सम्म थुनामा राखेर बदनाम गराउछु कमजोर बनाउछु भन्ने दिव्य सपना नदेखे पनि हुन्छ ।

दक्षिण कोरियामा लामो समय देखि बसोबास गर्दे विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रुपमा लागी पर्नु हुने सफल व्यवसायी तथा एनआर...
05/06/2024

दक्षिण कोरियामा लामो समय देखि बसोबास गर्दे विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रुपमा लागी पर्नु हुने सफल व्यवसायी तथा एनआरएनका अध्यक्ष आदरणीय मित्र बिनोद कुँबरको धर्म पत्नी लि जि यङ्गको असमायिक निधन भएको खबरले स्तब्ध बनाएको छ ।

दिवांगत आत्माले चीर शान्ति पाउन भन्ने कामना सहित गहिरो संंवेदनाका साथै भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने आत्मबल मिलोस भन्ने भगवान प्रति प्रार्थणा गर्दछु ।

प्रवास नेपाली सम्पर्क विभागको आयोजनामा यहि २५ र २६ तारिख शनिबार र आईतबारको दिन छनानको हेङ्गबोक नोङ्गवन रिसोर्टमा विभागको...
23/05/2024

प्रवास नेपाली सम्पर्क विभागको आयोजनामा यहि २५ र २६ तारिख शनिबार र आईतबारको दिन छनानको हेङ्गबोक नोङ्गवन रिसोर्टमा विभागको पुनर्गठन तथा पिकनिक कार्यक्म हुन गई रहेको हुनाले सो कार्यक्रममा तपाईहरुको गरिमामय सहभागिताको कामना गर्दछौ । धन्यवाद

15/05/2024

क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएछन खुशी लाग्यो । महिला अधिकार दुरुपयोगको अन्त हुनु पर्छ

12/04/2024

नयाँ बर्ष २०८१ सालको उपलक्ष्यमा सुस्वास्थ्य, दिर्घायु एवम उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

15/02/2023

सबै जना लाई नमस्कार म सकुसल नेपाल आईपुगेको छु । सकुसल यात्रा को लागी कामना गर्नु हुने सबै जना लाई धन्यवाद । मैले नेपाल मै बसेर यहा हरुको सहयोग मा काम गर्ने सोचे को छु । कोरोना काल मा नाम लिस्ट आएर कोरिया जान नपाएको अन्य समस्या सम्बन्धी जानकारी चाहनु हुन्छ । भने कृपया मलाई यो नम्बर मा कल गर्नु होला हजुर हरुको सेवामा सधै उपलब्ध हुने छु । धन्यवाद 9800807416

11/09/2022

किरात याक्थुङ चुम्लुङको १२ औ महाधिवेशन भव्यताका साथ सम्पन्न, अध्यक्षमा दिर्जमान निर्वाचित..

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १२ औ महाअधिवेशन कोरियाको राजधानी सिओलको तोङदेमुन स्थित नेपाली एण्ड थाई रेष्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको थियो । चुम्लुङको निवर्तमान अध्यक्ष अग्नी पन्थाक मिरापको सभापतित्वमा भएको सो महाधिवेशनमा कोरिया स्थित विभिन्न सामाजिक,जातिय क्षेत्रिय तथा राजनिती संस्थाका पदाधिकारी तथा प्रतिनिधीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

चुम्लुङको ११ औ कार्यसमितिको आर्थिक प्रतिवेदन कोषाध्यक्ष पबित्र थेवेले प्रस्तुत गर्नु भएको थियो । प्रगती प्रतिवेदन महासचिव सागर माङमु लिम्बुले प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्र अध्यक्ष अग्नि पन्थाक लिम्बुले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै याक्थुङ युवा समुदाय बीच पारस्परिक सम्बन्ध प्रगाढ गर्न उद्देश्यले स्थापित कियाचुको फुटबल क्लब केवाईसी एफसीको आर्थिक प्रतिवेदन एफसीका संयोजक युवेन तुम्बापोले प्रस्तुत गर्नु भएको थियो ।

चुम्लुङको महाअधिवेन निर्वाचन समितिका संयोजक शम्सेर पन्थाक ,सदस्यहरुमा क्रमश डम्बर सुब्बा, गणेश लिम्बु, सुन्दरदिप आङदेम्बे, सन्तोष मादेन रहेको उक्त समितिले दिर्जमान काङभाको अध्यक्षता १२ औ कार्यसमितिका पदाधिकारीहरु सर्वसहमतीमा मनोनय गरेको छ । वरिष्ठ उपाध्यक्षमा सन्तोष खेवा लिम्बु उपाध्यक्षद्धय,चिनाहाङ पंथाक र देवेन्द्र काङभा सचिवमा कविराम ताम्लिङ लिम्बु, सहसचिवमा अर्जुन लिम्बु, कोषाध्यक्षमा विरेन लिङदेन, सहकोषाध्यक्षमा डम्बर ध्वज केदेमा र सदस्यहरुमा क्रमश मणि संयक लिम्बु, उत्तम कुमार थाक्लेन लिम्बु, सुर्य काङबा लिम्बु, सुमन हेम्ब्या लिम्बु,नविन थाक्लेन लिम्बु, माङसा लुङमा तुम्बापो रहेको छ ।

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियामा २००० सालमा स्थापना भएको एक सक्रिय जातिय सामाजिक संस्था हो । कियाचु कोरिया गत साल २०२१ मा कोरियाको कानुनी प्रक्रिया पुरा गरि आधिकारीक रुपमा संचालन गर्दे आई रहेको संस्था हो । हाल कोरियामा लिम्बुहरु विभिन्न पेशामा अन्दाजी ८ हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । चुम्लुङ कोरियाले कोरियाको ख्यङगिदो प्रान्तको सुवन स्थित २००८ साल देखि आपत विपत परेका लिम्बु तथा गैर लिम्बुहरुको लागी चुम्लुङ हिम नामक सेल्टरको स्थापना गरेको छ । सो सेल्टरमा प्रत्येक बर्ष २ हजार भन्दा बढी नेपालीहरुले सुविधा लिई सकेको छ ।

Address

Seoul
082

Alerts

Be the first to know and let us send you an email when NepaliKorea.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepaliKorea.Com:

Share