Govinda Baniya

Govinda Baniya कोरिया सम्बन्धी सूचना, समाचार र जानकारीका लागी फेसबुक/युट्युब र टिकटकमा Korea Update फलो गर्नुहोला!

01/08/2026

दक्षिण कोरियास्थित नेपाली राजदूतावासका द्वितीय सचिव जेनिम अधिकारीले कोरियामा रहेका केही नेपाली समुदायका अगुवा व्यक्तिहरूमाथि गम्भीर आरोप लगाउनुभएको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। उहाँले दक्षिण कोरियामा ज्यान गुमाएका नेपालीहरूको शव व्यवस्थापनजस्तो संवेदनशील प्रक्रियामा केही व्यक्तिले स्वार्थ देखाएको तथा दूतावासको बदनाम गर्ने प्रयास भएको आरोप लगाउनुभएको छ। आखिर भिडियोमा उहाँले के भन्नुभएको छ? पूरा भिडियो हेर्नुहोस् र आफ्नो धारणा कमेन्टमार्फत साझा गर्नुहोस्।
भिडियो स्रोत : उहाँको आफ्नै टिकटक आइडी ।

23/07/2026

दक्षिण कोरियामा भव्यताका साथ सम्पन्न जगन्नाथ रथयात्रा, नेपाली, भारतीय, बंगलादेशी र कोरियनसहित हजारौँ भक्तजन सहभागी # 🙏🚩

दक्षिण कोरियामा जुलाई १८ र १९ मा रूपन्देहीवासीहरूको बृहत् भेटघाट तथा बनभोज कार्यक्रम हुँदैदक्षिण कोरियामा रहेका रूपन्देह...
17/07/2026

दक्षिण कोरियामा जुलाई १८ र १९ मा रूपन्देहीवासीहरूको बृहत् भेटघाट तथा बनभोज कार्यक्रम हुँदै

दक्षिण कोरियामा रहेका रूपन्देहीवासीहरूबीच आपसी एकता, सद्भाव र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले रूपन्देही सम्पर्क समिति दक्षिण कोरियाले आगामी जुलाई १८ र १९ मा ‘बृहत् भेटघाट तथा बनभोज कार्यक्रम–२०२६’ आयोजना गर्ने भएको छ।

ग्याङ्गी–दोको गाप्येङ क्षेत्रमा आयोजना हुने उक्त कार्यक्रममा सामूहिक भेटघाट, मनोरञ्जन, स्वादिष्ट नेपाली परिकार, सांगीतिक प्रस्तुति तथा विभिन्न रमाइला खेलकुद प्रतियोगिताहरू समावेश गरिने आयोजकले जनाएको छ।

विदेशमा रहेका रूपन्देहीवासी नेपालीहरूलाई एकै थलोमा भेला गराई आपसी सम्बन्ध सुदृढ बनाउने तथा सामाजिक र सांस्कृतिक एकतालाई थप बलियो बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

दक्षिण कोरियामा अगस्ट १ र २ मा पूर्वी नेपाल समाजको बृहत् बनभोज कार्यक्रम। दक्षिण कोरियामा रहेका नेपालीहरूबीच भेटघाट र मन...
17/07/2026

दक्षिण कोरियामा अगस्ट १ र २ मा पूर्वी नेपाल समाजको बृहत् बनभोज कार्यक्रम।

दक्षिण कोरियामा रहेका नेपालीहरूबीच भेटघाट र मनोरंजनका उद्देश्यसहित पूर्वी नेपाल समाज दक्षिण कोरियाले आगामी अगस्ट १ र २, २०२६ मा बृहत् बनभोज कार्यक्रम आयोजना गर्नेछ। कार्यक्रम ग्याङ्गी प्रान्तको गाप्यङ क्षेत्रमा साँझ ७ बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रममा नेपाली परिकार, सांस्कृतिक प्रस्तुति, DJ सहितको मनोरंजन, नृत्य–गायन तथा विभिन्न खेलकुद गतिविधिहरू समावेश गरिनेछ।

दक्षिण कोरियामा अगस्ट १ र २ मा पूर्वी नेपाल समाजको बृहत् बनभोज कार्यक्रमदक्षिण कोरियामा रहेका नेपालीहरूलाई एकै थलोमा जुट...
07/07/2026

दक्षिण कोरियामा अगस्ट १ र २ मा पूर्वी नेपाल समाजको बृहत् बनभोज कार्यक्रम

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई एकै थलोमा जुटाउने उद्देश्यसहित पूर्वी नेपाल समाज दक्षिण कोरिया ले आगामी अगस्ट १ र २, २०२६ मा बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम ग्याङ्गी प्रान्तको गाप्येङ क्षेत्रमा साँझ ७ बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रममा नेपाली परिकार, सांस्कृतिक प्रस्तुति, DJ सहितको मनोरञ्जन, नृत्य–गायन तथा विभिन्न खेलकुद गतिविधिहरू समावेश गरिने आयोजकले जनाएको छ।

सहभागीहरूका लागि पुरुष, महिला तथा दम्पतीतर्फ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। साथै विभिन्न स्थानबाट बस सेवाको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

पुरुषतर्फ वोन्जु मुन्माक एफसी, महिलातर्फ खुकुरी एफसी च्याम्पियनतमू धीं दक्षिण कोरियाको आयोजना तथा नेपाल फुटबल महासंघ दक्...
07/07/2026

पुरुषतर्फ वोन्जु मुन्माक एफसी, महिलातर्फ खुकुरी एफसी च्याम्पियन

तमू धीं दक्षिण कोरियाको आयोजना तथा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहजीकरणमा वरिष्ठ संगीतकार स्वर्गीय अम्बर गुरुङ स्मृति कप–२०२६ सम्पन्न भएको छ। प्रतियोगितामा पुरुषतर्फ ३६ र महिलातर्फ ४ गरी कुल ४० टोलीको सहभागिता थियो। महिलातर्फ खुकुरी एफसी च्याम्पियन बन्दै ५ लाख वन पुरस्कार जित्दा सउल एफसी उपविजेता भयो। पुरुषतर्फ वोन्जु मुन्माक एफसी विजेता बन्दा मोक्पो एफसी उपविजेता बन्यो।

फाेटाे : सराेज गुरुङ

28/05/2026

Best way to protect your images with copyright. 😂

25/04/2026
25/04/2026
फूल, क्यामेरा अनि म…🌷❤️💕
25/04/2026

फूल, क्यामेरा अनि म…🌷❤️💕

Address

Seoul
21300

Alerts

Be the first to know and let us send you an email when Govinda Baniya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Govinda Baniya:

Shortcuts

Share