NewsKendrabindu

NewsKendrabindu One Point Solution for the latest news. "Stay Informed, Anytime, Anywhere: News at Your Fingertips!"

दक्षिण कोरियामा आज आयोजित दुई छुट्टा छुट्टै खेल प्रतियोगितामा सुदूरपश्चिमले उपाधि जितेको छ। सुवनमा सम्पन्न आठौँ म्याग्दी...
02/08/2026

दक्षिण कोरियामा आज आयोजित दुई छुट्टा छुट्टै खेल प्रतियोगितामा सुदूरपश्चिमले उपाधि जितेको छ। सुवनमा सम्पन्न आठौँ म्याग्दी कप भलिबल प्रतियोगिता र छनानमा आयोजित क्रिकेट प्रतियोगिता दुवैमा सुदूरपश्चिम विजेता बनेको हो।

02/08/2026

🏐 कोरियाको इतिहासमै पहिलो पटक फाइनलमा प्रवेश पाथिभरा 🔥
आठौँ म्याग्दी कपको ऐतिहासिक फाइनलमा आमनेसामने हुँदैछन् पाथिभरा 🆚 सुदूरपश्चिम
इतिहास रच्ने यो रोमाञ्चक भिडन्त कसले जित्ला? सबैको नजर अब ग्रान्ड फाइनलतर्फ! 🇳🇵❤️

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित...
01/08/2026

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो ।

01/08/2026

दक्षिण कोरियामा गाडी किन्दा सस्तो बीमाको नाममा 책임보험 मात्र गर्दा दुर्घटना वा अन्य समस्या पर्दा ठूलो आर्थिक भार पर्न सक्ने भएकाले सम्भव भए सम्म 총합보험 गर्न रेनबो मोटर्सका एमडी युवराज पौडेलको सुझाव छ। थप जानकारीका लागि ०१०-५२२०-४१७७ मा सम्पर्क गर्न सक्नुहुन्छ।

#총합보험 #책임보험

दक्षिण कोरियाको ग्योङ्साङनाम्दो स्थित याङसानमा शुक्रबार दिउँसो १:४० बजे ४१.४ डिग्री सेल्सियस तापक्रम मापन हुँदै देशको मौ...
31/07/2026

दक्षिण कोरियाको ग्योङ्साङनाम्दो स्थित याङसानमा शुक्रबार दिउँसो १:४० बजे ४१.४ डिग्री सेल्सियस तापक्रम मापन हुँदै देशको मौसम अवलोकन इतिहासकै सबैभन्दा उच्च तापक्रम रेकर्ड बनेको छ। यसअघि सन् २०१८ अगस्ट १ मा गाङ्वोनको होङ्छनमा ४१.० डिग्री सेल्सियस रेकर्ड भएको थियो। याङसानमा लगातार तीन दिनदेखि ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको छ भने दिउँसो अझ बढ्न सक्ने मौसम अधिकारीहरूले बताएका छन्।

दक्षिण कोरियाको सुवोन स्टेशन नजिक लागूऔषध सेवन गरेर सडकमा चार खुट्टाले हिँड्दै चिच्याइरहेकी २० वर्षीया महिलालाई प्रहरीले...
31/07/2026

दक्षिण कोरियाको सुवोन स्टेशन नजिक लागूऔषध सेवन गरेर सडकमा चार खुट्टाले हिँड्दै चिच्याइरहेकी २० वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक परीक्षणमा फिलोपोन पोजिटिभ देखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही दिन अर्को घटनामा पनि एक २० वर्षीया महिलामा फिलोपोन पोजिटिभ पुष्टि भएको छ। सरकारी तथ्याङ्कअनुसार सन् २०२५ मा पक्राउ परेका लागूऔषध अपराधीमध्ये ६२.३ प्रतिशत ३० वर्ष वा सोभन्दा कम उमेरका रहेका छन्।

एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष, सामाजिक अभियन्ता तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाकी संरक्षक पार्वती मोक्तान नेपाल ता...
31/07/2026

एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष, सामाजिक अभियन्ता तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाकी संरक्षक पार्वती मोक्तान नेपाल तामाङ घेदुङ संघीय परिषद्को संघीय सदस्यमा मनोनीत हुनुभएको छ। साथै, उहाँलाई नेपाल तामाङ घेदुङ कोरियाको इन्चार्जको महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिएको छ।

नेपाल तामाङ घेदुङले उहाँको नेतृत्व, संगठन निर्माणमा पुर्‍याएको योगदान र प्रवासमा तामाङ समुदायलाई एकताबद्ध बनाउन खेलेको सक्रिय भूमिकाको मूल्यांकन गर्दै उक्त जिम्मेवारी दिएको जनाएको छ। नयाँ जिम्मेवारीसँगै दक्षिण कोरियामा तामाङ समुदायको संगठन विस्तार, संस्थागत सुदृढीकरण तथा विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ। ✍ Sonam Parajuli

29/07/2026

जनस्वास्थ्य विज्ञ डा. दुर्गा दत्त चापागाईंका अनुसार सामान्य शरीर दुख्दैमा चिकित्सकको सल्लाहबिनै पेनकिलर सेवन गर्नु जोखिमपूर्ण हुन सक्छ। यस्ता औषधिको जथाभावी प्रयोगले मिर्गौलामा प्रत्यक्ष असर पर्ने र दीर्घकालीन रूपमा मिर्गौला रोगको जोखिम बढ्ने तथ्यहरू रहेको उहाँले बताउनुभएको छ।

पूर्ण अन्तर्वार्ता हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.youtube.com/watch?v=-Vt74BrSsBw&t=70s

29/07/2026

यस्तो संवेदनशील समयमा नेपालका सञ्चारमाध्यमलाई बोलाएर आधिकारिक रूपमा किन छलफल गरिएन? सरकारको तर्फबाट जनतालाई स्पष्ट जानकारी दिन र आवश्यक विषयमा संवाद गर्नुपर्ने होइन र? गगन थापा

Address

Suwon

Alerts

Be the first to know and let us send you an email when NewsKendrabindu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share