16/08/2026
गृहमन्त्री सुधन गुरुङले आफ्नो चुनावी क्षेत्रमा मतदातासँगको भेटघाटलाई तीव्र बनाएका छन् । आज गोरखाको सहिद लखन गाउँपालिका पुगेर उनले स्थानीयका गुनासा तथा समस्या सुनेका छन् । स्थानीयले सडक, मल र खानेपानीको समस्या समाधानका लागि सरकारको साथ मागेका छन्। जवाफमा मन्त्री गुरुङले ती समस्या सरकारले सम्बोधन गर्नेमा ढुक्क रहन आफ्ना मतदातालाई आग्रह गरेका छन् ।