Kuwait Nepal

Kuwait Nepal Kuwait First Digital Nepalese Online News Portal

सुन्दर नगरी कुवेतमा एउटा मिनी नेपाल छ। यस मिनी नेपाल भित्र बिभिन्न सामाजिक, साँस्कृतिक, राजनीतिक, क्षेत्रिय, जातिय, खेलकूद, सूचना-संचार तथा अन्य धेरै नेपाली संघ संस्थाहरु कृयाशिल छन। फरक समाज, संस्कृती र भौगोलिक बनावटबाट बैदेशिक रोजगारिको शिलशिलामा करिब ४ दशकदेखी यस सुन्दर नगरिमा नेपालीहरुको आवत-जावत रहेको अनुमान गर्न सकिन्छ। कुवेतनेपाल डट कम यहि समाजले कुनै एक जटिल समयमा उत्पादन गरेको सूचना र संच

ारसँग प्रतक्ष्य सरोकार राख्ने कुवेतको पहिलो अनलाईन नेपाली पत्रीका हो। जसको उत्पती सन २००७ मा यहि समाजका केही अग्रणी व्यक्तित्वहरुको परिकल्पनामा भएको थियो। कुवेत लगायत संसारभरिका सत्य-तथ्य समाचार तथा अन्य घट्नाक्रमहरु संकलन गरेर आम नेपालीहरुबीच पस्किनु हाम्रो मूल उद्देश्य हो। हाम्रा पाठकवर्ग, सहयोगी तथा शुभचिन्तकहरुको सल्लाह, सुझाव, लेख, रचना र संकनलहरुको सदैव हामी अपेक्षा गर्दछौं।

धन्यवाद,

---
प्रधान सम्पादक - जय आले मगर
बरिष्ट सम्पादक - शिवराम पौडेल
सम्पादक / फोटोग्राफर - सुरेश कुमार गुरुङ
संवाददाता / आरजे - कल्पना मन्दिर मगर
वेव डेभ्लोपर - बिजय कुमार धामी

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी ६ फेब्रुअरीमा
15/12/2025

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी ६ फेब्रुअरीमा

कुवेत – गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी ६ फेब्रुअरी २०२६ मा हुने भएको छ ।…

कुवेतमा २६ डिसेम्बरमा भलिवलको कुम्भ मेला लाग्दै, टाईसिट १९ डिसेम्बरमा
15/12/2025

कुवेतमा २६ डिसेम्बरमा भलिवलको कुम्भ मेला लाग्दै, टाईसिट १९ डिसेम्बरमा

जय आले मगर, कुवेत “सम्बृद्ध बाग्लुङको बिकासको लागि हाम्रो साझा प्रतिबद्धता” भन्ने मुल नाराका साथ २० सेप्टेम्बर २...

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १३ फेब्रुअरीमा हुने
15/12/2025

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १३ फेब्रुअरीमा हुने

कुवेत । किरातीहरुको “भाषा,धर्म संस्कार र सांस्कृतिकको संरक्षण,किरात राईहरुको साझा अभियान”भन्ने मुल नाराका साथ .....

11/12/2025

“ 𝐓𝐀𝐌𝐔 𝐋𝐎𝐒𝐀𝐑 2026 ” in Kuwait 2 january तमु ल्होछार/ल्होसार २०८२’ आगामी २ जनवरी २०२६, शुक्रबारको दिन हुने साङ्गीतिक प्रस्तुतिको लागि नेपाल बाट आमन्त्रित कलाकार नेपाल आइडल सिजन ६ का टप ७ प्रतिस्पर्धी भर्सटायल गायक (जिदान गुरुङ) कुबेत आउँदै

उक्त दिन हुने कार्यक्रममा कुवेतलाई कर्मथलो बनाएर बसोबास गर्नुहुने तमू तथा गैर तमू दाजुभाई तथा दिदीबहिनीहरु कुबेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ – संस्थाका पदाधिकारी,बुद्धिजिवि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडी,व्यवसायी,बुद्दिबिजी,भद्रभलाद्मी,साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई कार्यक्रममा उपस्थितिको लागि आयोजक तमू समाज कुबेत हार्दिक अनुरोध गर्दछौ। प्रवेश नि:शुल्क।


कार्यक्रमको विवरण:
मिति :- जनवारी २ तारिक २०२६ शुक्रबार
समाया :- बिहानको ठीक १२ बजे बाट
स्थान :- (बोईज स्काउट थियटर) हल,हवाली, कुवेत
आयोजक :- तमू समाज कुबेत


HOUSE Restaurant
Gaule Restaurant
Restauran
#भेटघाट रेस्टुरेन्ट फार्वानिया कुवेत

कुवेतमा आगामि ५ डिसेम्बर कलाकार मिना राईको साथमा उधौली चाड मनाउने
23/11/2025

कुवेतमा आगामि ५ डिसेम्बर कलाकार मिना राईको साथमा उधौली चाड मनाउने

कुवेतमा रहेका तिन किराती संन्स्थाले संयुक्त रुपमा नेपालबाटअथिती कलाकार गायिका मिना राईको साथ उधौली चाड मनाउने .....

16/11/2025

“सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम अधिवेशन गत १४ नोभेम्बर...

16/11/2025

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेत (बद्री पक्ष)ले आफ्नै संगठनका सदस्यहरूको दक्....

पत्रकार महासंघ कुवेतद्वारा  पत्रकार अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोगकाठमाडौं, मंसिर २४  नेपाल पत्रकार ...
10/11/2025

पत्रकार महासंघ कुवेतद्वारा पत्रकार अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग

काठमाडौं, मंसिर २४
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। नगद रूपैयाँ पच्चीस हजारको आर्थिक सहयोग महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल र कोषाध्यक्ष रामकृष्ण अधिकारीको उपस्थितिमा महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा हस्तान्तरण गरिएको थियो। कुवेतमा कार्यरत नेपाली पत्रकारहरूको यो पहलअन्तर्गत धामीको दीर्घरोग उपचारका लागि यो सहयोग रकम केन्द्रीय समितिमार्फत हस्तान्तरण गरिनेछ । उक्त सहयोग रकम महासंघका वैदेशिक शाखा अध्यक्ष एकराज मल्ल र सदस्य प्रेमकुमार जिमीसमेतको टोलीले प्रतिनिधित्व गर्दै प्रदान गरेका थिए।

कुवेतबाट आएको टोलीले महासंघको केन्द्रीय कार्यालयमा शाखाका हालसम्मका गतिविधि तथा वार्षिक प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा कुवेतस्थित नेपाली पत्रकारहरूको सक्रियता, विभिन्न कार्यक्रमहरूको विवरण र आगामी योजनाहरू समेटिएका छन्। अध्यक्ष मल्लले प्रतिवेदन हस्तान्तरण गर्दै वैदेशिक शाखाले नेपाली पत्रकारिताको प्रवर्द्धनमा निरन्तर योगदान दिइरहेको बताए। “हामीले कुवेतमा नेपाली समुदायका लागि परोपकारी पत्रकारितामार्फत जागरण फैलाउने काममा जोड दिएका छौं,” मल्लले भने। केन्द्रीय अध्यक्ष शर्माले सहयोग र प्रतिवेदनका लागि धन्यवाद दिँदै वैदेशिक शाखा कुवेतको योगदानको प्रशंसा गरिन्। उनले कुवेत शाखाको यस पहलले महासंघभित्रको एकता र पारस्परिक सहयोगलाई अझ मजबुत बनाएको उपस्थित सञ्चारकर्मीहरूको उपस्थितिमा बताइन्। महासंघको टोली केही दिनको भ्रमण सकेर चाँडै कुवेत फर्कने सदस्य जिमीले जानकारी दिए।

विघटित नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठ सहितका नेताहरू सोमबार एमालेमा प्रवेश गरेका छन्।...
10/11/2025

विघटित नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठ सहितका नेताहरू सोमबार एमालेमा प्रवेश गरेका छन्। उनीहरूलाई काठमाडौंमा आयोजित ‘घर फर्क अभियान’ कार्यक्रममार्फत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा र खादामालासहित स्वागत गरेका हुन्।

तस्बिर : NepalPress

नुवाकोट धादिङ रसुवा, अलमुजैनी दोश्रो फुटवल टुर्नामेन्टमा १३ टिमहरु सहभागी
09/11/2025

नुवाकोट धादिङ रसुवा, अलमुजैनी दोश्रो फुटवल टुर्नामेन्टमा १३ टिमहरु सहभागी

जय आले, ०९ नोभेम्बर २०२५, कुवेत कुवेतमा आगामी १४ नोभेम्बर २०२५ मा लाग्ने फुटबलको कुम्भ मेलामा १३ सशक्त नेपाली तथा .....

राष्ट्रपति रामचन्द्र पौडेल  भ्रमणको क्रममा दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो वि...
03/11/2025

राष्ट्रपति रामचन्द्र पौडेल भ्रमणको क्रममा दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी कतार प्रस्थान
तस्बिर : Annapurna Post

सूचनाभोली सेप्टेम्बर १७ तारिख राजदूतावास,कुबेत बन्द रहने
16/09/2025

सूचना
भोली सेप्टेम्बर १७ तारिख राजदूतावास,कुबेत बन्द रहने

Address

Al
Salmiya
13104

Alerts

Be the first to know and let us send you an email when Kuwait Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kuwait Nepal:

Share