कुवेत नेपाली समाचार

कुवेत नेपाली समाचार Diasporic Writing...

नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको  सिफारिसमा  राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधिसभा विघटन भएको छ ।
12/09/2025

नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधिसभा विघटन भएको छ ।

हार्दिक बधाई !
12/09/2025

हार्दिक बधाई !

नेपालले पायो पहिलो महिला प्रधानमन्त्री:संसद बिघटनमा सहमती , सुशीला कार्की अन्तरिम प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण सम्...
12/09/2025

नेपालले पायो पहिलो महिला प्रधानमन्त्री:
संसद बिघटनमा सहमती , सुशीला कार्की अन्तरिम प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण सम्पन्न
------------
नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। उनले कार्कीलाई शपथ ग्रहण पनि गराएका छन्।

केपी ओलीको जेन्जीलाई सन्देश---------प्रिय जेन्जी बाबुनानीहरू,आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका...
10/09/2025

केपी ओलीको जेन्जीलाई सन्देश
---------

प्रिय जेन्जी बाबुनानीहरू,
आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्। तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ। मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ।
सायद तिमीहरूलाई थाहा छैन, व्यवस्था परिवर्तनको त्यो कठोर लडाइँमा, त्यो बेलाको सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन्। तर पनि, 'बा' बन्ने मेरो रहर कहिल्यै मरेन, कहिल्यै सेलाएन। जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएका छन्। त्यो पीडाको घाउ आज पनि आलै छ। तैपनि, मैले सधैँ समाजमा शान्ति स्थापित हुनुपर्छ भन्ने मान्यता राखेँ। तिमीहरूलाई याद होला, २०५१ सालमा जब म गृहमन्त्री थिएँ, त्यो मेरो कार्यकालमा राज्यको तर्फबाट एउटा पनि गोली चलेन। म सधैँ शान्तिको पक्षमा उभिएँ, किनकि मैले आफ्नै जीवनमा हिंसाको क्रूरता भोगेको छु।

त्यो दोस्रो दिनको आन्दोलन, जति विध्वंसात्मक भयो, मलाई विश्वास छ, तिमीहरूका कोमल हातहरूबाट त्यस्तो भएको होइन। तिमीहरूको निर्दोष अनुहार देखाएर, तिमीहरूको भावनामाथि खेलेर गलत राजनीति गर्ने प्रयास भइरहेको छ। देशका महत्त्वपूर्ण रेकर्ड भएका कार्यालयहरूमा आगजनी गर्ने, कारागारबाट कैदीहरू छोड्ने जस्ता गतिविधिहरू यत्तिकै भएका होइनन्। यी सबै पछाडि गहिरो षड्यन्त्र लुकेको छ। यो व्यवस्था, जुन हामीले अनगिन्ती दुःख र बलिदानबाट ल्याएका हौँ, त्यो बेला हामी बोल्न पाउँदैनथियौँ, भेला जम्मा हुने छुट थिएन, प्रश्न गर्न पाइँदैनथियो। अन्धकारमय त्यो अवस्थासँग लडेर, संघर्ष गरेर हामीले यो उज्यालो व्यवस्था ल्यायौँ। आज तिमीहरूले आफ्नो आवाज उठाउन पाएका छौ, आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो। आज यो व्यवस्थाको नै कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा तिमीहरू संवेदनशील हुन जरुरी छ।

नानिबाबुहरू,
स्वभावले म अलि जिद्दी छु। यो जिद्दीपन नभएको भए सायद यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ होला। हाम्रो देशमा व्यापार गर्ने सामाजिक सञ्जालले यहाँको नियम मान्नुपर्छ र सूचीकरण हुनुपर्छ भनेर मैले जिद्दी नै गरेको हुँ। लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ। शास्त्रहरूमा उल्लेख भएअनुसार भगवान् श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी नै गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले अरू थुप्रै अवसरहरू पाउने थिएँ, थुप्रै कुरा हासिल गर्ने थिएँ। लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघ (UN) मा नपठाएको भए या अरूले मलाई चलाउन चाहेअनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने थियो। तर, मैले त आफूसँग भएको सबै सम्पत्ति राज्यका नाममा गरिदिएको छु। मेरो लागि पद, प्रतिष्ठा कहिल्यै महत्त्वपूर्ण रहेन।

पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो। यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु।

तिमीहरूको
केपी शर्मा ओली, शिवपुरी

बालेनको समर्थन्  सुशीला कार्कीलाई ----------------------प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,अहिले देश एउटा ...
10/09/2025

बालेनको समर्थन् सुशीला कार्कीलाई
----------------------
प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,
अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

10/09/2025

"अहिलेको अबस्थामा प्रधानमन्त्री बन्न लायकको मै हु" :हर्क साम्पाड॰

कुलमान घिसिङको जेनजी आन्दोलनकारीलाई अपील -----------नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संय...
10/09/2025

कुलमान घिसिङको जेनजी आन्दोलनकारीलाई अपील
-----------
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संयमित हुन जेनजीलाई आग्रह गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थालाई मध्यनजर गर्दै अब संयमित भएर अघि बढ्न आन्दोलनरत पक्षलाई आग्रह गरे ।

घिसिङले भनेका छन्, ‘सार्वजनिक सम्पत्ति तपाईं हाम्रै करबाट बनेको हो, त्यसको तोडफोड नगरी संयम अपनाउनु जरुरी छ । अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो ।’

युवापुस्ता र आन्दोलनमा संलग्न संस्थाहरूलाई धैर्य, आत्ममूल्यांकन र सहकार्यको भावनाबाट अघि बढ्नसमेत घिसिङले आग्रह गरेका छन् । उनले जेनजीसहित अन्तरिम चुनावी सरकार गठन गरी मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यमान संकटबाट निकास दिन आवश्यक रहेको बताएका छन् ।

देश परिवर्तनको संवेदनशील मोडमा उभिएको अवस्थामा विधिसम्मत, विवेकसम्मत र समन्वयात्मक बाटो नै प्राथमिकता हुनुपर्ने र यसैबाट ऊज्यालो नेपाल सम्भव हुने विश्वास घिसिङको छ ।अनलाइनबाट साभार

मगंलवार आगजनीमा परी गम्भिर घाइते भएकी झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको निधन------------आगजनीमा परी गम्भिर घाइते ...
09/09/2025

मगंलवार आगजनीमा परी गम्भिर घाइते भएकी झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको निधन
------------

आगजनीमा परी गम्भिर घाइते भएकी नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको निधन भएको छ।

प्रदर्शनकारीहरूको मंगलवार डल्लुस्थित झलनाथ निवासमा उनी घरभित्रै रहेको अवस्थामा आगजनी गरेका थिए।

उनलाई उपचारका लागि कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्‍याइएको थियो। उपचारको क्रममा उनको निधन भएको हो ।

09/09/2025

मन्त्री निवास भैसीपाटी

09/09/2025

अर्थमन्त्री बिष्णु पौडेलको बाग्मती नदीमा धुलाई

पाँचतारे हिल्टन होटेलमा आगजनी
09/09/2025

पाँचतारे हिल्टन होटेलमा आगजनी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ I घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै ...
24/03/2025

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ I घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो ।

Address

Salmiya
Salmiya

Telephone

+96551780190

Website

Alerts

Be the first to know and let us send you an email when कुवेत नेपाली समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कुवेत नेपाली समाचार:

Share