News Nepal 24

News Nepal 24 All over world news

प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच बिहीबार बालुवाट...
21/11/2025

प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि सो भेटमा सहभागी थिए। उनीहरूले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना धारणा प्रधानमन्त्रीसमक्ष राखेका छन्।

विप्लवले कार्की नेतृत्वको सरकार “विद्रोहको बलमा बनेको” भन्दै आफ्नो पार्टीको पूर्ण समर्थन व्यक्त गरे। जेन–जी आन्दोलनले उठाएका मागहरू पूरा गर्दै राजनीतिक समझदारी थप व्यापक बनाउनु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो।

विप्लव नेतृत्वको नेकपा आयोगमा ‘नेकपा माओवादी’ नाममा दर्ता भइसकेको छ। प्रचण्डले माओवादी धार छाडेपछि आयोगले नयाँ रूपमा विप्लव समूहमै सो नाम दर्ता गरेको हो। यीले रातो गुलाफ चुनाव चिह्न पाएका छन्।

प्रधानमन्त्री कार्कीले यसअघि ११० दलका प्रतिनिधिसँग सामूहिक संवाद गरिसकेकी छिन्। हाल उनी दलका नेताहरूलाई अलग–अलग बोलाएर समसामयिक विषयमा विस्तृत छलफल गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण बिगार्ने ‘हेट स्पीच’ र द्वेषपूर्ण अभिव्यक्तिमाथि सरकार कडाइका साथ उत्रिने च...
19/11/2025

प्रधानमन्त्री सुशीला कार्कीले चुनावी वातावरण बिगार्ने ‘हेट स्पीच’ र द्वेषपूर्ण अभिव्यक्तिमाथि सरकार कडाइका साथ उत्रिने चेतावनी दिएकी छिन्। सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक भाषणले समाजमा विभाजन र तनाव बढाउन खोजेको भन्दै दलका शीर्ष नेताहरूलाई अनुशासन र मर्यादा पालना गर्न आग्रह गरिन्।

कार्कीका अनुसार, द्वेषपूर्ण शब्दावली प्रयोग गर्नु आचारसंहिताको गम्भीर उल्लङ्घन हो, र यस्तो कार्यमा संलग्न उम्मेदवार वा नेतामाथि तत्काल कारबाही गर्न सरकार निर्वाचन आयोगसँग सहकार्य गर्न तयार छ। उनले राजनीतिमा शब्दको मर्यादा र संस्कार अनिवार्य भएको उल्लेख गर्दै अभिव्यक्तिको नाममा समाजलाई चोट पुग्ने व्यवहार सहन नहुने बताइन्।

प्रधानमन्त्रीले प्रचार–प्रसार, खर्च र शैलीमा पनि कडाइ गरिने संकेत दिइन्। विगतमा देखिएको भड्किलो खर्च, राज्य शक्तिको दुरुपयोग र अनियन्त्रित प्रचार रोक्न सरकारले कडा मोडबाट अघि बढ्ने उनले स्पष्ट पारिन्। कार्कीका अनुसार, २१ दिनभन्दा बढी प्रचार अवधि नदिने तयारीसहित निर्वाचनलाई मितव्ययी, पारदर्शी र मर्यादित बनाउन सरकारले निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने छ।

मन्त्री घिसिङको चेतावनी—‘नयाँ माग बढे हात उठाउन बाध्य हुन्छौँ’।बञ्चरेडाँडामा फोहोर ढुवानी अवरोध हटाउन ऊर्जा, जलस्रोत तथा...
19/11/2025

मन्त्री घिसिङको चेतावनी—‘नयाँ माग बढे हात उठाउन बाध्य हुन्छौँ’।

बञ्चरेडाँडामा फोहोर ढुवानी अवरोध हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बोलाएको बैठक बुधबार पनि निष्कर्षविहीन टुंगिएको छ। काठमाडौंबाट फोहोर लैजान रोकिएको तेस्रो दिनमा बसेको बहुपक्षीय संवादले समाधानको आशा जगाए पनि अन्तिम क्षणमा निर्णयपत्रमै असहमतिले वार्ता भत्किएको हो।

बैठकमा तयार भएको नौबुँदे मस्यौदामा प्रभावित धादिङको धुनिवेंसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधि सहमत थिए। तर स्थानीयको प्रतिनिधित्व गर्दै आएका अधिवक्ता सुवास पाठकले स्वयं तयार गरेको निर्णयपत्रमा नै असहमति जनाउँदै बैठकबाट बाहिरिएपछि अन्य जनप्रतिनिधिले पनि हस्ताक्षर गर्न मानेनन्। मन्त्री घिसिङले “सहमतिका लागि आफूहरू हदैसम्म लचिलो भए पनि एकपछि अर्को नयाँ माग थपिँदै जाँदा समाधान सम्भव हुँदैन” भन्दै चेतावनी दिए।

मस्यौदामा घरटहरा र बालीको मुआब्जा, लिचेड व्यवस्थापन, स्वास्थ्य–शिक्षामा विशेष सुविधा, प्रभावितलाई रोजगारी एजेन्डामा राख्ने, EIA छिटो गर्न निर्देशन, अस्पताल उपचार र कोटाको प्रबन्ध जस्ता प्रस्ताव समावेश थिए। तर हस्ताक्षरको विवादले वार्ता टुटेपछि फोहोर ढुवानी अवरोध यथावत् छ। मन्त्री घिसिङले अबको कदमबारे प्रधानमन्त्रीसँग पुनः परामर्श गर्ने बताएका छन्।

दुर्गा प्रसाईका आसेपासे पनि प्रहरी नियन्त्रणमा, भेट्न आएका ८ जना कार्यकर्ता समातिए।काठमाडौँमध्यरातमा मेडिकल व्यवसायी दुर...
19/11/2025

दुर्गा प्रसाईका आसेपासे पनि प्रहरी नियन्त्रणमा, भेट्न आएका ८ जना कार्यकर्ता समातिए।

काठमाडौँ
मध्यरातमा मेडिकल व्यवसायी दुर्गा प्रसाई गिरफ्तार परेपछि उनलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका आठ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरीका प्रवक्ता पवन भट्टराईका अनुसार ठूलो भीड, नाराजुलुस र असुरक्षा बढ्नसक्ने अवस्थाका कारण उनीहरूलाई स्क्रिनिङका लागि नियन्त्रणमा राखिएको हो।

प्रहरीले नियन्त्रणमा परेकामध्ये केहीले सामाजिक सञ्जालमा प्रहरी कार्यालय तोडफोड गरेर भए पनि प्रसाईलाई निकाल्नुपर्छ भन्ने जस्ता उत्तेजक र भ्रमपूर्ण सूचना फैलाइरहेको जनाएको छ। आपराधिक रेकर्ड हेर्न र अराजक समूहको गतिविधि निगरानी गर्न उनीहरूलाई समातिएको प्रवक्ताले स्पष्ट पारे।

प्रसाई पक्राउ लगत्तै उनका समर्थकहरू प्रहरी परिसर पुगेका थिए। केही समूहले सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलाउँदै विरोध बढाउन खोजेको प्रहरीले बताएको छ।

प्रसाईलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिनका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले म्याद दिएको छ। म्याद थप प्रकृयाका क्रममा प्रसाईले आफू कुन मुद्दामा पक्राउ परेका हुन् भन्ने जानकारी नै नदिइएको आरोपसमेत लगाएका छन्।

किन पक्राउ परे दुर्गा प्रसाई
पछिल्लो समय प्रसाईले देशव्यापी हडताल, संविधान संशोधन र हिन्दु राष्ट्र पुनस्थापना लगायतका माग राखेर लगातार उग्र अभिव्यक्ति दिँदै आएका थिए। सरकारका अनुसार यी अभिव्यक्तिले शान्ति सुरक्षा खलल हुनसक्ने संकेत देखिएको थियो।

केन्द्रीय सुरक्षा समितिको बैठकले शान्ति भंग गर्न सक्छ भन्ने गतिविधि र समूहमाथि कडा निगरानी गर्ने निर्णय गरेपछि प्रसाई पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रमुख रमेश थापाले प्रसाईका हालका गतिविधिले देशभरको शान्ति व्यवस्थामा असर पर्नसक्ने आशंका रहेको बताए।

प्रशासनका अनुसार प्रसाईले प्रहरी संगठन, सरकारी निकाय र शान्ति सुरक्षाको संरचनामाथि लगातार ठाडा टिप्पणी गर्दै आएको र सार्वजनिक मञ्च तथा सामाजिक सञ्जालमार्फत भड्काउने अभिव्यक्ति दिंदै आएका कारण उनलाई नियन्त्रणमा लिनु परेको हो।

गृह मन्त्रालयले स्पष्ट पारेको छ कि शान्तिपूर्ण प्रदर्शन रोकिएन, तर शान्ति बिथोल्ने गतिविधि देखिएमा तत्कालै कारबाही गरिनेछ। मंसिर दोस्रो साताबाट नयाँ आन्दोलन घोषणा गरिरहेका प्रसाईले सोमबार राति सामाजिक सञ्जालमा सरकारबारे आक्रमक आरोपसहित भिडियो सार्वजनिक गरेका थिए।

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियामै संवैधानिक शंका देखाउँदै मन्त्रिपरिषद्ल...
19/11/2025

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियामै संवैधानिक शंका देखाउँदै मन्त्रिपरिषद्लाई कुनै पनि नीतिगत वा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले संविधानले परिकल्पना गरेको संसदीय लोकतन्त्रको मूल्यमान्यता र पारदर्शितामा प्रश्न उठेपछि यस्तो आदेश दिएको हो।

कांग्रेसका कृष्णप्रसाद यादवसहितले दायर गरेको रिटमा अदालतले संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्तिको वैधता अन्तिम टुंगो लागेपछि मात्र स्पष्ट हुने उल्लेख गर्दै विश्वासको मत नलिएको अवस्थामा मन्त्रिपरिषद्ले दीर्घकालीन निर्णय लिन नपाउने ठहर गरेको छ। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अन्य विकल्प नसम्पाइ एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेको निर्णय नै विवादको केन्द्र बनेको अदालतको टिप्पणी छ।

यादवको शपथसमेत विवादित बन्न पुगेको थियो। प्रदेश प्रमुख सुवेदी काठमाडौं हिँड्न लागेपछि होटलमै शपथ ग्रहण गराइएको घटनाले प्रदेश सरकारको क्रियाकलापप्रति शंका थपिएको थियो। संविधानले बहुदलीय समर्थनसहित धारा १६८(२) बमोजिम सरकार गठनको स्पष्ट व्यवस्था गर्दागर्दै सो प्रक्रिया नअपनाएको भन्दै प्रदेश प्रमुख सुवेदी पदमुक्त भइसकेकी छिन्। अदालतको अन्तरिम आदेशसँगै मधेसमा नयाँ सरकार गठन प्रक्रिया पुनः राजनीतिक र कानुनी समीक्षामा फर्किएको छ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ का घटनामा काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहको संलग्नता र...
19/11/2025

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ का घटनामा काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहको संलग्नता रहेको दाबी गरेका छन्। काठमाडौँस्थित उनकाे निवासमा पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा ओलीले पहिलो पटक बालेनलाई सो घटनाका प्रमुख भूमिकामध्ये एकको रूपमा उल्लेख गरेका हुन्।

उनका अनुसार भदौ २४ काे दिन राजनीतिक नेतृत्वलाई भेट्न नदिई आफूलाई अघोषित नजरबन्दमा राखिएको र परिस्थितिको वास्तविक मूल्यांकन गर्न नदिएको कारण स्थिति नियन्त्रणभन्दा बाहिर पुगेको थियो। ओलीले आफू सुरक्षित नभएपछि सैनिक सुरक्षामा जानुपरेको तर त्यही परिस्थितिमा बालेनले बाहिरबाट ‘एकोहोरो रूपमा प्रभाव’ जमाएको आरोप लगाए।

ओलीले जेनजी आन्दोलनलाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रको उक्साहटमा बनेको प्रतिक्रान्ति काे रूपमा व्याख्या गर्न खोजिरहेका बेला सचिवालयले आवश्यक सूचना संकलन गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले नेताहरूबीच राजनीतिक संवाद हुन नदिएको, मोबाइल तथा इन्टरनेट पहुँच रोकेर आफूलाई सम्पर्कविहीन बनाइएको र बालेनलाई बाहिर खुला अभिव्यक्तिकाे ‘पूर्ण छुट’ दिइएको टिप्पणी गरे।

ओलीकाे भनाइमा, राजनीतिक नेतृत्वबीच तत्काल संवाद भएको भए विध्वंसात्मक स्थिति जति फैलियो त्यो स्तरमा नजाने थियो। उनका अनुसार मेयर बालेनको सक्रियताले घटनाको दिशा बदलिएको र परिस्थितिलाई थप तनावपूर्ण बनाउन भूमिका खेलेको देखिन्छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्वप्रति कठोर असन्तोष जनाउँदै सुदन गुरुङलाई लक्षित गरेर कडा टिप्पणी गरेका छन्...
19/11/2025

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्वप्रति कठोर असन्तोष जनाउँदै सुदन गुरुङलाई लक्षित गरेर कडा टिप्पणी गरेका छन्। विघटित प्रतिनिधिसभाको एमाले संसदीय दल बैठकमा बोल्दै उनले संविधानको वैधता नै प्रश्न उठाउने व्यक्ति सरकारले महत्व दिने अवस्था लोकतान्त्रिक मान्यतासँग मेल नखाने बताए।

उनका अनुसार संविधान फाल्ने कि राख्ने भन्ने अभिव्यक्ति सार्वजनिक रूपमा आउँदा पनि त्यसको खण्डन राज्यका आधिकारिक निकायबाट नआउनु सरकारको मनोवृत्तिलाई स्पष्ट देखाउने कुरा हो। ओलीले यस्तो स्थितिले समग्र शासन प्रणाली नै अलोकतान्त्रिक दिशातर्फ धकेलिएको आरोप लगाए।

ओलीका शब्दमा, संविधान निर्माणमा लगाइएको ठूलो प्रयास र राजनीतिक सहमतिको सम्मान गर्ने जिम्मेवारी सरकारले बोेके पनि अहिले देखिएको मौनता र दुविधाले राज्य प्रणाली कमजोर बनाइरहेको छ। उनले यस्तो सरकारलाई वैध मान्नै नसकिने बताउँदै संविधानप्रतिको दायित्वबाट नभाग्न चेतावनी दिए।

सुदन गुरुङको कडा प्रश्न, शक्तिशालीलाई छुट र युवामाथि गोली, गृहमन्त्रीज्यू यो कत्तिको न्यायसंगत?हामी नेपाली अभियानका संयो...
19/11/2025

सुदन गुरुङको कडा प्रश्न, शक्तिशालीलाई छुट र युवामाथि गोली, गृहमन्त्रीज्यू यो कत्तिको न्यायसंगत?

हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले गृहमन्त्री ओम प्रकाश अर्यालमाथि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार भड्काउ अभिव्यक्ति दिने र काटमारको भाषा बोल्ने व्यक्तिहरू खुलेआम सरकारलाई चुनौती दिँडै हिँडिरहँदा पनि गृह मन्त्रालय मौन बसेको छ, तर शान्तिपूर्ण रूपमा आन्दोलन गर्ने युवामाथि कठोर बल प्रयोग गरिएको छ।

गुरुङले फेसबुकमा लेखेका छन् कि दुर्गा प्रसाईभन्दा धेरै उग्र अभिव्यक्ति दिनेहरूलाई प्रहरीले छुन पनि नखोज्दा, शान्तिपूर्ण विरोधी युवाको टाउकोमा लक्षित गरेर गोली चलाउने कार्यमा संलग्नहरूबिरुद्ध गृह मन्त्रालय मौन बस्नु ठूलो प्रश्नको विषय हो।

गृहमन्त्री अर्याललाई सोध्दै उनले भने, संविधान र विधिको शासन सबैका लागि बराबर लागू हुने हो भने ‘सानालाई ऐन र ठुलालाई चैन’ जस्ता व्यवहार किन देखिँदैछन्?

गुरुङको अर्को कडा टिप्पणीमा शक्तिशाली समूह खुलेआम लोप्पा वितरण गर्दै हिँडिरहेको विषय समेटिएको छ। उनले भने, ‘त्यो लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न तपाईंलाई कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू?’

उनले मृतकका परिवार, घाइते युवा र न्याय खोजिरहेका सबैलाई समान न्याय नदिइएसम्म आगामी निर्वाचन सम्भव नहुने चेतावनीसमेत दोहोर्याएका छन्।

केपी ओलीले च्यासल पुगेर भने, 'मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआमा भ्रष्टाचारका काण्डहरू भएका थिएनन् ।'
18/11/2025

केपी ओलीले च्यासल पुगेर भने, 'मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआमा भ्रष्टाचारका काण्डहरू भएका थिएनन् ।'

नेपाल प्रिमियर लिग (एनपीएल) हेर्नका लागि माग गरिएको पास नपाएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका स्ववियु सदस्यहरूले मंग...
18/11/2025

नेपाल प्रिमियर लिग (एनपीएल) हेर्नका लागि माग गरिएको पास नपाएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका स्ववियु सदस्यहरूले मंगलबार उपकुलपति दीपक अर्यालको कार्यकक्षमा तोडफोड गरेका छन्। दिउँसो भएको घटनामा नवनिर्वाचित विद्यार्थी प्रतिनिधिहरुले कार्यकक्षमा प्रवेश गरी कागजपत्र र सामग्री क्षति पुर्‍याएको कार्यालय कर्मचारीहरूले बताए।

प्रहरी हस्तक्षेप गरेपछि समूहलाई नियन्त्रणमा लिइएको थियो। घटनापछि विश्वविद्यालय परिसरमा थप प्रहरी परिचालन गरिएको छ।

गत वर्षको एनपीएलमा विभिन्न विद्यार्थी संगठनका नेताहरूलाई ३०–५० निःशुल्क टिकट र ५–७ वटा भीआईपी पास उपलब्ध गराइएको थियो। यस वर्ष यो प्रचलन रोकिएपछि स्ववियु र केही विद्यार्थी नेताले आयोजक क्यानलाई २५ लाख रुपैयाँ एकमुष्ट चन्दा स्वरूप माग गर्दै दबाब दिएका थिए।

संगठनका एक सदस्यका अनुसार, “विद्यार्थी हकहितका नाममा १० लाख रुपैयाँ स्ववियु कोषमा लिने सम्झौता भइसकेको छ।”
तर नेविसंघले भने यस वर्ष निःशुल्क पास नलिने निर्णय सार्वजनिक गरेको छ।

क्यानका एक पदाधिकारीका अनुसार, विभिन्न विद्यार्थी समूहले सामूहिक र व्यक्तिगत रूपमा पास र टिकटका लागि दबाब दिँदै आएका थिए।

गत वर्ष स्ववियुले स्टेडियमभित्र पार्किङ शुल्क उठाएको घटनाले समेत विवाद बढेको थियो। विश्वविद्यालयमा भीडभाड र होहल्लाले पठनपाठन प्रभावित भएको गुनासोपछि क्यानले छात्रावास सुरक्षाका लागि तारबार र पार्किङ नियमन गर्ने सम्झौता गरेको थियो।

तोडफोडबारे त्रिवि प्रशासनले छानबिन प्रक्रिया सुरु गर्ने तयारी गरेको जनाएको छ।

केपी ओलीको टार्गेटमा कुलमान घिसिङ।एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार हुँदा हालजस्तो खुला रूपमै भ्रष्टाचा...
18/11/2025

केपी ओलीको टार्गेटमा कुलमान घिसिङ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार हुँदा हालजस्तो खुला रूपमै भ्रष्टाचारको काण्ड नदेखिएको दाबी गरेका छन्। च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित विघटित प्रतिनिधि सभा सांसदहरूको भेलामा उनले वर्तमान सरकारको गतिविधि भ्रष्टाचारतर्फ गहिरो रूपमा उन्मुख भएको बताए।

उनका अनुसार विद्युत् खरिदका नाममा विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन उठाउने काम अहिलेको सरकारले गरेको छ। उनले विशेष नाम उच्चारण नगरी ऊर्जामन्त्री र अर्थमन्त्री जिम्मेवार रहेको संकेत गरे। यी उदाहरणले शासन प्रणाली कमजोर भएको र निष्पक्षतामा प्रश्न उठेको टिप्पणी उनले गरे।

ओलीले आफ्नो कार्यकालमा केही कमजोरी रहे पनि आज देखिएकोजति खुला भ्रष्टाचार, कुशासन र प्रशासनिक अव्यवस्था नभएको उल्लेख गरे। समृद्धितर्फ अघि बढेको देशलाई राजनीतिक अस्थिरता र दुरुपयोगले कमजोर बनाइरहेको उनको निष्कर्ष छ।

ओलीको प्रश्न, जेनजी आन्दोलनको क्षतिको ‘जिम्मा लिनुपर्छ’ भन्नुको अर्थ के हो?एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनक...
18/11/2025

ओलीको प्रश्न, जेनजी आन्दोलनको क्षतिको ‘जिम्मा लिनुपर्छ’ भन्नुको अर्थ के हो?

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका घटनाबारे प्रधानमन्त्रीलाई दोष दिन खोजिने प्रयासलाई पार्टी र नेतृत्वमाथिको सीधा आक्रमणका रूपमा व्याख्या गरेका छन्।

च्यासलमा आयोजित निवर्तमान सांसदहरूको भेलामा बोल्दै उनले भदौ २३ र २४ का घटनाको जिम्मा आफूले नलिने आफ्नो अघिल्लो भनाइ दोहोर्याए। केही दिनअघि उपाध्यक्ष सुरेन्द्र पाण्डेले धरहरा बनाएको कुरा जस्तै, प्रधानमन्त्रीले जेनजी आन्दोलनका मानवीय क्षतिको पनि जिम्मा लिनुपर्ने अभिव्यक्ति दिएका थिए।

ओलीले भने, ‘जिम्मा लिनुपर्छ भनिन्छ, तर यसको अर्थ के हो? यो त पार्टीमाथि प्रहार हो, नेतृत्वमाथि प्रहार हो।’ उनका अनुसार संसद भवनमा आगो लगाउने प्रयासपछि मात्र सुरक्षा निकायले गोली चलाउनुपरेको थियो र त्यसबेलाको परिस्थितिले त्यस्तै निर्णय लिन बाध्य बनाएको थियो।

जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो, जसमा ४५ जनालाई अन्तरिम सरकारले सहिद घोषणा गरिसकेको छ।

Address

Mont Kiara
47100

Website

Alerts

Be the first to know and let us send you an email when News Nepal 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Nepal 24:

Share

Category