KBM Khabar

KBM Khabar स्थानीय मुद्दाहरुको उठान, र कला संस्कृति संरक्षणमा सधैं समर्पित -KBM Khabar (KamalBajar Media Pvt. Ltd)

30/05/2026
30/05/2026

राहदानी बनाउन आउनेले ६० रुपैयाँ शुल्क तिरेर घरमै प्राप्त यसरी गर्न सक्छन्

30/05/2026

मंगलसैन नगरपालिका अछाम

30/05/2026

मंगलसैन नगरपालिका अछामका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना

30/05/2026

मंगलसैन नगरपालिकाको वस्तुगत अवस्था

30/05/2026

अछाममा राहदानी लगायतका सरकारी कागजात नागरिकको घरघरमा हुलाक मार्फत सेवा पुर्याउन सरु एक रिपोर्ट

30/05/2026

महत्त्वपूर्ण सरकारी कागजात हुलाक मार्फत यसरी घरघरमा पुग्दैछ

नगर स्तरीय बाल क्लबका पदाधिकारी लाई मंगलसैन नगरपालिकाले गर्यो सम्मान हिक्मत बहादुर नेपाली अछाम जेठ १२ । नवनिर्वाचित नगर ...
26/05/2026

नगर स्तरीय बाल क्लबका पदाधिकारी लाई मंगलसैन नगरपालिकाले गर्यो सम्मान
हिक्मत बहादुर नेपाली
अछाम जेठ १२ ।
नवनिर्वाचित नगर स्तरीय बाल क्लबका पदाधिकारी संग मंगलसैन नगरपालिकामा परिचयात्मक गरिएको छ । नगर प्रमुख पदम बहादुर बोहराको कार्यकक्षमा भएको परिचयात्मक कार्यक्रममा पालिकाको तर्फबाट क्लवका पदाधिकारी लाई रुद्राक्षको माला , अविर लगायर सम्मान समेत गरिएको थियोे । परिचयात्मक कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा, उपप्रमुख संगीता रावल सोडारी, वडा नं ३ का अध्यक्ष तथा पालिकाका प्रबक्ता वृख बहादुर बोगटी, वडा नं ५ का अध्यक्ष झंकर बहादुर शाही , प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सोडारी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा मञ्जु महत लगायतको उपस्थिति रहेको थियोे । साथै हालै निर्वाचित क्लवका पदाधिकारीले आगामी निति तथा कार्यक्रममा बालबालिकाका क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने माग राखेका थिए । बालबालिका को क्षमता अभिवृद्धि संगै खेलकुदका क्षेत्रमा वडा र पालिका तहमा विशेष सम्बोधन हुनुपर्ने उहाँहरुको भनाइ थियोे । हालै सम्पन्न भएको बालबालिकाको भेला बाट पालिका स्तरीय बाल क्लवको नयाँ समिति चयन भएको छ । जसमा अध्यक्ष युनिक केसी, उपाध्यक्षमा रेजिना गिरी चयन भएका छन । यस्तै सचिवमा प्रेम भण्डारी, कोषाध्यक्षमा लक्ष्मण रावल , सहसचिव जस्मेन बोहरा गरि १९ सदस्यीय नयाँ कार्य समिति चयन भएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमख मञ्जु महतले जानकारी बताउनु भयो ।

“मोबाइलको दुरुपयोग बालबालिकाको मुख्य चुनौती” — कमलबजारमा दुई दिने पालिका स्तरीय बाल भेला सम्पन्नकमलबजार, जेठ १० ।World V...
24/05/2026

“मोबाइलको दुरुपयोग बालबालिकाको मुख्य चुनौती” — कमलबजारमा दुई दिने पालिका स्तरीय बाल भेला सम्पन्न
कमलबजार, जेठ १० ।
World Vision International Nepal को सहयोग साझेदारी तथा Aastha Nepal को सहजीकरणमा कमलबजार नगरपालिकामा सञ्चालित दुई दिने पालिका स्तरीय बाल भेला सम्पन्न भएको छ। कमलबजार नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वय तथा नगर बाल सञ्जालको आयोजनामा जेठ ९ र १० गते कार्यक्रम सञ्चालन गरिएको हो।
नगर बाल सञ्जालकी उपाध्यक्ष भूमिका विष्टको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा Yagya Prasad Dhakal प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने शारदा विष्ट कुँवर विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा कमलबजार नगरपालिकाका नि प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर विष्ट, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगाना, सेफ गल परियोजनाकी अधिकृत दीपा बम, आस्था नेपालका कर्मचारी दिल बहादुर शाही, सामुदायिक मनोसामाजिक संयोजक कल्पना देवकोटा, वाक नेपालका कर्मचारी दिनेश विक, पत्रकार हिक्मत बहादुर नेपाली लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा नगरका सबै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको थियो।
बालबालिकाको समग्र विकास, समस्या पहिचान तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा बालबालिकाका सवाल समावेश गराउने उद्देश्यले आयोजना गरिएको भेलामा बाल अधिकार, बाल संरक्षण, बालबालिकामा लगानीको आवश्यकता, बजेट निर्माणका सात चरण लगायत बाल भेलाका विभिन्न औजार प्रयोग गरी सवाल पहिचान तथा प्राथमिकीकरण सम्बन्धी सहजीकरण गरिएको थियो।
भेलामा विभिन्न औजार प्रयोग गरी बालबालिकाका १३ प्रमुख सवाल पहिचान गरिएको थियो। सहभागीहरूले मतदानमार्फत समस्यालाई प्राथमिकीकरण गर्दा “मोबाइलको दुरुपयोग” पहिलो नम्बरमा परेको छ। त्यसपछि क्रमशः बाल विवाह, मर्यादित महिनावारी व्यवस्थापनको कमी तथा गुणस्तरीय शिक्षाको अभाव प्रमुख समस्याका रूपमा अगाडि आएका छन्।
बालबालिकाले मोबाइलको अत्यधिक प्रयोगका कारण पढाइप्रति ध्यान घट्दै गएको, बाल विवाहजस्ता समस्या बढिरहेको तथा अभिभावकको कमजोर निगरानीले समस्या झन् जटिल बनेको निष्कर्ष निकालेका छन्। विद्यालयमा कक्षा सञ्चालनकै समयमा शिक्षक तथा विद्यार्थी दुवैले मोबाइल प्रयोग गर्दा सिकाइ प्रक्रिया प्रभावित भएको गुनासो समेत बालबालिकाले गरेका छन्।
भेलाबाट आगामी वर्षका नीति तथा कार्यक्रममा समावेश गर्न विभिन्न योजनासमेत प्रस्ताव गरिएको छ। जसअन्तर्गत विद्यालयमा प्रशासनिक गतिविधि सुदृढ बनाउने, कक्षाकोठामा शिक्षक र विद्यार्थीको मोबाइल प्रयोग नियन्त्रण गर्ने, बालबालिका–अभिभावक–शिक्षकबीच त्रैमासिक अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने, गुनासो सुनुवाइ संयन्त्र स्थापना गर्ने, बाल विवाह तथा मर्यादित महिनावारी व्यवस्थापनसम्बन्धी जनचेतनामूलक सडक नाटक तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, लागू पदार्थ दुर्व्यसन र अनलाइन सुरक्षाबारे अभिमुखीकरण कार्यक्रम गर्ने लगायतका योजना समावेश छन्।
यसैगरी बालमैत्री व्यवहार लागू गर्ने तथा पालिका स्तरमा बाल उद्यान निर्माणका लागि स्थानीय सरकार र साझेदार निकायसँग सहकार्य तथा माग गर्ने निर्णयसमेत गरिएको छ।
दुई दिने बाल भेलाको सहजीकरण आस्था नेपालका दिल बहादुर शाही र वाक नेपालका दिनेश विकले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नगर बाल सञ्जालका नि बर्तमान अध्यक्ष डिग्रा बजगाईंले गर्नुभएको थियो।

19/05/2026

स्थानीय संस्कृति जगेर्नामा थप हौसला प्रदान गर्नेछ यश कार्यले

19/05/2026

सचेतता अभिवृद्धि गर्न जरुरी छ : कविता सुवेदी

Address

Kamalbazar Achham
Achham
10711

Telephone

+9779848530562

Website

Alerts

Be the first to know and let us send you an email when KBM Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KBM Khabar:

Share