Radio Ramaroshan

Radio Ramaroshan This is Radio Ramaroshan Its for the awareness, information & Development of Rural Achham. Chandra Thapa
Station
Manager
9848435024

Weekly Discussion Program about all issue in social related

21/10/2024

नागरिक एपमार्फत गाडी चालकको लाइसेन्स मोबाइलमा नै उपलब्ध गराउने सेवा शुरू भएको छ । यो सेवा आइतवारदेखि विशेषगरी काठमाण्डौ उपत्यकामा लागू भएको छ । यो सुविधासँगै नियम उल्लङ्घन गर्ने चालकले तत्कालै डिजिटल भुक्तानीमार्फत जरीमाना तिर्न सक्ने व्यवस्था पनि शुरू भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्त्री केपी ओलीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक ह...
21/10/2024

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्त्री केपी ओलीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन्।प्रेस सेन्टर जुम्लाले सोमबार सिँजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै प्रचण्डले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको बताउँदै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताए।

21/10/2024

अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो ।

21/10/2024

सप्तरीको खडक नगरपालिकाको कल्याणपुरमा सर्पको डसाइबाट एक बालिकाको ज्यान गएको छ । खडक नगरपालिका वडा नम्बर–७ का रामस्वरुप मण्डलकी नाै वर्षीया छोरी प्रियङ्काकाे सर्पको डसाइबाट ज्यान गएको हो ।

20/10/2024

कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ७० दशमलव ६ प्रतिशत अर्थात ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

20/10/2024

सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

17/10/2024

उत्तरी नाइजेरियामा भएको इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको ज्यान गएको छ ।

डडेल्धुरामा बस दुर्घटनामा परि ४ जना मृत्यु भएको छ, भने १२ जना घाइते भएको छ ।
16/10/2024

डडेल्धुरामा बस दुर्घटनामा परि ४ जना मृत्यु भएको छ, भने १२ जना घाइते भएको छ ।

देशभर डेङ्गी सङ्क्रमण फैलिँदै, १९ हजारभन्दा धेरै सङ्क्रमित
16/10/2024

देशभर डेङ्गी सङ्क्रमण फैलिँदै, १९ हजारभन्दा धेरै सङ्क्रमित

13/10/2024

पश्चिम र मध्य अफ्रिकी क्षेत्रका १६ वटा देशमा बाढीबाट एक हप्तामा मात्रै १४ सय जना भन्दा धेरैको ज्यान गएको छ । ६६ लाख जना मानिसहरु प्रभावित भएका छन् ।

10/10/2024

अविरल वर्षापछि गत ११ र १२ असोजमा आएको बाढीपहिरोबाट झन्डै ११ हजार परिवार विस्थापित भएका छन् भने ४६ अर्ब रुपैयाँभन्दा धेरै आर्थिक क्षति भएको छ । २४६ व्यक्तिको ज्यान गएको यो विपत्तिमा परेका १८ जना अझै बेपत्ता छन् ।

28/09/2024

तपाँईहरु लाई मन पर्ने आधुनिक गित कमेन्ट गर्नुहोला, हामि प्रशारण गर्ने छौ ।

Address

Achham
<<NOT-APPLICABLE>>

Alerts

Be the first to know and let us send you an email when Radio Ramaroshan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Ramaroshan:

Share