MCC Nepal

MCC Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MCC Nepal, Media/News Company, New Baneshwor, Atrauli.

Multi communication channel Nepal (mcc nepal) is a premier digital news portal dedicated to delivering accurate, timely, and impactful news and videos from across the nation and around the globe.

06/06/2026
शुभ विहानी !!पाथिभरा माता हामी सबैको कल्याण गरुन्।घरमै बसेर माताको दर्शन गर्नुहोला।❤️🙏🙏
06/06/2026

शुभ विहानी !!
पाथिभरा माता हामी सबैको कल्याण गरुन्।घरमै बसेर माताको दर्शन गर्नुहोला।❤️🙏🙏

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण सकेर नेपाल फर्किएका छन्।     #नेपालीराजनीति
05/06/2026

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण सकेर नेपाल फर्किएका छन्।
#नेपालीराजनीति

eसुधन गुरुङको सम्पत्ति छानबिन गरिरहेको समितिले प्रधानमन्त्री बालेन शाहसमक्ष ४५ पृष्ठको प्रतिवेदन बुझाएको छ ।
05/06/2026

e

सुधन गुरुङको सम्पत्ति छानबिन गरिरहेको समितिले प्रधानमन्त्री बालेन शाहसमक्ष ४५ पृष्ठको प्रतिवेदन बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धम...
05/06/2026

सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीवार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानुनी प्रक्रिया अघि बढाइएको हो।

सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
05/06/2026

सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने

पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरि...
05/06/2026

पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलसँगको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो। कार्यदलका संयोजक शाहसहितका सदस्यहरू सुझाव संकलनका क्रममा पूर्वप्रधानन्यायाधीश रेग्मीको बानेश्वरस्थित निवास पुग्नुभएको थियो।
पूर्वप्रधानन्यायाधीश रेग्मीले संविधान संशोधनको बहस गरिरहँदा संविधानको मूल संरचना (बेसिक स्ट्रक्चर) लाई कुनै पनि हालतमा खण्डित गर्न नहुनेमा जोड दिनुभयो। “संविधानको प्रस्तावना, विशेष गरी दोस्रो प्रस्तावनालाई उत्तिकै ध्यान दिएर यसको मूल भावनालाई यथावत् राख्नुपर्छ,“उहाँले भन्नुभयो। हाल चर्चामा रहेको धार्मिक व्यवस्थाका सम्बन्धमा उहाँले अहिले जे व्यवस्था छ, त्यसैलाई कायम राख्न र धार्मिक मामिलामा कतै पनि थपफेर नगर्न स्पष्ट सुझाव दिनुभयो।
कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने बहस चलिरहेका बेला उहाँले हतारमा निर्णय नगर्न सुझाव दिनुभयो। अत्यधिक स्थायित्व खोज्ने नाममा मुलुक अर्को प्रकारको निरङ्कुशता वा सर्वसत्तावादतर्फ धकेलिन सक्ने खतराप्रति उहाँले सचेत गराउनुभयो। यस्ता गम्भीर विषयमा अन्तर्राष्ट्रिय अभ्यास र उदाहरणहरूलाई समेत गहन रूपमा अध्ययन गरेर मात्र निष्कर्षमा पुग्न उहाँको सुझाव छ।
संविधानको धारा ७६ को सरकार गठन प्रक्रिया र अविश्वासको प्रस्ताव सम्बन्धी व्यावहारिक कठिनाइहरूबारे चर्चा गर्दै उहाँले नयाँ सरकार गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने वर्तमान व्यवस्था पूर्ण रूपमा व्यावहारिक नभएको उल्लेख गर्नुभयो। यसलाई परिमार्जन गरी कम्तीमा ६ महिनाको समयसीमा तोक्नु उपयुक्त र व्यावहारिक हुने उहाँको धारणा थियो।
वर्तमान निर्वाचन प्रणालीमा समानुपातिक सांसदहरूको संख्या अत्यधिक हुँदा उनीहरू प्रत्यक्ष निर्वाचित सांसदहरूभन्दा बढी हाबी हुने र संसद्‍मा ‘निर्णायक’ (डिसाइडेड) बन्ने विकृति देखिएको रेग्मीले औंल्याउनुभयो। यसलाई नियन्त्रण गर्न समानुपातिकतर्फको कुल संख्यालाई घटाएर ६० मा झार्नुपर्ने उहाँले प्रस्ताव गर्नुभयो।
यसैगरी, राजनीतिक रूपमा एक पटक राज्यका ठूला र विशिष्ट पदहरूमा नियुक्ति पाइसकेका व्यक्तिहरूलाई पुनः समानुपातिक कोटाबाट सांसद बनाउने प्रवृत्ति रोक्नुपर्ने उहाँको भनाइ छ। राष्ट्रिय सभाको गठन गर्दा महिला, दलित तथा पछाडि पारिएका उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित हुने गरी विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
नयाँ पुस्ता (जेन्जी) को माग र राजनीतिक सहभागिताको बहसलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न २५ वर्षको साटो २१ वर्षको उमेर हद कायम गर्नु उपयुक्त हुने सुझाव दिनुभयो। त्यस्तै, परिपक्वताका लागि राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्ने न्यूनतम उमेर ३० वर्ष तोकिनुपर्ने उहाँको मत छ।
संविधानमै १० वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले मानव अधिकार आयोगलाई मात्रै एक बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राख्नुपर्ने बताउनुभयो। अन्य विषयगत आयोगहरूलाई भने उक्त मूल आयोगको शाखा (ब्रान्च) का रूपमा रूपान्तरण गर्दा प्रशासनिक भार कम हुने र प्रभावकारिता बढ्ने उहाँको तर्क छ। संघीयताको सिको गर्दै प्रदेश तहमा पनि अनेकौँ अनावश्यक आयोगहरू गठन गर्न आवश्यक नरहेको उहाँले प्रस्ट पार्नुभयो।
भौगोलिक र सामाजिक रूपमा पछाडि पारिएका कर्णाली र मधेस प्रदेशको चौतर्फी विकासका लागि संविधानमै विशेष व्यवस्था गरिनुपर्ने उहाँले बताउनुभयो। कर्णालीको तुलनामा मधेस प्रदेशको साक्षरता दर अझै कमजोर रहेको औंल्याउँदै उहाँले दुवै प्रदेशमा नागरिक चेतनाको अभिवृद्धि र आर्थिक–सामाजिक उत्थानका कार्यक्रमहरू केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो।
मुलुकको बजेट प्रणालीमा देखिएको बेथितिलाई नियन्त्रण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। “एक पटक सुरु भइसकेका विकास योजनाहरूलाई अलपत्र पार्ने, तिनको बजेट कटौती गर्ने वा अन्यत्र रकमान्तर गर्ने प्रवृत्ति तत्काल रोकिनुपर्छ,“ उहाँले भन्नुभयो। सुरु गरिएका योजनाहरू पूरा नभएसम्म बजेट सुनिश्चित हुने गरी कानुनी तथा संवैधानिक व्यवस्था बलियो बनाउनुपर्ने उहाँको सुझाव छ।
न्यायपालिकाको गरिमा र निष्पक्षता जोगाउन न्यायाधीशहरूको नियुक्ति न्यायपरिषद्मार्फत नै हुनुपर्ने भए पनि उनीहरूमाथिको कारबाही र अनुगमनका लागि भने पूर्णतः भिन्न र स्वतन्त्र समिति गठन गरिनुपर्ने रेग्मीले जोड दिनुभयो। यस्तो उच्चस्तरीय कारबाही समितिको अध्यक्षता पूर्वप्रधानमन्त्रीले गर्ने गरी कानुनी व्यवस्था मिलाउन सके न्याय क्षेत्रमा जवाफदेहिता र पारदर्शिता थप सुदृढ हुने उहाँको विश्वास छ।
कार्यदलका संयोजक असिम शाहले पूर्वप्रधानन्यायाधीश एवं पूर्वमन्त्रिपरिषद् अध्यक्ष रेग्मीका यी महत्वपूर्ण र मार्गदर्शक सुझावहरूलाई कार्यदलले तयार पार्दै गरेको ‘बहस पत्र’ मा गम्भीरताका साथ समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

रवि लामिछाने नेतृत्वको टोलीले आज बिहानै अयोध्यामा अध्यात्म र कलाको अद्भुत संगमको अवलोकन गर्र्यौँ ।
05/06/2026

रवि लामिछाने नेतृत्वको टोलीले आज बिहानै अयोध्यामा अध्यात्म र कलाको अद्भुत संगमको अवलोकन गर्र्यौँ ।

05/06/2026

लखनउमा पनि भव्य स्वागत।
उत्तर प्रदेशका सहायक मुख्यमन्त्री वृजेश पाठक, विजेपीका महामन्त्री सुवास यदुवंशले स्वागत गरे।

निद्रा खुल्यो, अब यो पढ्नुस्, महत्वपूर्ण छ।यी हुन् सांसद तोसिमा कार्की । नाम सुन्नु भएकै छ, अनुहार चिन्नु भएकै छ। यिनी ड...
05/06/2026

निद्रा खुल्यो, अब यो पढ्नुस्, महत्वपूर्ण छ।
यी हुन् सांसद तोसिमा कार्की । नाम सुन्नु भएकै छ, अनुहार चिन्नु भएकै छ। यिनी डाक्टर पनि हुन्। सांसद हुनु अघिदेखि नै चिकित्सक।
यी डाक्टर सांसद् तोसिमाको विशेष सन्देश छ, तपाईं हाम्रो लागि।

🌙 राति राम्रो निद्रा = स्वास्थ्यको सबैभन्दा सस्तो औषधि !
दिनभर काम गरेर पनि थकान नहट्ने, ध्यान केन्द्रित गर्न गाह्रो हुने वा सधैं झर्को लाग्ने समस्या छ? 🤔
सायद तपाईंको शरीरलाई चाहिएको कुरा महँगो औषधि होइन, राम्रो निद्रा हो।
🥱 छिट्टै निद्रा लाग्ने केही सरल उपायहरू:
🌿 सुत्नुभन्दा १ घण्टा अघि मोबाइल टाढा राख्नुहोस्।
🌿 राति धेरै चिया, कफी वा चिसो पेय नखानुहोस्।
🌿 हरेक दिन एउटै समयमा सुत्ने बानी बसाल्नुहोस्।
🌿 सुत्नुअघि हल्का पुस्तक पढ्नुहोस् वा ध्यान (Meditation) गर्नुहोस्।
🌿 कोठा शान्त, सफा र अँध्यारो बनाउनुहोस्।
💡 राम्रो निद्राका फाइदाहरू:
✅ मस्तिष्क ताजा र सक्रिय हुन्छ ।
✅ तनाव र चिन्ता कम हुन्छ।
✅ रोगसँग लड्ने क्षमता बढ्छ।
✅ शरीर फुर्तीलो हुन्छ।
✅ काम गर्ने ऊर्जा र उत्पादकता बढ्छ।

हरेक दिन ७-८ घण्टा गुणस्तरीय निद्रा पुर्याउनु जरुरी छ।

Address

New Baneshwor
Atrauli
44602

Alerts

Be the first to know and let us send you an email when MCC Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share