28/02/2026
हिजो फाल्गुन १५ मगर दिवसको दिन नेपाल मगर संघ वडा कार्य समिति बरेङ गाउँपालिका ०२ हुग्दिशिर बराहकोट बागलुङले सन्चालन गरेको मगर दिवस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आउनु भएका गण्डकी प्रदेश सांसद माननिय लिल बहादुर थापा मगरले मगर इतिहास र मगरहरु हरेक क्षेत्रमा कसरि एक हुने भन्ने बारेमा धेरै राम्रो भनाइ राख्नु भएको छ । धेरैलाइ लागेको थियो लिल बहादुर चुनावी माहोल छ राजनितिक कुरा र आफ्नो पार्टीलाइ भोट माग्न आयो तर माननिय ज्युले नितान्त मगर दिवसको सन्दर्भमा रहेर नै निकै नै गहकिला कुराहरु गर्नु भएको हो । बरु अन्य अतिथिले राजनितिक कुरा निकालेको त्यहा उपस्थित सबैले बुझेका थिए ।
आउनुस् मगर समुदायको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेश सांसद हुनु भएका माननिय लिल बहादुर थापा मगरले मगर इतिहास र मगर दिवसको बारेमा गर्नु भएको कुरा जस्ताको तस्तै राख्न चाहन्छौं ।
के हो त मगर दिवस ? किन फागुन १५ मा मनाईन्छ यो दिवस ?
विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचान र अस्त्तिवलाई सम्मानपूर्वक राष्ट्रिय एकतामा गांस्नकोलागि र सम्पूर्णं नेपालीको भाषा, धर्म, संस्कृतिलाई राष्ट्रले सम्मान गर्नु पर्छ भन्ने जोडजार माग सहित यो दिवस मनाउंदै आएको हो । फागुन १५लाई नेपालीहरुको पहिचान र अस्त्तिवलाई जोड्ने एकताको दिवसको रुपमा पनि मनाउंदै आएको छ ।
त्यति मात्र नभई यो दिवसले सम्पूर्ण नेपालीहरुमा आपसी मित्रता, भाइचारा, बन्धुत्व, सद्भाव र सहिष्णुता सधैं कायम रहिरहोस् भन्ने उद्देश्य बोकेर मगर समुदायले यो दिवसलाई सफल पार्न राज्यसत्तालाई खबरदारी गर्दै अगाडि बढेको छ । यो दिवसको मुख्य उद्देश्य भन्नु नै राज्यले सबै नेपालीको पहिचान र अस्त्तिवलाई सम्मान ढंगले राष्ट्रिय पहिचान दिन सकोस भन्ने हो ।
आफ्नै मुख्यौली थातथलो जातीय भूमि ९मगरात०, मगर जातीयले बोलिने तीन वटा मातृभाषा ९ढुट, खाम वा पाङ र काइके०,मगर जातीको धर्म ९प्रकृति पुजक, बौद्ध० मगर जातीको मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको बहुआयामिक पहिचान जसको आफ्नै सरल मगराँती जीवनशैली छ । जसलाई नेपालका आदिबासी मुलबासी मंगोल वा मगर जाती समुदायको रुपमा चिनिदै आएको छ ।
आफ्नो मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको मगर जातीको एकताको दिवस नै मगर दिवस भनेर चिनिदै आएको छ । नेपालमा रहेका विभिन्न जातजातिहरुको आ आफ्नै पहिचान र अस्त्तिव बोकेको छ जसलाई दिर्घकालिन पहिचान दिन र राष्ट्रको पहिचान बनाउन आज सबै जातजातिहरु आफ्नो जातीलाई सचेत बनाउदै संगठीत हुंदै गईरहेको छ । जसमा मगर समुदाय पनि एक हो । जसले आफ्नो जातीय पहिचान र इतिहासलाई राज्यको निर्णायक तहमा पुराउन खोज्दैछ ।
नेपाल मगर संघ देशकै तेस्रो ठूलो जातीय संगठन हो । त्यसमध्ये आदिबासी जनजातिहरु मध्ये सबै भन्दा ठूलो जाती मगर समुदाय हो । जसको आफ्नै पहिचान छ । जसले नेपालको आर्थिक, राजनीतिक, तथा समाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै समग्र राष्ट्रको विकास निर्माणमा टेवा पुराउंदै आएको छ । त्यति मात्र होइन देशको हरेक आन्दोलनमा मगर समुदायको नै प्रमुख योगदान रहदै आएको छ । यदि इतिहासलाई हेर्ने हो भने देश र जनताकोलागि सबै भन्दा बढी आफ्नो ज्यानको आहुति दिने समुदाय पनि मगर जाती नै हो ।
मगर जातीको विशेषता भनेको सोझो, मेहनती, इमान्दारी, देशभक्ति, कर्मठ, विश्वासीलो हुन्छन् । नेपालमा संख्यात्मक हिसाबले हेर्दा पनि मगरहरु नै जनसंख्या भएको ठूलो समुदाय हो । मगरहरुको थर तथा उपथरहरु अन्य गैरमगरहरु संग मिल्ने र मिलाउने भएको हुंदा जनगणनाले सही तथ्यांक दिन नसकसको अवस्था हाम्रो सामु जगजाहेर छ । यस विषयमा गहिरिएर अध्यन अनुसान्धान हुनुपर्छ तर हुन सकिराखेको छैन । जसको यर्थातता भन्नु पर्दा जनसंख्यामा पनि राजनीतिकरण भएको घटना हाम्रा अगाडि धेरै छन् । जसको मार प्रत्यक्ष मगर समुदायले भोग्नु परेको छ । यस्तो परिणामले एउटा जातीय समुदायलाई मात्र होइन राज्यसत्ताले जनता प्रति गर्ने सहि बफादार प्रति औंला उठाउने परिस्थिति सिर्जना भएको छ ।
त्यसैगरी मगर दिवस मनाउनुको मुख्य कारण के हो त भन्ने विषयमा मगर समुदाय र गैरमगर समुदाय, शुभचिन्तक र आम नेपालीहरुलाई चांसोको विषय पनि बन्दै आएको छ । कतिपयले यो दिवसको बारेमा राम्रो संग बुझेका छन् भने कतिपयले यो दिवसको बारेमा बुझ्न खोजिरहेका छन् विषयत यो दिवस मनाउनु मगर जातीको आफ्नै पहिचानलाई जोगाउनु र समग्र मगर समुदायलाई सचेत बनाउंदै आफ्ना हकअधिकार र पहिचानलाई स्थापना गर्नु हो । जसले गर्दा समग्र देशको विकासले गति लिनेछ । इतिहासको कालखण्डलाई हेर्ने हो भने हामी मान्छौं राजा पृथ्वीनाराण शाहले देशलाई एकीकरण गरेर एक बनाएतापनि त्यो देशमा बसोबास गर्ने नेपाली जनताको भाषा, धर्म, संस्कृति र पहिचानलाई जुन रुपमा अंकुश लगाइयो त्यो प्रति मगर समुदायको ठूलो आपत्ति रहदै आएको छ । आफ्नो भाषा, बोल्यो भने जिब्रो काटिदिने, आफ्नो भाषा लेख्यो भने हात काटि दिने मार्ने धम्कीदिने जस्ता कारणले गर्दा मगर समुदायले आफ्नो पहिचानलाई गुमाउंदै आएको ईतिहास हामी सबै सचेत नागरीकले बुझ्न जरुरी छ । एकता भित्र विविधताले भरिएको सुन्दर देश नेपालमा सबै नेपालीको पहिचान र अस्त्तिवलाई राज्यले संरक्षण गर्नु पर्ने हो तर त्यसो हुन सकेन विस्तारै देशमा विभिन्न समय राष्ट्रीय जनआन्दोलन पश्चात २००७, हुंदै २०६२, ६३ पछि मात्र राज्यदेखि दमन र अत्याचारमा परेका नेपालीहरुले आफ्नो पहिचान र अस्तित्वलाई जेर्गेना गर्न पाए र अनि आफ्नो मौलिक अधिकारलाई सम्मान पूर्वक पाउनु पर्छ भनेर नयां संविधानले किटान गरेको छ । किन कि जब जब देशमा ठूला ठूला घटना र परिघटना घटर्छ तब तब नेपाली जनताले देश बचाउनकोलागि आफ्नो कांध थाप्ने गर्दछ । कांध थाप्ने मात्र होइन आफ्नो ज्यानलाई आहुती दिएर देश र जनतालाई बचाउने काम गर्दछ । तर अहिले पनि राज्यसत्ता सबै जातीय समुदायको पहिचान र अस्त्तिव प्रति गम्भीर भएको अवस्था छैन ।
मगर संघको सांगठानिक इतिहास हेर्दा वि।सं। १९९७ सालमा प्रवास दार्जलिङदेखि सुरु भएको हो । तर संघको औपचारिक स्थापना भने वि।सं। २०३८ सालमा भएको हो । जसले मगर दिवस मनाउंदै फागुन १५ गते २६ औं राष्ट्रि सम्मेलन गरेर मनाउंदैछ । राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपश्चात वि।सं। २०१२ सालमा गुल्मी जिल्लाको भार्से गाउंमा क्याप्टेन पदमबहादुर घर्तिमगरको अध्यक्षतामा वृहत मगर भेला गरिएको थियो । त्यस भेलाले पश्मिाञ्चल स्तरीय वृहत मगर सुधार समिति गठन पनि गरयो । यसरी म्याग्दीको औलो गाउंमा हर्कजीत पुनमगरको अध्यक्षतामा मगरहरुको हकहितकालागि एउटा समिति गठन भएको मगर इतिहासविद्धहरु बताउंछन् । त्यसपछि वि।सं। २०१४ सालमा तनहुंमा जिने आलेमगरको सहयोगमा वृहत कार्यक्रम सम्पन्न भएको थियो । वि।सं। २०२८ सालमा मुलुकभरबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीहरुलाई एकजुट गर्दै बाग्लुङ्ग जिल्लाका खिलध्वज श्रीसमगरको संयोजकत्वमा लाङघाली परिवार संघ खोलेको पाइन्छ । त्यसपछि डा। हर्षबहादुर बुढामगरको अध्यक्षतामा वि।स। २०३६ सालमा लाङघाली परिवार संघ गठन गरियो । मगर इतिहासविद्धका अनुसार वि।सं। २०३८ सालमा बुटवलमा केन्द्रीय भेला गरी हेम बहादुर पुनमगरको अध्यक्षतमा नेपाल लाङघाली परिवार संघको प्रथम तदर्थ समिति गठन भयो । त्यसपछि २०३९ साल फागुनको १४,१५मा तनुहंको दमौलीमा प्रथम केन्द्रीय महाधिवेशन गरियो । जुन महाधिवेशनले हेमबहादुर पुनमगरलाई अध्यक्ष चयन गरिएको थियो ।
यसरी मगर संघको सांगठनिक रुपमा परिवर्तन आउंदै गर्दा वि।सं। २०४२ सालमा नेपाल लाङघाली परिवार संघको नाम परिवर्तन गर्दै नेपाल लाङघाली संघ हुंदै दोस्रो महाधिवेशन सम्पन्न भएको पाइन्छ । जुन महाधिवेशनबाट कविराज पुनमगरलाई अध्यक्षमा चयन हुनुभएको थियो । त्यसैगरी वि।सं। २०४२ सालमा मानध्वज रानामगरको अध्यक्षतमा तेस्रो महाधिवेशन गरियो । २०४७ सालको निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य संगै र बहुदलीय ब्यवस्थाको आगमनमा वि।सं। २०४८ सालमा नेपालका पूर्व मन्त्री एवं आदिबासी जनजाति वरिष्ठ नेता गोरेबहादुर खपाङ्गीमगरको अध्यक्षतामा गठित समितिले पुरानो नाम नेपाल मगर लाङघाली परिवार संघलाई परिवर्तन गरी “नेपाल मगर संघ”मा नामाकरण गरियो ।
यसरी लाङघाली परिवार संघबाट नेपाल मगर संघमा आईसक्दा देश र विदेशमा रहेका मगर गर्ने नेपाली जनताको अवाज महसुस हुनेछ । किन कि अहिले पनि देशमा नयां संविधान बनिसकेको छ देशले नां फड्को मारि सकेको छ । राजनीतिक गतिशीलता बढेको छ तर पनि राज्यसत्तामा बसेका हस्तीहरुले आम नेपाली जनताको भावनालाई सम्बोधन गर्न सकेको छैन । सम्बोधन केवल भाषणमा मात्र सिमित छ तर संबैधानीक तवरले अहिले पनि राज्यसत्ता मुखमा दही जमाएर बसेको अवस्था हाम्रो सामु जगजाहेर छ । देशको संरचना हेर्ने हो भने हातिले देखाउने दांत जस्तो भएको छ । एकल ढंगले, एकल जातीले र सम्पन्नवादीहरुको सोंचले बनाएको संरचनाले मात्र देश र आम नेपाली जनताको भविष्य सुनिश्चित हुंदैन भन्ने मुद्धामा राज्यको ध्यान जान आवश्यक छ । जबसम्म देशमा राज्यदेखि पछाडि परेका समुदायलाई राज्यको मूलप्रवाहमा ल्याईदैन उनीको अवाजलाई सम्बोधन गरिदैन तबसम्म देशको अवस्था नाजुक मात्र होइन देश भोालिको दिनमा कता जान्छ भन्ने कुरा बुझ्न जरुरी छ यहां कुनै जातजातिसंगको लडाई होइन यो लडाई हो राज्य संग । जुन राज्य नेपाली जनताको अधिकार र अस्त्तिव माथि खेलवाड गरेको छ । देशैकै भूभागमा बसोबास गर्ने कर्णाली प्रदेशको आवाजलाई आज पनि गुमराह गरिएको छ त्यसकारण सबै नेपालीलाई समान ढंगले न्याय गरियोस भन्ने हाम्रो मनसाय हो । आरक्षणको नाममा आफै बोक्सी आफै धामी बन्नु कति सम्मको निर्दयी कार्य हो यो राज्यसत्ता सञ्चालन गर्ने हस्तीहरुले बुझ्न जरुरी छ । सबैको सहअस्त्तिवलाई पहिचान र अधिकार दिन समता र समनतामूलक ढंगमा पूर्ण समानुपातिक रुपले लग्न सक्यो भने पक्कै पनि देशले नयां कांचुली पर्नेछ । फागुन १५को उद्देश्यलाई बुझेर राज्यले न्यायीक ढंगले कार्यन्नवन गर्दै नयां इतिहास रच्न सकोस् । जहां असमानता हुन्छ जहां अन्याय हुन्छ जहां भोको पेट हुन्छ त्यहां त्यस्ता परिस्थितिलाई हटाउन न्यायको लडाई अवश्य लड्न बाध्य हुन्छ यो परिस्थिति सिर्जना नहुनकोलागि राज्यको नजर आफ्ना सन्ततीप्रति सम्मान होस् ।
अन्तिममा उहाँले बोल्नु भएको भिडियो क्लिप हामि राख्न असमर्थ छौ । किनभने यतिबेला देशभर चुनावि माहोल छ माननिय ज्यु प्रति कुनै पनि नकरात्मक असर नपुगोस् यहि मर्यादालाइ कायम गरेका छौ धन्यवाद ।।