21/08/2025
🏐 Bareng Cup 2082🏆 & RPPDC Bareng Teej mahotsab 🎙️
⏭️सर्वप्रथम त तपाईंहरु सम्पुर्णले NSFJ pulsar awards को अफिसियल फेसबुक पेजमा गएर हिमाल सुनारि मगरको सिङ्गल फोटोलाइ लाइक र सेयर गरेर सहयोग गरिदिनु होला। त्यस्तै khalti app download गरेर पनि भोट गरिदिनु होला ।
🎤 बागलुङ जिल्लाको दक्षिण भेगकै सर्वाधिक ठुलो धनराशी पुरुस्कार रु एक लाख ५० हजार रहेको रास्ट्रिय स्तरको खुल्ला पुरुष भलिबल प्रतियोगिता बरेङ गाउँपालिकामा पहिलो पटक सन्चालन हुदैँ छ । यस प्रतियोगिताले बरेङ गाउँपालिकाको भलिबल खेल क्षेत्रमा ठुलै आयाम ल्याउने कुरामा धेरै जना उत्साहित र बिश्वस्त छन ।
📍श्री ग्रामिण जनसहभागिता बिकास केन्द्र (Rppdc) बरेङ बागलुङले यस बर्ष तिज महोत्सवको अवसरमा राष्ट्रिय स्तरको खुल्ला पुरुष भलिबल प्रतियोगिता सन्चालन गर्दै छ। जस प्रतियोगिताको नाम Bareng Cup 2082 नामाकरण गरिएको छ । नेपालका चर्चित राष्ट्रिय भलिबल खेलाडीहरुको आगमन हुने कुरामा आयोजक बिश्वस्त पनि छ । खेलाडीहरुको सेवा सुविधाको लागि खान बस्नको व्यवस्थापन सङ्गै प्रतियोगितामा सहभागी हुन आउने टिमलाइ पन्चे बाजाको साथमा स्वागत गर्ने आयोजकले जनाएको छ ।
➡️ भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख पचास ( १,५०,००० ) दृत्तिय पुरुस्कार नगद रु सत्तरि हजार ( ७०,००० ) तृतिय पुरुस्कार नगद रु तिस हजार ( ३०,००० ) र सान्त्वना पुरस्कार नगद रु बीस हजार ( २०,००० ) राखिएको छ। र विधागत पुरुस्कारहरु सर्वोत्कृष्ट खेलाडि, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट कोचको पनि अवार्ड प्रदान गरिने छ ।
⏩ बरेङ तिज महोत्सव आगामी महिनाको भदौ ९ गते देखि १३ गते सम्म सन्चालन हुदैँ छ । यस बर्ष आयोजकले नयाँ खेल मैदानमा प्रतियोगिता सन्चालन गर्ने तयारि समेत गरिसकेको छ । भलिबल प्रतियोगिता सङ्गै अन्य कार्यक्रमहरु पनि सन्चालन हुने छन । बिशेष गरेर त रास्ट्रिय स्तरको खुल्ला पुरुष भलिबल प्रतियोगिता नै बरेङ तिज महोत्सवको मुख्य आकर्षण बनिरहेको छ ।
🎤भदौ ११ गतेका दिन मुल समारोह कार्यक्रमको साथमा कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति रहने छ। कलाकारहरु रवि कार्कि, माया गुरुङ, बिष्णु सिन्जालि मगर र डान्सर प्रमिला गुरुङ लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । साथमा अन्य सांस्कृतिक कार्यक्रमहरु पनि सन्चालन हुने छन ।
✍️Are you excited for 🏐Bareng Cup 2082🏆 ➡️Be ready Volleyball fans !!
Rupees 1 Laks 50 thousand cash price champion team!! 70 thousands cash price second team!! 30 thousand cash price third team!! And only 20 thousand cash price fourth team!!!
RPPDC बरेङ्ग बाग्लुङ !!!