Baglung Dhamja

Baglung Dhamja We Love our birth place Dhamja Baglung. "जननी जन्मभुमि स्वर्गद Kathekhola Rural Municipality Dhamja-3 Baglung

12/08/2026

बागलुङमा साथीको चक्कु प्रहारबाट एक जनाको हत्या

बागलुङ - बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा माझकटेरामा आफ्नैसँगै काम गर्ने साथीको चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ ।

ढोरपाटन नगरपालिका–७ का २५ वर्षीय अर्जुन घर्तीले सोही ठाउँका ४० वर्षीय अशोक खत्रीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

धम्जामा रहेको निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा अस्थायी रुपमा बस्दै आएका अर्जुन र अशोक सोही क्षेत्रमा रिठे नेपालीसँगै ज्याला मजदुरी गर्दै आएका थिए । उनीहरु करिब एक साता पहिले मात्र धम्जा क्षेत्रमा ज्याला मजदुरी गर्न आएको स्थानीयले बताएका छन् ।

मंगलबार राती करिब ९ः४० बजेको समयमा उनीहरु सँगै बसेर मादक पदार्थ सेवन गरेको बुझिएको छ । चक्कु प्रहार गर्नुको कारण भने अहिलेसम्म खुल्न नसकेको डिएसपी त्वातीले बताए ।

चक्कु प्रहार गरेपछि स्थानीयले अर्जुनलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै धम्जा प्रहरी चौकी बिहुँ र जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनामा संलग्न अर्जुन घर्तीलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ । मृतक अशोक खत्रीको शव पोस्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सबैमा चुलो निम्तो छ है 🙏🙏🙏🙏
18/01/2026

सबैमा चुलो निम्तो छ है 🙏🙏🙏🙏

Address

Baglung Dhamja
Baglung Bazar
33300

Alerts

Be the first to know and let us send you an email when Baglung Dhamja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share