Bareng update

Bareng update News, Videography, Photography,Sports, politics, Advertising, marketing, Updates & Creation ❣️🙏

हाम्रो यस Bareng update  का एडमिन तथा सन्चालक प्रदिप श्रीश मगरलाई जन्मदिनको हार्दिक शुभकामना ❣️🙏 ||     Pradeep Shreesh ...
25/07/2025

हाम्रो यस Bareng update का एडमिन तथा सन्चालक प्रदिप श्रीश मगरलाई जन्मदिनको हार्दिक शुभकामना ❣️🙏 || Pradeep Shreesh Magar

बागलुङ जिल्लाको दक्षिण भेगको सबै भन्दा ठूलो धनराशी पुरुस्कार भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन तपाईंहरुले...
23/07/2025

बागलुङ जिल्लाको दक्षिण भेगको सबै भन्दा ठूलो धनराशी पुरुस्कार भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन तपाईंहरुले आफ्नो टिम निर्माण गर्दै गर्नुहोस् ।

हजुर, श्री ग्रामिण जनसहभागिता बिकास केन्द्र ( RPPDC बरेङ्ग बाग्लुङ ) ले आफ्नो एतिहासिक २५औ बार्षिकोत्सवको अबसरमा हरितालिका तीज महोत्सव २०८२ मा यस क्षेत्रको सर्वाधिक ठुलो धनराशी पुरुस्कार भएको खुल्ला पुरुष भलिवल प्रतियोगिता सङ्गै अन्य कार्यक्रमहरु सञ्चालन गर्दै छ । सबै भलिबल खेल प्रेमि, सङ्गित प्रेमि र अन्य सम्पुर्ण दर्शक महानुभावहरुलाइ उपस्थितिको लागि हार्दिक निमन्त्रणा छ ।

यसपटक राष्ट्रिय भलिबल खेलाडीहरुको खेल प्रतक्ष्य आफ्नै ठाउँमा हेर्ने होइन त ?

Congratulations: श्री सिर्जना युवा क्लब कालिगण्डकी गाउँपालिका ०७ धुवाँखोला गुल्मिले सन्चालन गरेको साउने सङ्क्रान्ति बिशे...
19/07/2025

Congratulations: श्री सिर्जना युवा क्लब कालिगण्डकी गाउँपालिका ०७ धुवाँखोला गुल्मिले सन्चालन गरेको साउने सङ्क्रान्ति बिशेष मेलाको वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा सप्तरङ्गी युवा क्लब ( भन्डारी ट्राभल्स ) बरेङ ०२ बराहकोट बागलुङले गलकोट दुदिलाभाटी गलकोट बागलुङलाइ फाइनल खेलमा २-० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएकोमा हार्दिक बधाई ❣️🙏

19/07/2025

सिर्जना युवा क्लब कालिगण्डकी गाउँपालिका ०७ धुवाँखोला गुल्मिले सन्चालन गरेको साउने सङ्क्रान्ति बिशेष मेलाको बिशेष आकर्षक कार्यक्रम अन्तर्गत लठो तान्ने प्रतियोगितामा सिग्दि बागलुङ Vs धुवाँखोला गुल्मि बिच भएको पहलमानहरुको लठो तान्ने प्रतियोगिता। बागलुङ बलियो कि गुल्मि हेर्नुहोस पुरा भिडियो।

Pradeep Shreesh Magar

Bishan ranpaal: गुल्मि जिल्ला मगर गाउँ गव्देका भलिबल खेलाडि बिसन रनपाल जो अहिलेका निकै नै उत्कृष्ट लयमा भएका भलिबल खेलाड...
18/07/2025

Bishan ranpaal: गुल्मि जिल्ला मगर गाउँ गव्देका भलिबल खेलाडि बिसन रनपाल जो अहिलेका निकै नै उत्कृष्ट लयमा भएका भलिबल खेलाडि हुन। जहाँ बिसन रनपाल भलिबल खेल्न पुग्छन त्यहाँ सारा दर्शकको मन जित्न सफल हुन्छन । भित्र बाहिरबाट एक्लै उनले प्रहार हरेक बलमा नम्बर बटुल्न सफल हुन्छन । यदि उनको टिममा एउटा उनलाई साथ दिने स्पाइकर हुन्थ्यो भने साहेद,साहेद वडा स्तरीय खेलमा कसैले पनि सक्दैन थियो होला।

सन्दर्भ: गुल्मि धुवाखोलामा बिसन रनपालले एक्लै तहल्का मच्चाएका थिए । भलै खेल हारे तर दर्शकको मन जिते। उनको विपक्ष टिममा सप्तरङ्गीबाट गण्डकी प्रदेश खेलाडी जिबन सुनार र लुम्बिनी प्रदेश खेलाडी सङ्गम श्रीश थिए तर पनि एक्लै च्यालेन्ज दिइरहेका थिए । Wow what a amazing gulmi superstar volleyball player ||

निर्माणधिन भलिबल खेल मैदान: ग्रामिण जनसहभागिता बिकास केन्द्र { Rppdc } बरेङ बागलुङको भलिबल खेल मैदान निर्माण कार्य चलिरह...
29/06/2025

निर्माणधिन भलिबल खेल मैदान: ग्रामिण जनसहभागिता बिकास केन्द्र { Rppdc } बरेङ बागलुङको भलिबल खेल मैदान निर्माण कार्य चलिरहेको छ । पालिका र प्रदेश सरकारको बजेट सङ्गै क्लबका सक्रिय सदस्यहरु द्वारा खेल मैदानको निर्माण कार्य अगाडि बढि नै रहेको छ।

क्लबले यस बर्षको तिज मेलाको भलिबल प्रतियोगिता लगायतका अन्य कार्यक्रमहरु यहिँ मैदानमा गराउने तयारी पनि थालिसकेको छ । ग्रामिण दुर्गम गाउँपालिकाको रुपमा बरेङ गाउँपालिकालाइ लिइने गरिन्छ त्यसकारण पनि त्यति ठुला प्रतियोगिताहरु हुन नसक्दा राष्ट्रिय स्तरका भलिबल खेलाडीहरुलाइ प्रत्यक्ष हेर्न र देख्न भने यस ठाउँका दर्शक महानुभावहरुले पाएका पनि छैनन्।

तर यस पटक भने यस क्लबले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सन्चालन गर्ने कि भन्ने तयारी पनि गरेको छ। यदि राष्ट्रिय स्तरको पालिका स्तरिय वा खुल्ला पुरुष भलिबल प्रतियोगिता भयो भने पक्कै पनि राष्ट्रिय स्तरका भलिबल खेलाडीहरुलाइ बरेङ गाउँपालिकाका दर्शकहरुले नजिकबाट उनिहरुको खेल नियाल्ने अवसर प्राप्त गर्न सक्थे ।।

29/06/2025

श्री पुरुषोदय माध्यमिक विद्यालय बरेङ गाउँपालिका ०२ हुग्दिशिर बराहकोट बागलुङको ६१औ बार्षिकोत्सव कार्यक्रममा शिक्षिकाहरुको देश प्रेमि नृत्य ।।

fans Pradeep Shreesh Magar

03/04/2025

श्री सुदला युवा क्लब बेरङ गाउँपालिका ०२ हुग्दिशिर सुदला बागलुङको आफ्नो एतिहासिक ७औ बार्षिकोत्सव कार्यक्रम मिति २०८१ चैत्र २४ देखि २८ गते सम्म भव्यताका साथ् मनाउन गइरहेको हुदाँ सम्पुर्णमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।।

Media partners: Bareng update Pradeep Shreesh Magar
r

26/03/2025

गएको बर्ष २०८० सालमा श्री सुदला युवा क्लब सुदला बरेङ बागलुङको छैठौं वार्षिकोत्सव कार्यक्रममा पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलको महा भिडन्त साचिकै रोचक अनि शानदार र प्रतिष्पर्धात्मक थियो । २५ अङ्कमा मा सकिने खेल ३२ अङ्कमा गएर मङगलापुर युवा क्लब बेरङ गाउँपालिका ०२ हुग्दिशिर गुरुङधारा बागलुङले नयाखानि युवा क्लब पुर्तिघाट गुल्मिलाइ २-१ को सेटमा सङ्घर्ष रुपमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको थियो । हेरौ यो बर्ष २०८१ को सालमा कसले बाजि मार्छ । ७औ बार्षिकोत्सव कार्यक्रम यहि मिति २०८१ चैत्र २४ देखि २८ गते सम्म ।।

19/03/2025

भलिबलमा पनि मेसिन gun को तोप जस्तो प्रहार हुने गर्दछ । मङ्गलापुर युवा क्लब बेरङ गाउँपालिका ०२ हुग्दिशिर गुरुङधारा बागलुङको खेल मैदानमा भिडन्त पर्यो पर्वत vs गुल्मि ।।

18/03/2025

हुग्दिशिर धुल्लुबास्कोट सामुदायिक ग्रामिण बिधुतिकरण उपभोक्ता समितिका अध्यक्ष रुपनारायण शर्मा सङ्ग रेडियो बिहानीका पत्रकार दिपेन्द्र परियारले गरेको यो संवाद सुन्न अनुरोध छ । किन के कारण सानो हावाहुरी को कारण पनि १ हप्ता सम्म बिजुली जाने गर्दछ । कसको कमजोरिले गर्दा यो समस्या भोग्नु परेको छ? बागलुङको बिजुली कहिले जडान हुन्छ त ?

18/03/2025

हुग्दिशिर, धुल्ल्बास्कोट सामुदायिक ग्रामीण बिद्धुतिकरण उपभोक्ता समुहको कार्यशैली प्रति असहमति जनाउँदै आन्दोलनको तयारी । आन्दोलनको नेतृत्व गरेका खुमराज शर्माको यस्तो भनाइ ।

Radio bihani dipendra pariyar !!

Address

Baglung

Telephone

+9779821343535

Website

Alerts

Be the first to know and let us send you an email when Bareng update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bareng update:

Share