Radio Bihani

Radio Bihani This is Community Radio Bihani 89 Mhz, Bareng, Baglung's official page.

08/08/2026
एकीकृत सेवा कार्यालय द्धारा बरेङमा अनुगमन एकिकृत सेवा कार्यालय बागलुङ द्धारा शनिवार बरेङ बजार अनुगमन गरिएको छ ।विशेष गरि...
08/08/2026

एकीकृत सेवा कार्यालय द्धारा बरेङमा अनुगमन
एकिकृत सेवा कार्यालय बागलुङ द्धारा शनिवार बरेङ बजार अनुगमन गरिएको छ ।
विशेष गरि खाद्यय तथा किराना पसल लक्षित अनुगमनमा दर्ता अभिलेखीकरण ‚साइनवोर्ड‚ पान‚ हेरिनुका साथै मिति नाघेका सामाग्रीहरू निरीक्षण अनुगमन तथा बरामद सामाग्री नष्ट गरिएको छ ।
कार्यालय प्रमुख शिव शर्माको नेतृत्वमा रहेको अनुगमन टोली बरेङ गाउँपालिकाका अक्ष्यक्ष कृष्ण प्रसाद शर्माको समन्वय अधिकृत गुप्त बहादुर कार्की‚ नारायण रिजाल‚ सुरक्षाकर्मी तथा पत्रकारहरूको रोहबरमा सम्पन्न भएको थियो ।

26/05/2026

अविरल बर्षा संगै आएको असिना हावाहुरीले मकैबारीमा ठुलो क्षति पुर्याएको छ।

15/03/2026

Uninterruptible power supply (UPS) मा आएको समस्याका कारण हाल रेडियो प्रसारण रोकिएको र मर्मत पश्चात् छिट्टै प्रसाण शुरु हुने जानाकारि गराउदै यसबाट श्रोताहरुमा पर्न गएको असर प्रति क्षमा चहान्छैा ।

05/03/2026

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज भएको मतदानमा बागलुङको बरेङ गाउँपालिकामा जम्मा ४ हजार २ सय ९५ मत खसेको छ ।
बरेङ गाउँपालिकामा १० हजार २ सय ८२ मतदाता रहेकामा जम्मा ४ हजार २ सय ९५ मत अर्थात ४१.७७% प्रतिशत मत खसेको बरेङ गाउँपालिकाका सुचना अधिकारी केशवराज क्षेत्रीले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नं. १ धुल्लुबास्कोट मतदान केन्द्रमा महिलातर्फ ६ सय ४४ र पुरुषतर्फ ५ सय ५३ मत गरी १ हजार १ सय ९७ मत खसेको छ । वडा नं. १ मा २ हजार ५ सय ५६ जना मतदाता रहेका छन् ।
गाउँपालिकाको वडा नं. २ हुग्दिशिर मतदान केन्द्रमा महिलातर्फ ६ सय ५८ र पुरुषतर्फ ५ सय ४७ मत गरी १ हजार २ सय ०५ मत खसेको छ । वडा नं. २ हुग्दिशिरमा ३ हजार ४३ जना मतदाता रहेका छन् ।
गाउँपालिकाको वडा नं. ३ बाटाकाचौर मतदान केन्द्रमा महिलातर्फ ५ सय ९२ र पुरुषतर्फ ४ सय ६५ मत गरी १ हजार ५८ मत खसेको छ । वडा नं. ३ बाटाकाचौरमा २ हजार ६ सय ४८ जना मतदाता रहेका छन् ।
यसैगरी, गाउँपालिकाको वडा नं. ४ सल्यान मतदान केन्द्रमा महिलातर्फ २ सय २७ र पुरुषतर्फ २ सय ०७ मत गरी ४ सय ३४ मत खसेको छ । वडा नं. ४ सल्यानमा १ हजार १ सय ४६ जना मतदाता रहेका छन् ।
वडा नं. ५ सुखौरा मतदान केन्द्रमा महिलातर्फ २ सय २१ र पुरुषतर्फ १ सय ८० मत गरी ४ सय ०१ मत खसेको छ । वडा नं. ५ सुखौरामा ८ सय ८९ जना मतदाता रहेका छन् ।

18/12/2025

धन्यवाद बरेङ गाउँपालिका तथा सर्वोदय माध्यमिक विद्यालयl

Address

Bareng Bazzar
Baglung

Alerts

Be the first to know and let us send you an email when Radio Bihani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Bihani:

Shortcuts

Share

Category