19/11/2025
आजकाल सबैले लोग्ने मान्छेमाथी औंला उठाउँछन- तर लोग्ने मान्छे एक्लैले सम्बन्ध बनाउन सक्दैन। जो महिला चलाख हुन्छिन उनले जानीजानी बिबाहित पुरुषसँग सम्बन्ध राख्ने गर्छन्- उनको जिम्मेवारी, उनको अपराध पनि त्यत्तिकै मात्रमा ठूलो हुन्छ। तर आश्चर्य रुपमा हामीले त्यो सत्यलाई सजिलै बेवास्ता गर्ने गर्छौं।
यदि बिबाहित छोरा मान्छेले कुनै महिलासँग अबैध सम्बन्ध राख्छ भने- उ गलत छ यसलाई कुनै तरिकाले अस्विकार गर्न सकिँदैन। तर त्यहीँ ठाउँमा ति महिला?
जब उनलाई थाहा हुन्छ कि त्यो लोग्ने मान्छेको घरमा परिवार छ श्रीमती छोराछोरीसँग जीवन निर्बाह गरिरहेको छ। तर पनि यदि उनले लुकिछिपी म्यासेज गर्छिन, गोप्य ठाउँमा भेट्न पुग्छिन, भावनात्मक आत्मियता स्वीकार गर्छिन भने उनी विनाशमा बराबरी भागिदार हुन्छिन नै। हैन त? अब बराबर दृष्टिले हेर्ने गर्नुपर्छ।
उनीहरुले कसरी एउटा परिवार बिगार्छन?
जब श्रीमतीले अचानक आफ्नो श्रीमान भावनात्मक रुपमा अनुपस्थित देख्छन, त्यसबेला उनि भित्रभित्रै टुक्रिन्छन। त्यसैगरी उसले त्यस्तो बिस्वास गर्थ्यो तर त्यो अटल बिश्वास ध्वस्त भएपछि उसको सारा संसार हल्लिन्छ। आफ्नाहरुको अनुहार हेरेर तुरुन्तै डिभोर्स गर्न सक्दैन, छोराछोरीको मन, आफ्नो भविष्य सम्झने, र उनलाई फेरि स्वीकार गर्न नसक्ने, यो कसरी सम्भव छ। मैले परिवारको लागि आफ्नो रगत पसिना एक गरे। उ बाहेक अरु कसैको बारेमा सोच्न सकिन भन्ने यी बिचारहरुले उसको आत्मसमानमा ठेस पुर्याउँछ।
• छोराछोरीले बुबाको लागि बिश्वास र आदरको ठाउँ सर्छ। हुनसक्छ उसले आफ्नो सानो बच्चा सोच्छ। के उनिहरुले अब बुझ्लान र। उनिहरुमा भावनात्मक संसारमा सिर्जना गर्ने भयानक चोटहरु अपुरणिय हुन्छन। सबैभन्दा भरपर्दो ठाउँ बाट जुन धक्का आउँछ , त्यसलाई अपरिपक्व उमेरमा लिनसक्ने मानसिक शक्ति हुँदैन। परिवारमा संकट पनि सुरु हुन सक्छ।
• दुई जनाको स्वार्थको विकल्पले मात्र परिवारको शान्ति, सुरक्षा, स्थिरता नष्ट हुन्छ।
यो चोट एउटि महिलामा मात्रै होइन- एउटा सम्पुर्ण परिवारले बर्षौंसम्म झेल्नुपर्छ।
अर्को प्रश्न आउँछ , त्यो महिला पनि "अपराधी" हुन?
• उनलाई थाहा छ कि त्यो लोग्ने मान्छेको घरमा श्रीमती छोराछोरीहरु पनि छन्, तर पनि जानीजानी उसको नजिक हुन्छे। तर मलाई यस बारेमा केही थाहा थिएन उ नै म नजिक आको हो भनेर छुट दिने कुरै छैन।
• उनको आफ्नो लोग्नेले आफुलाई नहेरेको, आफ्नो कुरा नबुझेको कस्तो अबुझसँग बिहे गरेछु, यो मान्छेको भावना नै छैन दुखी परिवार, आधा सत्य आधा झुटो कथाहरु सुनाउँदै त्यो मान्छेसँग नजिक हुन्छे।
• आफ्नो इच्छा, ध्यान, कल्पना पुरा गर्नलाई आफू बिबाहित छु भन्ने जान्दाजान्दै अर्को पुरुषसँग भावनामा जोडिन्छिन।
• उनले त्यो मान्छेको घरमा भएकी श्रीमतीलाई अपमान, असुरक्षा, र अनादरको ठाउँमा राख्नको लागि अर्काको लोग्ने खोसेकी हुन्छे, केही महिलाहरु जसको काम भावनात्मक लचिलोपन हुन्छ।
महिलाहरू आफ्नो नराम्रो काम जे भएपनि निर्दोष हुन सक्दैनन। यो आत्मकेन्द्रीतता हो, यो भावनात्मक पोषण हो, यो बिस्वासघात हो- परिवारलाई श्रीमानलाइ र आफैलाई पनि। समाजले महिलाको रोदनलाई, लोग्नेको असाहायताको अभिव्यक्तिलाई, उचित न्याय बिर्सेर सबै चुपचाप बस्छन।
हामीले हरेक समय छोरा मान्छेलाई नै दोषी मान्छौं, खराब ठान्छौं। तर बास्तविकता साहस भनेको त्यो स्वीकार गर्नु हो- एउटा बहुमुखी महिला यो समाजको लागि उत्तिकै जिम्मेवार, उत्तिकै उत्तरदायी, उत्तिकै हानीकारक हुन्छन्।
अन्त्यमा,
कसैको आँसुमा उभिएर प्रेमको जग बन्दैन। कसैको घर भाँड्नुको खुशी नै एक दिन आफ्नै घर भाँड्नुको कारण बन्न सक्छ- यहीँ हो कर्म, यही हो जीवन चक्र।
आफ्नो आवश्यकता, एक्लोपन वा कल्पनाको लागि कसैको जीवनमा आँधीबेहरी आउनु उसको जीवन कहिल्यै विकल्प हुँदैन- तर यो बिनास भने पक्कै हो। यो प्रतिविम्बित बिनास रोक्न दुबै पक्षहरु- पुरुष र महिलाहरु आआफ्नो विकल्पको लागि सम्मान जिम्मेवारी लिनु पर्छ।
अस्थायी प्रेमलाई प्राथमिकता दिएर तिमीहरू दुइले एउटा मान्छेको बिश्वास गर्ने क्षमतालाई बर्बाद गर्यौं। बच्चाको सम्मान र बिश्वासको सबैभन्दा ठूलो ठाउँ ध्वस्त पारियो। निष्क्रियताले सधैंको लागि परिवार उजाडियो।
अर्काको लोग्नेसँग रातभरि सँगै रात काटेर आफ्नो लोग्ने र छोराछोरीको अगाडी कसरी मुख देखाउँछौं , लाज लाग्दैन?