Barahathawa The City

Barahathawa The City सँगै हामी सक्छौं🫂🇳🇵

चितवनको मुग्लिन–नारायणगढ सडकमा भीषण दुर्घटना 🚨चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान बस र ट्रकसहित सातवटा सवारीसाधन...
18/10/2025

चितवनको मुग्लिन–नारायणगढ सडकमा भीषण दुर्घटना 🚨
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान बस र ट्रकसहित सातवटा सवारीसाधन एकआपसमा ठोक्किएर ठूलो दुर्घटना भएको छ 🚑। यो दुर्घटनामा सात जना घाइते भएका छन् 😔।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेहरूको उद्धार कार्य तीव्र रूपमा भइरहेको छ 🛠️। घाइतेहरूलाई उपचारका लागि भरतपुर ल्याइँदैछ 🏥।
दुर्घटनाको थप विवरण आउन बाँकी छ 📢।

हमासको आक्रमणपछि बेपत्ता विपिन जोशी जीवित नरहेको सूचना, तर परिवार अझै आशावादी– हमासको आक्रमणपछि इजरायलबाट बेपत्ता भएका व...
13/10/2025

हमासको आक्रमणपछि बेपत्ता विपिन जोशी जीवित नरहेको सूचना, तर परिवार अझै आशावादी

– हमासको आक्रमणपछि इजरायलबाट बेपत्ता भएका विपिन जोशी जीवित नरहेको जानकारी आए पनि उनका परिवारले अझै आश मारेका छैनन्।

विपिनका दाजु किशोर जोशीका अनुसार, हमासले सबै बन्धकहरू अझै छोडिसकेको छैन, त्यसैले अहिले नै आश त्याग्न नहुने उनको भनाइ छ।
“युद्धविरामको क्रममा आज बन्धकहरू रिहा भइरहेका छन्। बिहान इजरायलसँग पनि कुरा भयो, हमासले आधिकारिक रूपमा अझै केही मान्छेहरू छोड्न बाँकी छन्,” दाजु किशोरले कञ्चनपुरस्थित आफ्नै निवासबाट भने, “त्यसैले हामीलाई अझै भाइ फर्किन्छ भन्ने आशा छ। निराश हुनुपर्ने ठाउँ छैन।”

इजरायली सेनाका एक अधिकारीले स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावास र परिवारका सदस्यहरूलाई दिएका हुन्।

राजदूत धनप्रसाद पण्डितका अनुसार, उक्त जानकारी भिडियो कन्फरेन्समार्फत इजरायली अधिकारीहरूले दिएका थिए। उक्त सम्मेलनमा राजदूत पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका दाजु किशोर जोशी, र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरू सहभागी थिए।

हाल विपिन जीवित नरहेको भनिए पनि थप विवरण प्राप्त हुन बाँकी छ। परिवार भने अझै पनि अन्तिम पुष्टि नहुँदासम्म आशामा छ।

04/10/2025

बंगालको खाडीको प्रणालीको असर : ४० जिल्लामा बाढीको उच्च जोखिम

काठमाडौं, असोज १७ – बंगालको खाडीमा विकसित मौसमी प्रणालीको असर नेपालमा देखिन थालेपछि लगातार वर्षा भइरहेको छ। मौसमविद्हरूले असोज २० गतेसम्म भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाले ४० जिल्लामा बाढीको उच्च जोखिम सिर्जना गरेको छ। उच्च जोखिममा काठमाडौं उपत्यकासहित तराई, पहाड र हिमाली जिल्लासमेत परेका छन्।

🚨 काठमाडौंका नदी सतर्कताको तह नजिक

विभागले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र नख्खु नदीको बहाव तीव्रगतिमा बढ्दै गएको र सतर्कताको तह नजिक पुगेको जनाएको छ।
“आज बेलुका र भोलि विशेष सतर्कता जरुरी छ,” विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले चेतावनी दिएका छन्।

🌊 डुबान र बाढीको जोखिम

मौसमविद्हरूले नदी किनार, डुबान हुने क्षेत्र र बाढी प्रवण स्थानमा यात्रा नगर्न आग्रह गरेका छन्।

📍 यी जिल्लामा छ अति उच्च जोखिम

मधेश प्रदेश : सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा

बागमती प्रदेश : सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन

पूर्वी प्रदेशहरू : इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ

गण्डकी र बागमतीका पहाडी क्षेत्र : रसुवा, नुवाकोट, धादिङ, गोरखा

लुम्बिनी प्रदेश : नवलपरासी (पूर्व/पश्चिम), रुपन्देही, कपिलवस्तु

⚠️ मध्यम जोखिममा रहेका जिल्ला

कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया।

👉 सुझाव : असोज २० गतेसम्म अनावश्यक यात्रा नगर्न, नदी किनारबाट टाढा रहन र आधिकारिक सूचना/पूर्वानुमानलाई विश्वास गर्न विभागले सबैलाई आग्रह गरेको छ।

04/10/2025

भारी वर्षासँगै उपत्यकाबाट बाहिरिएका सवारी धमाधम फर्किँदै

– अविरल वर्षाका कारण विभिन्न राजमार्गमा पहिरो खस्न थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकातर्फ फर्किन थालेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रु सुरक्षाका लागि सवारीसाधनलाई नाकामा नै रोकेर सुरक्षित रूपमा फर्काइँदै गरेको जानकारी दिएको छ।

उक्त कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार बिपी, अरनिको, पृथ्वी लगायतका मुख्य राजमार्गमा पहिरो खस्न थालेपछि उपत्यकाबाट गएका सवारी पनि जोखिमका कारण फर्कन बाध्य भएका हुन्। “अहिले उपत्यकाका चारै तिरका नाका बन्द छन्। सवारीसाधन सुरक्षित तरिकाले होल्ड गरिएको छ। भौतिक र मानवीय क्षति कम गर्न सडक यात्रा सुरक्षित छैन,” उनले भने।

सडक विभागले पनि बिपी राजमार्गमा बिहान १० बजेदेखि सवारीसाधन प्रवेश रोकिएको जनाएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म भारी वर्षा जारी रहने पूर्वानुमान गर्दै विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

👉 सम्बन्धित निकायहरूले अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमै बस्न यात्रुहरूलाई आग्रह गरेका छन्।

04/10/2025

अविरल वर्षाले नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडक अवरुद्ध

– लगातारको वर्षासँगै नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएका छन्। तुइन खोला (चितवन) र जवाङ खोला (धादिङ) मा पहिरो खसेपछि दुबै राजमार्गमा यातायात प्रभावित भएको हो।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको सानो पहिरोका कारण केही समय एकतर्फी आवागमन भइरहेको थियो। तर ढुंगा खस्ने क्रम जारी रहँदा यात्रामा जोखिम देखिएको भन्दै बिहान ६ बजेदेखि सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० स्थित जवाङ खोलामा आज बिहान २ बजेतिर खसेको पहिरोले बाटो अवरुद्ध भएको थियो। स्थानीयबासी, प्रहरी र यात्रुको सहयोगमा केही समयपछि बाटो खुले पनि फेरि बिहान ६ बजेतिर माथिबाट थप पहिरो खस्दा दुवै तर्फको सडक पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले ढुंगा–माटो खस्ने क्रम रोकिएको छैन। यस कारण पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको र यात्रुहरुलाई सास्ती भएको जनाइएको छ।

👉 सम्बन्धित निकायले जोखिमका कारण अनावश्यक यात्रा नगर्न र सडक पूर्ण सुरक्षित भएपछि मात्र आवागमन गर्न यात्रुहरूलाई आग्रह गरेका छन्।

04/10/2025

भारी वर्षापछि धादिङ, चितवन र तनहुँका सडकमा सवारी आवागमन रोक

लगातारको वर्षाका कारण धादिङ, चितवन र तनहुँका सडकमा आज (असोज १७) बिहान ६ बजेदेखि सवारी साधन चलाउन रोक लगाइएको छ। प्रहरीले यात्रु सुरक्षालाई मध्यनजर गर्दै अस्थायी रूपमा यातायात आवागमन बन्द गरिएको जनाएको छ।

धादिङमा बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा आज बिहान २ बजे पहिरो खसेपछि नागढुंगा–मुग्लिन सडकखण्ड बन्द भएको हो। प्रारम्भिक प्रयासपछि बाटो केही समयका लागि खुले पनि फेरि बिहान ६ बजेतिर माथिबाट थप पहिरो खस्दा दुवै तर्फको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

चितवनतर्फ मुग्लिन–नारायणगढ सडकखण्ड खुला रहेको भए पनि तुइन खोलामा ढुंगा खस्ने क्रम जारी रहेकाले जोखिमका कारण सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ। ‘चितवनस्थित राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहान ६ बजेदेखि गाडी चलाउन रोकिएको हो,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

तनहुँमा पनि पहिरो र सडक अवरोधको जोखिम बढेकाले बिहान ६ बजेदेखि गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लगातारको वर्षासँगै पहिरो खस्ने घटना बढेका कारण यी राजमार्गमा पटक–पटक अवरोध हुने गरेको छ। प्रहरी, स्थानीयवासी र यात्रुले सडक खुलाउने प्रयास गरे पनि लगातार ढुंगा–माटो खसिरहेकाले तत्काल सहज आवागमन सम्भव नभएको जनाइएको छ।

👉 अधिकारीहरूले यात्रुहरूलाई अनावश्यक जोखिम नलिन, सडक पूर्णरूपमा सुरक्षित भएपछि मात्र यात्रा गर्न अनुरोध गरेका छन्।

04/10/2025

काठमाडौं उपत्यकामा असोज १७ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागले जारी गरेको विज्ञप्तिअनुसार यस अवधिमा वर्षाका कारण बाढी, पहिरो, भू-क्षय जस्ता विपद् घटनाको जोखिम उच्च रहने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले अनावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न, विशेष गरी राति काठमाडौँ प्रवेश र काठमाडौँबाट बाहिरिने यात्रा स्थगित गर्न अनुरोध गरेको छ।

संभावित विपद् घटनामा तत्काल उद्धार, सहयोग वा राहत आवश्यक परेमा जिल्ला प्रहरी परिसर, काठमाडौं (सम्पर्क नं. १६६०-०१-४१५१६, ९८५१२८३०२६, ०१-५७२१०१७), सशस्त्र प्रहरी बल नेपाल नं. २० (विपद उद्धार) गण, सिनामंगल (सम्पर्क नं. ९८५१२७२०३५, ०१-४४७१३३७) तथा जिल्ला आपत्कालीन कार्य संचालन केन्द्र (सम्पर्क नं. ९८५१३६२९३७) मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।

विभागले जोखिमयुक्त क्षेत्रका स्थानीयवासीलाई आ–आफ्नो स्थानमै सतर्क रहन र आवश्यक सावधानी अपनाउन विशेष आग्रह गरेको छ।

Address

Bairia
BARAHATHAWA.45810

Website

Alerts

Be the first to know and let us send you an email when Barahathawa The City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Barahathawa The City:

Share