Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल

  • Home
  • Nepal
  • Bajhang
  • Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल

Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल A part of Sudurpashchim Province, is one of the seventy-seven districts Bajhang of Nepal.
(5)

09/10/2025
08/10/2025

सिलदेबी मेला र महोत्सव सङ्गै क्या जाउको हो हाम्रो जिल्लामा।

07/10/2025

सुदन गुरुङ नामक अमेरिकी एजेन्टको लहलहैमा लागेर हाम्रो देशको विध्वंसतर्फ नलाग्न सम्पूर्ण नेपाली युवा पुस्तालाई अनुरोध।

07/10/2025

सडक निकासको माग राख्दै थलारा गाउँपालिका वडा नम्बर ६ सडिलका जेन्जी युवाले तोडफोड सहित थलारा गाउँपालिकाको कार्यालयमा ताला लगाएकाछन । आज दिउसो कार्यालयमा आएका युवाहरुले कर्मचारीलाई बाहिर निकाल्दै कार्यालयमा तोडफोड सहित तालाबन्दी गरेका हुन । झनाना सडिल तराटी ठिङाललेख सडक निकासिको माग गर्दै उनिहरु पालिका पुगेका हुन । यश अघि उनिहरुले वडा नम्बर ६ को कार्यालयमा समेत तालाबन्दी गरेका थिए । गाउँपालिका ताला लगाउने सुचना पाएपछि ईलाका प्रहरी कार्यालयको टोली पुगेपनि कमै मात्रामा सुरक्षा कर्मीहुदा नियन्त्रण गर्न नसकेको प्रहरीले जनाएको छ । कार्यालयमा के कति क्षति भएको छ अहिले भन्न नसक्ने प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्याले बताउनु भयो । सडिलका युवाहरुले आफ्नो माग पूरा गराउन शान्तिपूर्ण ढंगले गाउँपालिका र वडा पालिकामा ताला लगाईएको र माग पूरा नहुन्जेलसम्म ताला नखोल्ने बताएका छन । झनाना सडिल तराटी ठिङाल्लेक सडक ठिङाल्लेकबाट कटिङ सुरु गरि पिखेत गाउँको मुङरा धारा सम्म पुगेको छ भने झनाना हुँदै पखेत गाउँ सम्म पुगेको छ भने गाउँमा सहमति नजुट्दा करिव १५० मिटर सडक जोडिन बाकी छ । सडक जोड्न आर्थिक बर्ष २०८१/८२ मा १० लाख रुपैया बिनियोजन गरिएको थियो । सहमति जुटाउन थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम बहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या, वडा अध्यक्ष अनिल बिष्ट लगायत सरोकारवालाहरुले पहल गरेपनि सहमति नजुट्दा बजेट फ्रिज गएको थियो । पिखेतबाटमात्रै सडक आउनुपर्छ भन्ने हाम्रो मागछैन जहाबाट भएपनि सडिल गाउँ सडकसंग जोडिनुपर्छ भन्ने आफ्नो माग रहेको युवा राजेश कडायतले बताउनुभयो।

जयपृथ्वी नगरपालिका वडा न-११,सुइल,मयाना साबिक चैनपुर गाविस वडा न-९ बाट वि.स २०४८ सालमा सबैभन्दा पहिला SLC पास गर्नुभएका आ...
05/10/2025

जयपृथ्वी नगरपालिका वडा न-११,सुइल,मयाना साबिक चैनपुर गाविस वडा न-९ बाट वि.स २०४८ सालमा सबैभन्दा पहिला SLC पास गर्नुभएका आदरणीय समाजसेवी दाई जयगिरी धामी भन्नुहुन्छ वि.स २०४८ सालमा नेपाली काङ्ग्रेसको क्रियासिल सदस्य लिएर नेपाली काङ्ग्रेसको राजनीति गर्दा गर्दै अहिले चिया खाने पैसा छैन तर म पछि राजनीति सुरु गरेका साथीहरू भ्रष्टाचार गरि करोड पति भए । नेपालका राजनैतिक दलहरु जनताप्रति उत्तरदायी नभएका कारण आज जनता बाट लखेटिनु पर्यो । मैले उज्जालो मुक्त सुइल,मयाना बनाउन निकै ठूलो योगदान गरे तर मलाई स्थानीय तहले कुनै सहयोग गरेन । अहिले काङ्ग्रेस बाट निर्वाचित मेयर छ्न।
📸✍️कृष्ण ब धामी।

04/10/2025

हाल देशभरि निरन्तर भारी वर्षा भइरहेको छ, जसले यात्रालाई निकै जोखिमपूर्ण बनाएको छ। यद्यपि दशैंको सार्वजनिक बिदा आज समाप्त हुँदैछ, भोलिदेखि सबै कार्यालयहरू सञ्चालनमा आउने तयारीमा छन्। यस्तो मौसमीय संकटकालीन अवस्थामा कर्मचारीहरूलाई सुरक्षित यात्राको सुनिश्चितता नहुँदा जोखिम थपिन सक्छ।

सरकारलाई भोलि (२०८२/०६/१९) का लागि थप एक दिनका लागी विपत् व्यवस्थापनका लागि खटिने बाहेकलाई सार्वजनिक बिदा दिन आग्रह गर्दछौं।

😳
01/10/2025

😳

01/10/2025

नेपालको समकालीन राजनितीको ग्राउण्डमा हिरा भनेर कुन नेतालाई चिनिन्छ?

25/09/2025

यस जयपृथ्वी नगरपालिका वडा नं ६ को किर्केट प्रतियोगिता मा अहिले सम्म नाम दिएको टिम हरु।
१- सुर्मा गाउँपालिका वडा नं ४
२- जनशक्ति युवा क्लब मुम्ला
३- बारिल
४- सुर्मा गाउँपालिका वडा नं २
५- सुर्मा गाउँपालिका वडा नं ३
६- सुर्मा गाउँपालिका वडा नं ५
७- RDS सुर्मा गाउँपालिका २
८- नमादेव युवा क्लब ज.न.पा ८
९- DYC युवा क्लब देवल
१०- सुर्मा देवी अरक युवा क्लब
११- शोभान स्मृति युवा क्लब दुर्गाथलि ७
१२- जोशिगाउँ हेलस्टोन
१३- आयोजक A
१४- आयोजक B
१५- आयोजक C
सबैलाई सुभकामना।

24/09/2025

४ सय ५० मिलिग्राम ब्राउन सुगरसहित भदौ ६ गते पक्राउ परेका विशाल रावल प्रकरणको अनुसन्धान अघि बढ्दै जाँदा जिल्लाका दुई चर्चित व्यक्तित्व समेत पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरू जिल्ला अस्पताल बझाङका डाक्टर मिलनराज जोशी र जयपृथ्वी बहुमुखी क्याम्पसका स्ववियु सभापति तिलकचन्द्र बोहरा रहेका छन् ।
प्रहरीका अनुसार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर सभापति बोहरालाई भदौ ३१ गते पक्राउ गरिएको हो । सोही प्रकरणमा संलग्न रहेको भन्दै डाक्टर जोशीलाई असोज ७ गते मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाले दुवैजनामाथि थप अनुसन्धान भइरहेको र घटनाबारे विस्तृत विवरण क्रमशः सार्वजनिक गरिने जानकारी दिएका छन् ।
बरामद गरिएको लागू औषधसहित पक्राउ परेकाहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

आउदै गरेको विजयादशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा यस जयपृथ्वी नगरपालिका वडा नं ६ मा बझाङ जिल्ला वडा स्तरीय क्रिकेट प्रति...
21/09/2025

आउदै गरेको विजयादशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा यस जयपृथ्वी नगरपालिका वडा नं ६ मा बझाङ जिल्ला वडा स्तरीय क्रिकेट प्रतियोगिता संचालन गर्ने योजना बनाएको हुँदा देश तथा विदेशमा बस्ने हाम्रो ६ नम्बर वडाका दाजुभाई तथा दिदीबहिनीहरुले केही सहयोग गरिदिनुहुन अनुरोध गर्दछु। सहयोग गर्न चाहने व्यक्तिले "९८४२२०१३५५" फोन,म्यासेज गर्नुहोला।

दशैं भन्दा अगाडि नै गर्नुपर्ने भएकाले भारत र नेपाल मा सहयोग गर्न चाहने व्यक्तिले हामिलाई २/३ दिन भित्र तल दिएको "Scanning" मा जति सकिन्छ सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।

नोट:-दशैं पछाडि राख्ने भने ता पनि बझाङ मा २०-२९ सम्म महोत्सव लाग्ने र १८ गते बाट शुर्मामा क्रिकेट प्रतियोगिता हुने भएकोले त्यस लाई मध्यनजर गर्दै दशैं भन्दा २/३ दिन अगाडि बाट खेल सुरु गर्ने निर्णय गरेको हुदा छिट्टै टिम दर्ता गर्न अनुरोध गर्दछौ।

21/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनको प्रारम्भिक समयमा मन्त्री नियुक्ति विषयमा आएको उच्च दबाबको खुलासा गरेकी छन्। उनले बताइन् कि यदि कुलमान घिसिङलाई मन्त्री बनाइएको हुन्न भने सरकार नै गठन हुन सक्ने अवस्था थिएन।

उद्योगी व्यवसायीसँग आइतबारको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, “कुलमान जीलाई नराखेको भए मन्त्रिमण्डल नै नबन्ने अवस्था थियो। हामी सडकबाट बनेका हौं र सबै माग सडकबाट आएको हो। हामी जसलाई पनि सहयोग गर्न तयार छौं।”

जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे सबैलाई जानकारी भएको उल्लेख गर्दै उनले भनिन् कि आफ्नो मन पवित्र भएर सरकारमा सहभागी भएकाले सबै पक्षसँग सहकार्य गर्न तयार छिन्।

प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा निजी क्षेत्रको क्षति प्रति दुःख व्यक्त गर्दै प्रश्न गरिन्, “जसले भित्रबाट पनि दिन्छ र बाहिरतिर पनि दिन्छ, उसको घरमा किन आगजनी भयो? निजी क्षेत्रमा किन प्रहार भयो? के–को रिस हो कुनि?”

उनले उद्योग–व्यवसाय सञ्चालनका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने कि महिला उद्यमी महासंघ नेपालले जस्तै देशभर उद्यमी विकासमा पहल गर्न आवश्यक छ। साथै, सुरक्षाकर्मीको मनोबल बढाउन पनि निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको बताइन्।

प्रधानमन्त्रीको यो वक्तव्यले सरकार गठन पछिको चुनौती, निजी क्षेत्रसँग सहकार्यको महत्त्व र जेन–जी आन्दोलनको प्रभावलाई स्पष्ट पारेको छ।

Address

सुन्दर सुदुर पश्चिम् प्रदेश नम्बर ७
Bajhang
10500

Alerts

Be the first to know and let us send you an email when Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल:

Share