Jayaprithvi F.M. Network

Jayaprithvi F.M. Network Jayaprithvi F.M. Network is broadcasting on 96.3 MHz from Pugar and on 103.3 MHz from Bagada. office phone: 092421404 and whatsapp : 9858490945.
(2)

केरुङ नाकासम्म पुग्ने बाटो धमाधम बनाउँदै चीनसो स्थानमा काम गरिरहेका चिफ इन्जिनियर झु फेङका अनुसार शनिबार ६० प्राविधिक र ...
29/08/2026

केरुङ नाकासम्म पुग्ने बाटो धमाधम बनाउँदै चीन
सो स्थानमा काम गरिरहेका चिफ इन्जिनियर झु फेङका अनुसार शनिबार ६० प्राविधिक र २८ ठूला मेसिन लगाएर बाटो खन्ने काम भइरहेको छ।

29/08/2026

प्राकृतिक विपद्को हिरो जापान लड्न नसकिरहेको बेला नेपाल के सक्थ्यो र ?

भोटेकोशी बाढीपीडितलाई जयपृथ्वी अस्पतालको ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोगभोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित...
29/08/2026

भोटेकोशी बाढीपीडितलाई जयपृथ्वी अस्पतालको ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले जयपृथ्वी अस्पताल प्रा.लि. चैनपुर बझाङले आर्थिक सहयोग गरेको छ।

अस्पतालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको जनाएको छ। अस्पतालले विपद्का बेला प्रभावित नागरिकको साथमा उभिनु सामाजिक उत्तरदायित्व भएको बताएको छ।

अस्पतालले “मानवता नै हाम्रो धर्म, सेवा नै हाम्रो कर्म” भन्ने भावनासहित सहयोग गरिएको जनाएको छ। अस्पतालका अनुसार उक्त सहयोगले बाढीपीडितको राहत तथा पुनर्निर्माण
जयपृथ्वी अस्पतालले विपद्को समयमा सहयोग, सहकार्य र सद्भावमार्फत प्रभावित नागरिकलाई साथ दिन सबैमा आग्रहसमेत गरेको छ।

29/08/2026

भोटेकोशी बाढीपीडितका लागि बझाङ उद्योग वाणिज्य संघद्वारा १ लाख १ हजार १११ रुपैयाँ सहयोग

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनाका लागि बझाङ उद्योग वाणिज्य संघले १ लाख १ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विपद्का बेला पीडित नागरिकको साथमा उभिनु उद्योगी–व्यवसायीको समेत सामाजिक दायित्व भएको संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दानबहादुर सुर्मेलीले बताउनुभयो। उहाँले संघको सहयोगले बाढीपीडित परिवारलाई केही भए पनि राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

संघका उपाध्यक्ष शंकर रसायलीले विपद्को समयमा सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभयो।

भोटेकोशी बाढीपीडितका लागि विभिन्न व्यक्ति, संघसंस्था तथा निकायबाट सहयोग जुट्ने क्रम जारी छ।

शुक्रबार चीनको सांघाईस्थित अक्टागन (रिङ) मा न्युजिल्यान्डका कासिब मर्डोकविरुद्ध ‘बझाङ्गी बाघ’ उपनामले परिचित नेपालका फाइ...
28/08/2026

शुक्रबार चीनको सांघाईस्थित अक्टागन (रिङ) मा न्युजिल्यान्डका कासिब मर्डोकविरुद्ध ‘बझाङ्गी बाघ’ उपनामले परिचित नेपालका फाइटर रवीन्द्र ढाँटले रोड टू यूएफसी सिजन–५ जीत निकालेका हुन् ।

भोटेकोशी माथी चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचनाभोटेकोशी माथी चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना आएको छ । रसुवाका प्रम...
28/08/2026

भोटेकोशी माथी चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना
भोटेकोशी माथी चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना आएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले भोटेकोशी नदीको माथी चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना आएको जानकारी दिनुभएको छ । केही मिनेट अघि ताल फुटेको सूचना आएर खबर गर्न थालेको उहाँले बताउनुभयो । चीनको छोचेन खोला र परेपू त्याङ्सो नदीको संगम छेउमा एउटा ताल बनेको थियो ।

प्राकृतिक विपद्का कारण भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारले निर्देशन दिएको छ।भदौ ...
28/08/2026

प्राकृतिक विपद्का कारण भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारले निर्देशन दिएको छ।
भदौ १२ गतेका परीक्षामा छुटेका परीक्षार्थीका लागि पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि विश्वविद्यालयहरूलाई भनिएको छ।
मन्त्री सस्मित पोखरेलले अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार, सभा र सामूहिक कार्यक्रम स्थगित गर्न अनुरोध गरेका छन्।

‘बझाङको बाघ’ भनेर समेत चिनिने नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा फाइट अन्तर्गत सेमिफाइनलमा आज दिउँसो 2:15 PM NPT...
28/08/2026

‘बझाङको बाघ’ भनेर समेत चिनिने नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा फाइट अन्तर्गत सेमिफाइनलमा आज दिउँसो 2:15 PM NPT न्युजिल्यान्डका कासिब मुर्डोकसँग भिड्दैछन् ।

जनै पुर्णिमा तथा रक्षा बन्धनको शुभकामना !
27/08/2026

जनै पुर्णिमा तथा रक्षा बन्धनको शुभकामना !

आज भदौ ११ गते बेलुकासम्म बझाङका लोकेन्द्र सिंहको पनि उद्धार गरिएको छ ।
27/08/2026

आज भदौ ११ गते बेलुकासम्म बझाङका लोकेन्द्र सिंहको पनि उद्धार गरिएको छ ।

Address

Bajhang
10500

Alerts

Be the first to know and let us send you an email when Jayaprithvi F.M. Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jayaprithvi F.M. Network:

Shortcuts

Share

Category