
17/09/2025
यस वर्षको दसैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको जनाएको छ।
त्यस्तै असोज ६ गते सोमबार घटस्थापना दिन बिहान ९ बजेर १३ मिनेटमा जमरा राख्ने उत्तम साइत रहेको समितिको भनाइ छ।
सरकारी कार्यालयमा झन्डा फेर्न असोज ७ गते ९ बजेर ५३ मिनेटमा साइत रहेको र असोज १३ गते बिहान ७ः१५ बजे फुलपाती भित्र्याउने साइत रहेको समितिले जनाएको छ।