Saipal Khabar

Saipal Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saipal Khabar, News & Media Website, Bajhang.

29/08/2026

भोटेकोशी बा!ढीमा सनाखत नभएका श!वको फोटो हेर्न कमेन्टमा राखिएको लिंक खोल्नुहोस्।
पहिचानमा सहयोग गर्न सूचना सेयर गरिदिनुहोस्।

सुवर्ण अवसर !!!पर्यटन र हस्पिटालिटी क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव भएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले पढ्द...
11/08/2026

सुवर्ण अवसर !!!

पर्यटन र हस्पिटालिटी क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव भएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले पढ्दै, सिक्दै, कमाउने र कलेज पास आउट हुँदा साथ रोजगारी दिने प्रतिबद्धताका साथ सिद्धार्थ एकेडेमी अफ टुरिजममा, हस्पिटालिटी, म्यानेजमेन्ट साथम कलेज संचालन गर्दै आएकाे छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गरी साथम कलेजले गत बर्ष देखि नेपालगन्जमा चार वर्षे ब्याचलर इन हस्पिटालिटी , टुरिजम म्यानेजमेन्ट बिएचटिएममा पढाई सुरु गरेको छ । जुन सुकै विषयमा प्लस टु उर्तीण भएका विद्यार्थीले चार वर्षे बिएचटिएमको पढ्न सक्नेछन् ।
साथम कलेजको एकेडेमिक र प्राक्टिकल कक्षाहरू सिद्धार्थ ग्रुप नेपालगन्जको स्थित चार तारे हाेटेल सिद्धार्थ भित्रै सञ्चालन भई रहेकाे छ । कलेजले गत बर्ष देखि नेपालगन्जमा बिएचटिएम कोर्षमा पढाइ सुरु गरेको हो । ग्रुपको भैरहवा स्थित सिद्धार्थ भिलासामा याे कोर्षमा दुई बर्ष देखि पढाइ भइ रहेको छ । चालु शैक्षिक सत्रका लागि साथम कलेजले नेपालगन्ज र भैरहवाका लागि भर्ना सुरु गरेकाे छ । साथम कलेज लुम्बिनी बौद्ध विश्वविद्यालयको लर्निङ सेन्टर हो ।
बिएचटिएम कोर्षमा फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउसकिपिङ, टुरिजम , फ्रन्ट अफिस, मार्केटिङ जस्ता विषयमा सैद्धान्तिक र प्रयोगात्मक पढाइ हुन्छ । यो कोर्ष पुरा गर्न १२४ ९ १ क्रेडिट बराबर १६ घन्टा क्रेडिट आवर पढ्नु पर्छ ।
तीन वर्ष नेपालमा पढी सके पछि बाकी एक वर्ष विदेश गएर पढ्न चाहने विद्यार्थीका लागि इन्टरनेसल स्टुडेन्ट एक्स चेन्ज कार्यक्रम मार्फत लुम्बिनी बौद्ध विश्वविद्यालयले नै चीन र दक्षिण कोरियाका केही विश्वविद्यालयसँग सहकार्य गरेर छात्रवृत्तिमा पढ्ने र काम गर्ने अवसर पाउने छन । त्यसका लागि विद्यार्थीले भाषा लगायत विश्वविद्यालयले तोकेका शैक्षिक मापदण्ड पुरा गर्नु पर्ने छ ।

चार वर्षे कोर्ष बिएचटिएम कोर्षमा पढ्नका लागि ७ लाख ५० हजार लाग्छ । यो कोर्षमा ८ वटा सेमेस्टर हुन्छ । पहिलो सेमेस्टरमै शत प्रतिशत पढाइ हुन्छ । दोस्रो सेमेस्टरबाट सिक्ने र कमाउने क्रम सुरु हुन्छ । हरेक हप्ता कम्तीमा ३० घन्टा अनिवार्य रुपमा काम गर्नु पर्छ । कोर्ष पुरा हुने समय सम्म विद्यार्थीले करिब ५ लाख रुपैयाँ पढ्दा पढ्दै सिद्धार्थ होटेल मै काम गरेर कमाउने सुनिश्चता गरिएको छ ।

पढाई पुरा गरे पछि सिद्धार्थ ग्रुप देशैभर रहेका होटेल , रिर्सोट , रेष्टुरेन्ट , क्याफे ९ सिद्धार्थ ग्रुप अन्तर्गत पाच तारे, चार तारे र तीन तारे होटेल , रिर्सोट , रेष्टुरेन्ट र क्याफे गरेर ३३ वटा आउटलेट मा काम गर्ने अवसर पाउने सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनु भयो ।

10/08/2026

जब पहाडबाट खसेको ढुंगा बसमा बजारियो‍…
बाजुराको जगन्नाथ गाउँपालिका ५ भुकाह खोलामा पहाडबाट खसेको ढुंगाले मध्यपश्चिम यातायातको बसमा क्षति

बझाङमा ग्यासको ‘कृत्रिम अभाव’को आशंका : डिलरदेखि होटलसम्म २५ भरिएका सिलिन्डर भेटिए, नगरपालिका भने मौन ?
09/08/2026

बझाङमा ग्यासको ‘कृत्रिम अभाव’को आशंका : डिलरदेखि होटलसम्म २५ भरिएका सिलिन्डर भेटिए, नगरपालिका भने मौन ?

बझाङ — बझाङमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकेको र सर्वसाधारण उपभोक्ताले ग्यास पाउन कठिनाइ भइरहेको ...

सफल युवा व्यवसायी नरेन्द्र खड्काको पहलमा बन्यो, बारिल झरनाको बाटो । थप विवरण कमेन्टमा 👇👇👇
01/08/2026

सफल युवा व्यवसायी नरेन्द्र खड्काको पहलमा बन्यो, बारिल झरनाको बाटो ।
थप विवरण कमेन्टमा 👇👇👇

कप्तानगन्ज घटनामा सरकार र पिडित पक्ष बिच ७ बुदे सम्झौता !
31/07/2026

कप्तानगन्ज घटनामा सरकार र पिडित पक्ष बिच ७ बुदे सम्झौता !

रातारात १० लाखको भत्ता काण्ड : जयपृथ्वी नगरपालिकामाथि अख्तियारको छानबिन मागबझाङ,  – बझाङको जयपृथ्वी नगरपालिकाले असार २५ ...
16/07/2026

रातारात १० लाखको भत्ता काण्ड : जयपृथ्वी नगरपालिकामाथि अख्तियारको छानबिन माग
बझाङ, – बझाङको जयपृथ्वी नगरपालिकाले असार २५ गते राति नगरपालिकामा कार्यरत ३५ जनाको नाममा करिब १० लाख रुपैयाँ भत्ता वितरण गरेको विवरण सार्वजनिक भएपछि स्थानीय तहमा नयाँ विवाद सिर्जना भएको छ। आर्थिक वर्ष समाप्त हुनै लाग्दा एकै रात ठूलो रकम भत्ता शीर्षकमा भुक्तानी गरिनुलाई लिएर राज्यको सम्पत्तिको दुरुपयोग तथा आर्थिक अनियमितताको आरोप लागेको हो।
सार्वजनिक भएका कागजातअनुसार उक्त रकम कुन कानुनी आधार, निर्णय वा अतिरिक्त कार्यसम्पादनका आधारमा वितरण गरिएको हो भन्ने विषयमा नगरपालिकाले हालसम्म स्पष्ट जानकारी दिएको छैन। स्थानीय नागरिक समाजका प्रतिनिधिहरूले वास्तविक रूपमा कुनै अतिरिक्त काम नगरी भत्ता वितरण गरिएको पुष्टि भए यो गम्भीर आर्थिक अनियमितता हुने बताएका छन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सुशासन ऐन, २०६४ ले सार्वजनिक स्रोतको पारदर्शी तथा मितव्ययी उपयोग गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गैरकानुनी रूपमा आर्थिक लाभ लिन वा राज्यलाई हानि पुर्‍याउने निर्णय गर्नेलाई कारबाहीको दायरामा ल्याउन सकिने कानुनी प्रावधान छ।
स्थानीयवासीले भत्ता वितरणको निर्णय प्रक्रिया, कानुनी आधार तथा लाभ लिने ३५ जनाले गरेको अतिरिक्त कामबारे सार्वजनिक गर्न माग गरेका छन्। घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उजुरी दिने तयारी भइरहेको स्रोतले जनाएको छ।

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूको धर्ना
14/07/2026

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूको धर्ना

Address

Bajhang
10505

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9843381165

Alerts

Be the first to know and let us send you an email when Saipal Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saipal Khabar:

Shortcuts

Share