श्रीराम खबर

श्रीराम खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्रीराम खबर, Media/News Company, Balaju.

ताजा र सत्य, तथ्य समाचारको लागि कृपया यो पेजलाई लाईक Like, follow र Share गर्नु होला…
News, Upcoming IPO Date, Sharebazar News 🗞️
Shreeram Khabar, Sriram Khabar यो पेज जय श्रीराम खबर प्रा.लि. द्धारा संचालित न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

दुःख, संघर्ष र इमानदारीको यात्रा — धरानका मेयर हरक सम्पांगधरान – एक सामान्य परिवारबाट उठेका व्यक्ति, जसले आफ्नो जीवनको अ...
16/07/2025

दुःख, संघर्ष र इमानदारीको यात्रा — धरानका मेयर हरक सम्पांग

धरान – एक सामान्य परिवारबाट उठेका व्यक्ति, जसले आफ्नो जीवनको अधिकांश समय दुःख, संघर्ष र इमानदारीका साथ बिताए — उनी हुन् धरान उपमहानगरपालिका का मेयर हरक बहादुर सम्पांग।

गाउँको काखबाट सुरु भएको उनको यात्रा आज जनताको मनमा गहिरो सम्मान र विश्वासको रूपमा स्थापित भएको छ। सम्पांगले राजनीतिमा भित्रिनुअघि मजदुरी, विदेश यात्रा र जनसेवामार्फत आफूलाई चिनाएका थिए।

उनले चुनावमा कुनै ठूला पार्टीको भर नपरी, जनताको समर्थन र भरोसाको बलमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुँदै धरानको मेयर बन्न सफल भए। जितपछिको उनको सादा जीवनशैली, भ्रष्टाचारविरुद्धको स्पष्ट धारणा र जनताको समस्या समाधानमा देखिएको सक्रियता निकै प्रशंसायोग्य छ।

15/07/2025

#रौतहट उद्योग वाणिज्य संघ #निर्वाचन: अध्यक्षमा #गोपाली निर्विरोध, सदस्य पदका लागि प्रतिस्पर्धा तिव्र

रौतहट उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत आज सम्पन्न उम्मेदवारी दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि रबिन्द्र नाथ गोपालीको एकल उम्मेदवारी परेपछि उनी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। यद्यपि, अधिकारिक घोषणा भने अझै बाकी रहेको छ।

संघको विधान अनुसार अध्यक्षबाहेकका पदाधिकारीहरू सदस्य पदबाट निर्वाचित भई चयन गरिने व्यवस्था रहेकोले, ११ सदस्य पदको लागि निर्वाचन हुने भएको छ। यस पदका लागि २७ जनाको उम्मेदवारी दर्ता भएको छ।

आज नेपाल पत्रकार महासंघ रौतहट शाखामा आयोजित पत्रकार सम्मेलनमार्फत निर्विरोध अध्यक्ष गोपालीले आफ्नो ११ सदस्यीय प्यानल सार्वजनिक गर्दै सम्पूर्ण मतदाताहरूलाई सोही प्यानललाई मतदान गर्न आग्रह गरेका छन्।

गोपालीको प्यानलमा रहेका सदस्य उम्मेदवारहरू:
1. बिपेन्द्र कुमार झा
2. मनोज कुशवाहा
3. संतोष केशरी
4. चन्द्रप्रकाश अग्रवाल
5. रमेश कुमार
6. विजय प्रसाद कुशवाहा
7. रितेश कुमार अग्रवाल
8. बिनोद कुमार प्रसाद
9. सुनिल प्रसाद जैसवाल
10. भैरव साह
11. अभिमन्यु कुमार गुप्ता

निर्वाचन प्रक्रियाले संघमा नयाँ नेतृत्व चयन गर्ने बाटो खोलेको छ भने अध्यक्ष पदमा गोपालीको निर्विरोध जितले संस्थामा एकताको सन्देश पनि दिएको छ। बाँकी सदस्य पदको निर्वाचन परिणामले आगामी कार्यसमितिको स्वरूप स्पष्ट पार्नेछ।

13/07/2025

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, २ लाख ९४ हजार २ सय ७६ जना आवेदकले १० कित्ता शेयर प्राप्त गरेका छन्।
नतिजा हेर्न मेरो शेयर मा अझै केही समय लाग्न सक्छ।

जसपा नेता अशोक यादवमाथि लागेको मुद्दा फिर्ताको मागमा मलंगवा बजार बन्द।
12/07/2025

जसपा नेता अशोक यादवमाथि लागेको मुद्दा फिर्ताको मागमा मलंगवा बजार बन्द।

11/07/2025

#बागमती नदीमा #बाढीको खतरा: छेउछाउका #बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

बागमती नदीमा पानीको सतह लगातार बढ्दो छ।अत्यधिक वर्षाका कारण नदीमा जलस्तर बढ्दै गएकाले नदी आसपास बसोबास गर्ने नागरिकहरूलाई बाढीको गम्भीर खतरा उत्पन्न भएको छ। रौतहट जिल्लाका बागमती नदी किनारका बस्तीहरू अहिले सबैभन्दा बढी जोखिममा छन्।

✅ स्थानीय बासिन्दाले अपनाउनु पर्ने सुरक्षा सतर्कता:

🔹 जलस्तर हेर्ने:
• नदीको सतह निरन्तर निगरानी गर्नुहोस्।
• नगरपालिका / गाउँपालिकाको सूचना वा एफएम रेडियो सुन्नुहोस्।

🔹 सुरक्षाको पूर्वतयारी गर्नुहोस्:
• आवश्यक कागजात, मोबाइल, चार्जर, औषधि, सुक्खा खाद्य, लुगाफाटा तयारी अवस्थामा राख्नुहोस्।
• बाढीको सूचना पाएपछि तुरुन्त सुरक्षित स्थानतर्फ जानुहोस्।

🔹 बालबालिका, महिला, वृद्ध र अपाङ्ग व्यक्तिको प्राथमिक ख्याल राख्नुहोस्।

🔹 सार्वजनिक सम्पर्कमा रहनुहोस्:
• टोल टोलमा निगरानी समिति गठन गर्नुहोस्।
• आकस्मिक सन्देश तुरुन्त एक–अर्कालाई जानकारी गराउनुहोस्।

🔹 खतरापूर्ण स्थानबाट टाढा रहनुहोस्:
• तटबन्ध, पुल, बाँध नजिक नजानुहोस्।
• रातिको समयमा नदी छेउ जानु खतरनाक हुन्छ।

📢 यदि बाढीको असर देखिन थाल्यो भने:
• तुरुन्त स्थानीय प्रशासन, प्रहरी वा वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
• सहयोगी मनहरू मिलेर एक–अर्कालाई सहयोग गरौं।

 #पानी नपर्दा किसान  #चिन्तित, खेत बाझै, रोपाइँ ठप्पवर्षाको समयमा पानी नपरेपछि मधेसका किसानहरू यतिबेला गहिरो चिन्तामा पर...
11/07/2025

#पानी नपर्दा किसान #चिन्तित, खेत बाझै, रोपाइँ ठप्प

वर्षाको समयमा पानी नपरेपछि मधेसका किसानहरू यतिबेला गहिरो चिन्तामा परेका छन्। असार महिनाको अन्तिमतिर आइपुग्दा पनि पर्याप्त वर्षा नहुँदा रोपाइँको अवस्था अत्यन्तै कमजोर देखिएको छ। सामान्यतया हालसम्म ८० प्रतिशत धानको रोपाइँ सम्पन्न भइसक्नुपर्ने हो, तर रौतहट लगायत मधेसका जिल्लामा जम्मा ४५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।

खेतमा पानी नपरेको कारण, पहिले जोतेका खेतहरूमा समेत धुलो उड्न थालेको छ। खेतमा चिरा-चिरा परेको छ भने, बिउ रोप्न त परै जाओस्, माटो नै सुक्खा बनेको छ।

पानीको अभावमा किसानहरू डीजल पम्प तथा मोटरमार्फत सिँचाइ गर्न बाध्य छन्। तर, विद्युतीय मोटर प्रयोग गर्दा भोल्टेज कम हुने र बिजुलीको आपूर्ति स्थिर नहुनाले समस्या झन् जटिल भएको छ। धेरैजसो किसानहरू महँगो डिजेल किन्न नसक्ने अवस्थामा छन्।

रौतहट जिल्ला मधेसमा सबैभन्दा राम्रो धान उत्पादन हुने क्षेत्रको रूपमा चिनिन्छ, तर पानी नपरेका कारण यतिबेला खेतहरू बाझै देखिन्छन्। स्थानीय कृषि कार्यालयका अनुसार हालसम्म जिल्ला भर जम्मा ४५ प्रतिशत रोपाइँ भएको छ, जुन तथ्यले कृषकहरूको पीडा झनै गहिरो बनाएको छ।

10/07/2025

रौतहटमा #बालकको हृदयविदारक #मृत्यु: उद्धारमा किन भयो यस्तो लापरवाही ?
रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ८ मा २०८२ असार २५ गते बुधबार बागमती नदीमा डुबेर १० वर्षीय सुधिर पासवानको मृत्यु भएको घटनाले पूरै जिल्लालाई स्तब्ध बनाएको छ। स्थानीय बासिन्दाका अनुसार, सुधिर डुबेको खबर पाएपछि पनि समयमै उद्धार हुन नसक्दा एउटा अमूल्य ज्यान गुमाउनुपर्‍यो। यो घटनाले सरकारी निकायको तयारी र सामाजिक न्यायमाथि गम्भीर प्रश्नहरू खडा गरेको छ।
समय हुँदा पनि उद्धारमा किन ढिलाइ भयो?
स्थानीय प्रत्यक्षदर्शीका अनुसार, सुधिर नदीमा डुबेको खबर केही मिनेटमै गाउँभरि फैलिएको थियो। स्थानीयहरूले तुरुन्तै खबर गरे पनि प्रशिक्षित उद्धार टोली समयमै घटनास्थलमा पुग्न सकेनन्। उद्धारका लागि आवश्यक उपकरणको अभाव र प्रशासनको ढिलासुस्तीका कारण सुधिरलाई बचाउन सकिएन। यस्तो संवेदनशील अवस्थामा सरकारी निकायको निष्क्रियताले धेरै प्रश्नहरू जन्माएको छ।
दलित भएकैले उद्धारमा हेलचेक्य्राइँ भयो?
सुधिर पासवान दलित समुदायका हुन्। यस घटनामा के सामाजिक विभेदले पनि उद्धार कार्यमा असर पारेको हो भन्ने शङ्का स्थानीयहरूले व्यक्त गरिरहेका छन्। उनीहरूले उठाएका प्रश्नहरूमा जातीय विभेदले उद्धार कार्यमा ढिलाइ गराएको हो कि?, सुधिर उच्च जातका हुन्थे भने उद्धार कार्यलाई प्राथमिकता दिइन्थ्यो होला कि? र राज्यले आफ्ना दलित नागरिकप्रति समान व्यवहार गरिरहेको छैन कि? जस्ता गम्भीर विषयहरू छन्। यी प्रश्नहरूको जवाफ अब प्रशासन र सरकारसँग मागिएको छ।

विपद् व्यवस्थापन समिति किन घटनास्थलमा पुगेन?
रौतहट जिल्ला विपद् व्यवस्थापन समिति यस्ता घटनाहरूमा प्रमुख जिम्मेवार निकाय हो। तर, यस घटनामा समितिको उपस्थिति देखिएन। समन्वयको अभाव र तालिमप्राप्त जनशक्ति तथा उपकरणहरूको कमजोरी स्पष्ट रूपमा देखियो। यस्तो अवस्थाले गर्दा समिति केवल कागजमा मात्रै सीमित भएको जनगुनासो बढेको छ।
जनताको आवाज: जवाफ चाहिन्छ!
सुधिरको मृत्युले गाउँमा गहिरो शोक र आक्रोश दुवै ल्याएको छ। जनताले अब निम्न मागहरू राखेका छन्:
* यस घटनाको तत्काल निष्पक्ष छानबिन गरियोस्।
* जिम्मेवार निकाय र व्यक्तिहरूलाई कारबाही गरियोस्।
* भविष्यमा यस्ता घटनाहरूमा उद्धार कार्य तत्काल र प्रभावकारी होस्।
* जातीय विभेदको सम्भावनाबारे गहिरो छानबिन होस्।

यस त्रासदीपूर्ण घटनाबाट पाठ सिक्दै, भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन निम्न कदमहरू चाल्न जरुरी देखिन्छ:
* घटनाको निष्पक्ष छानबिन समिति गठन गरिनुपर्छ।
* उद्धार संयन्त्रलाई प्राविधिक रूपमा सुदृढ पारिनुपर्छ।
* विपद् व्यवस्थापनलाई कागजी नभई वास्तविक रूपमा सक्रिय बनाइनुपर्छ।
* राज्यले सबै नागरिकलाई समान रूपमा हेर्ने व्यवहारमा प्रतिबद्ध हुनुपर्छ।

08/07/2025

Heartbreaking Sad News: रसुवामा आएको बाढीमा बेपत्ता भएका नेपाल प्रहरीका ASI को चितवनको नारायणी किनारमा De'ad Body भेटिएको छ। 😥

08/07/2025

आजको सबभन्दा राम्रो कुरा: क्रिकेटर अभय यादवलाई एसीसी पुरुष U-16 पूर्वी क्षेत्र कप 2025 को च्याम्पियन बनेर घर फर्किँदा हार्दिक स्वागत गरिएको छ। 🏏🎉

यो उपाधि नेपालको युवा क्रिकेटको लागि ठूलो प्रेरणा हो। अभय यादवजस्ता खेलाडीहरूले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काइरहेका छन्। उनलाई र सम्पूर्ण टिमलाई हार्दिक बधाई! 🇳🇵💐

08/07/2025


हिम स्टार ऊर्जा कम्पनले असार २४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

चीनको तिब्बत बाट बग्दै आएको भोटेकोशीमा एक्कासी बाढी आउँदा रसुवा भन्सार क्षेत्र टिमुरेमा ठुलो क्षति पुर्याएको छ।रसुवा भन्...
08/07/2025

चीनको तिब्बत बाट बग्दै आएको भोटेकोशीमा एक्कासी बाढी आउँदा रसुवा भन्सार क्षेत्र टिमुरेमा ठुलो क्षति पुर्याएको छ।रसुवा भन्सार क्षेत्रमा पार्किङ गरिएका सयौं Ev गाडिहरु, कन्टेनरमा भन्सार गर्न राखिएका सामानहरु समेत सयौंको संख्यामा बगाएको र तिब्बत क्षेत्रमा रहेका मालबाहक कन्टेनरहरु डुबानमा परेको छ।

Yo FPO ta kaso naparla: हिमालयन बैंक लिमिटेडको एफपीओ असार ३२ गते बाट बिक्री खुल्ला हुने भएको छ ।😳
08/07/2025

Yo FPO ta kaso naparla: हिमालयन बैंक लिमिटेडको एफपीओ असार ३२ गते बाट बिक्री खुल्ला हुने भएको छ ।😳

Address

Balaju

Alerts

Be the first to know and let us send you an email when श्रीराम खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्रीराम खबर:

Share