PL TV HD

PL TV HD PLTV HD particular to Broadcasting & media Production company basically for Nation & their people’s
(1)

15/08/2026

श्रमदान मार्फत विद्यालयको प्राङ्गण सरसफाई गर्दै र मैदान भित्र जम्ने पानीलाई नाला बनाई निकास गर्ने काम सम्पन्न।

मलाई लाग्छ यस वर्ष हामी उपाधिहरू जित्नेछौं,  म पक्का छु हामी पुनरागमन गर्नेछौं:- किलियन एम्बाप्पेकिलियन एम्बाप्पेले  हाल...
15/08/2026

मलाई लाग्छ यस वर्ष हामी उपाधिहरू जित्नेछौं, म पक्का छु हामी पुनरागमन गर्नेछौं:- किलियन एम्बाप्पे

किलियन एम्बाप्पेले हालै भनेका छन्, "हामीले जित्नैपर्छ र मलाई लाग्छ कि यस वर्ष हामी उपाधिहरू जित्नेछौं।" रियल म्याड्रिड टिभीमा अन्तर्वार्ता दिँदै, यी फ्रान्सेली फरवार्डले नवनियुक्त प्रशिक्षक जोसे मोरिन्होको नेतृत्वमा २०२६/२७ को सिजनमा अघि बढ्दा टोलीको महत्वाकांक्षाप्रति पूर्ण विश्वास व्यक्त गरेका छन् !

घरेलु उपाधि प्रतिद्वन्द्वी बार्सिलोनाले जितेको चुनौतीपूर्ण अघिल्लो सिजनपछि, टोली पुनरागमन गर्न आतुर छ। रियल म्याड्रिडका आगामी कदमहरू:
आधिकारिक उपाधि होडमा उत्रनुअघि टोलीले आफ्नो प्रि-सिजन तालिका पूरा गर्दैछ: १६ अगस्ट २०२६: एफसी साल्के ०४ (FC Schalke 04) विरुद्ध अन्तिम मैत्रीपूर्ण खेल। २२ अगस्ट २०२६: आरसीडी एस्पानियोल (RCD Espanyol) को मैदानमा ला लिगाको आधिकारिक सिजनको पहिलो खेल।
२६ अगस्ट २०२६: बर्नाबेउमा रियल सोसिडाड (Real Sociedad) विरुद्ध पहिलो उच्च-स्तरीय घरेलु खेल खेल्नेछ !


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापा पुगेका छन्। चन्द्रगढी विमानस्थलमा अवतरण गरेपछि उनी इलामको कार्...
15/08/2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापा पुगेका छन्।

चन्द्रगढी विमानस्थलमा अवतरण गरेपछि उनी इलामको कार्यक्रमतर्फ प्रस्थान गरेका छन् र भोलि बिर्तामोडमा पार्टीको कार्यक्रममा सहभागी हुनेछन्।
झापा र इलाम भ्रमणका मुख्य विवरण:
चन्द्रगढी (भद्रपुर) विमानस्थलमा आगमन।

आजको कार्यक्रम: झापा हुँदै इलामतर्फ प्रस्थान र त्यहीं बस्ने।
भोलिको कार्यक्रम: बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गर्ने कार्यक्रमको उद्घाटन।

पथरीमा श्रमदान ४३ औं हप्तामा प्रवेश।  #फोटो_फिचर मोरङको पथरी शनिश्चरे नगरपालिकामा जारी श्रमदानमा आज वडा नं ७ को चन्द्र क...
15/08/2026

पथरीमा श्रमदान ४३ औं हप्तामा प्रवेश। #फोटो_फिचर मोरङको पथरी शनिश्चरे नगरपालिकामा जारी श्रमदानमा आज वडा नं ७ को चन्द्र किराँतेश्वर मावि भित्रको प्राङ्गणमा सरसफाई एबम वर्षातको समयमा चौउरमा पानी जम्ने र स्कूले विद्यार्थीहरुलाई असहज भइरहेको अवस्थामा श्रम संस्कृति पार्टीका श्रमदाताहरूले जमेको पानीको निकासका लागि श्रमदान मार्फत ड्रैनेज बनाउने काम सम्पन्न गरेका छन्। वडा नं ७ ले पर्याप्त मात्रामा ह्यम पाइप उपलब्ध गराए पछि स्कुल भित्र जमेको पानीलाई करिब ५० मिटर जति लामो ड्रैनेज बनाई स्थायी रूपमा सञ्चालनमा आएको ड्रैनेजमा लगेर मिसाइएको छ। तस्बिर: पिएल टिभी एचडी।

पूर्वी इन्डोनेसियाको फ्लोरेस टापु नजिकै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, कम्तिमा १४ को मृ #त्यु भएको खबर छ !
15/08/2026

पूर्वी इन्डोनेसियाको फ्लोरेस टापु नजिकै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, कम्तिमा १४ को मृ #त्यु भएको खबर छ !

करोडौंको पुरस्कार राशि जित्ने उद्देश्यले पब्जी विश्वकप खेल्न पेरिस पुगेका नेपाली खेलाडी सहित अन्य २० खेलाडीहरू फुड पोइजन...
15/08/2026

करोडौंको पुरस्कार राशि जित्ने उद्देश्यले पब्जी विश्वकप खेल्न पेरिस पुगेका नेपाली खेलाडी सहित अन्य २० खेलाडीहरू फुड पोइजनका बिरामी हुँदा खेल स्थगित भएको छ। फाइनलका अन्तिम लागि १६ टोलीले उपाधिको लागि खेल खेल्दै गर्दा तेश्रो खेलपछि नेपाली खेलाडी ने फियर उपचारको लागि बाहिरिएको थियो। नेपालको महत्वपूर्ण खेलाडी बाहिरिएपछि चौथो खेलमा नो फियरको ठाउँमा हैट दामी आएपनि टोलीको खाता भने १ अङ्क पनि जोड्न सकेनन्, र चौथो खेलको समाप्ति पछि थप खेलाडीहरूले लगातार बान्ता गर्न थालेपछि पहिलो दिनको चार खेलपछि खेल समाप्त गरिएको थियो।

प्रहरी निरीक्षक रुपेश तामाङ तेह्रथुम जिल्लाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ! इलाका प्रहरी कार्यालय बसन्तपुर, तेह्रथु...
14/08/2026

प्रहरी निरीक्षक रुपेश तामाङ तेह्रथुम जिल्लाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ !

इलाका प्रहरी कार्यालय बसन्तपुर, तेह्रथुममा कार्यरत प्रहरी निरीक्षक रुपेश तामाङले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र उत्कृष्ट जनसेवा प्रदान गर्न पुर्‍याउनुभएको योगदान प्रशंसनीय छ ।
उहाँको यो सफलताले नेपाल प्रहरीको व्यावसायिकता र कतर्व्यपरायणतालाई थप प्रमाणित गरेको छ।

Tamang Rupesh

देउवाले उद्घाटन गरे, कांग्रेस संस्थापन ईतर समुहको  राष्ट्रिय भेला !नेपाली कांग्रेसको संस्थापन इतर पक्ष (असन्तुष्ट समूह) ...
14/08/2026

देउवाले उद्घाटन गरे, कांग्रेस संस्थापन ईतर समुहको राष्ट्रिय भेला !

नेपाली कांग्रेसको संस्थापन इतर पक्ष (असन्तुष्ट समूह) को तीन दिने राष्ट्रिय भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा औपचारिक रूपमा सुरु भएको छ !
जसको उद्घाटन निवर्तमान सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर गर्नुभएको छ.स्वास्थ्य उपचारका लागि लामो समय विदेशमा रहेर बिहीबार मात्रै स्वदेश फर्कनुभएका देउवाको प्रमुख आतिथ्यतामा साउन २९ देखि सुरु भएको यो भेला साउन ३१ गतेसम्म चल्नेछ !

भेलाका मुख्य विशेषताहरू:नेतृत्व: भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा कार्यक्रम भइरहेको छ.शीर्ष नेताहरूको उपस्थिति: भेलामा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र विजयकुमार गच्छदारलगायतका नेताहरूको बाक्लो उपस्थिति छ.सहभागिता: देशभरबाट करिब ५,००० नेता तथा कार्यकर्ताहरू भेलामा सहभागी भइरहेका छन् !
एजेण्डा :-
पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा सर्वोच्च अदालतले पार्टी आधिकारिकता विवादलाई पुनरावलोकन गर्न अनुमति दिएपछिको परिस्थितिबारे छलफल गरिँदैछ.बन्दसत्रमा प्रस्तुत हुने ६ मुख्य प्रस्तावहरू:

साउन ३० र ३१ गते चल्ने बन्दसत्रमा विभिन्न विधाका प्रतिवेदन र प्रस्तावहरूमाथि व्यापक छलफल हुने तय भएको छ !
प्रस्तावको विषयप्रस्तुत गर्ने नेताराजनीतिक प्रस्तावपूर्व उपसभापति विमलेन्द्र निधिआर्थिक नीतिसम्बन्धी
प्रस्तावपूर्वप्रवक्ता प्रकाशशरण महतसंगठनसम्बन्धी प्रस्तावपूर्वसहमहामन्त्री उमाकान्त चौधरीसमसामयिक विषयसम्बन्धी प्रस्तावनेता एनपी साउदविधान संशोधनसम्बन्धी प्रस्तावनेता रमेश लेखक !प्रचारप्रसारसम्बन्धी प्रस्तावनेता मीन विश्वकर्मा छन् !

१.७ मिलियन डलर पुरस्कार राशिको लागी नेपाली पब्जी टोली होरा आज देखि ई - स्पोर्ट पब्जी विश्व कप (पिएमडब्लुसी) को फाइनलमा भ...
14/08/2026

१.७ मिलियन डलर पुरस्कार राशिको लागी नेपाली पब्जी टोली होरा आज देखि ई - स्पोर्ट पब्जी विश्व कप (पिएमडब्लुसी) को फाइनलमा भिड्दै। यस अघि ग्रुप स्टेजबाट नेपाली टोली होरा समग्रमा चौथो हुँदै ५७५०० अमेरिकी डलर पुरस्कार राशि जितिसकेका छन्।

झापा अर्जुनधारामा सर्पदंशबाट  एक युवाको मृ #त्यु भएको हो ! झापा अर्जुनधारा नगरपालिका–८ का  विनोद लिम्बूको सर्पदंशबाट मृ ...
14/08/2026

झापा अर्जुनधारामा सर्पदंशबाट एक युवाको मृ #त्यु भएको हो !

झापा अर्जुनधारा नगरपालिका–८ का विनोद लिम्बूको सर्पदंशबाट मृ #त्यु भएको खबर छ । घरमै सुतिरहेका बेला सर्पले डसेपछि उनलाई चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
अवस्था निक्कै गम्भीर बनेपछि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल रेफर गरिएका लिम्बूको उपचारकै क्रममा मृ #त्यु भएको खबर प्राप्त भएको छ ।

Address

Jinju-si Dodong-ro 264 Building 15-4
Balaju
52799

Alerts

Be the first to know and let us send you an email when PL TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PL TV HD:

Shortcuts

Share