Routine Of Arjundhara

Routine Of Arjundhara Stay informed with Arjundhara! Your trusted source for the latest news, current events, and trending updates. Bringing you real stories as they happen

फेसबुकमा भावुक पोस्ट लेखेर ललितपुरका रिनेश घिमिरेले आत्मह'त्या गरेका छन् । 😥💔
19/07/2025

फेसबुकमा भावुक पोस्ट लेखेर ललितपुरका रिनेश घिमिरेले आत्मह'त्या गरेका छन् । 😥💔

Bishnu Sapkota लेख्छन्,✍️" हामी दुई जना अलग भइसकेपछि, आपसी समझदारीका आधारमा, आफ्ना व्यक्तिगत कुराहरू सार्वजनिक रूपमा नल्...
19/07/2025

Bishnu Sapkota लेख्छन्,✍️
" हामी दुई जना अलग भइसकेपछि, आपसी समझदारीका आधारमा, आफ्ना व्यक्तिगत कुराहरू सार्वजनिक रूपमा नल्याउने र शान्तिको लागि मौन बस्ने निर्णय गरेको थिएँ। चुप लागेर बस्नु मेरो कमजोरी होइन, न त बोल्ने ठाउँ नपाएर हो। सम्बन्ध समाप्त भइसकेपछि कसैसँग बदला लिने, गिज्याउने, खिसीटिउरी गर्ने वा आफ्नो ऊर्जा नकारात्मक कुरामा खर्च गर्ने मेरो स्वभाव होइन। हिजोको दिनमा माया गरेर, परिवारको उपस्थितिमा, आदरपूर्वक घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक रूपमा बोल्न उचित ठान्दिन। मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको संकेत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ।

नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले सबै नेपाली इन्टरनेट सेवा प्रदायकहरू (ISP) लाई टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको छ...
19/07/2025

नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले सबै नेपाली इन्टरनेट सेवा प्रदायकहरू (ISP) लाई टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको छ ! 😲

डिभोर्स हुनु अघि यसरी कुटपिट भएको थियो भन्दै गायिका एलिना चौहानले फोटो सार्वजनिक गरेकी छन् ।
19/07/2025

डिभोर्स हुनु अघि यसरी कुटपिट भएको थियो भन्दै गायिका एलिना चौहानले फोटो सार्वजनिक गरेकी छन् ।

१ साउन २०८१ मा त्रिभुवन विमानस्थलबाट मर्मत (C-Check) का लागि पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज उडेको एक मिनेटमै दुर्घटन...
19/07/2025

१ साउन २०८१ मा त्रिभुवन विमानस्थलबाट मर्मत (C-Check) का लागि पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज उडेको एक मिनेटमै दुर्घटनामा परेर १८ जनाको ज्यान गयो। सरकारद्वारा गठित छानबिन आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो दुर्घटना वायुसेवा कम्पनी, पाइलट र नागरिक उड्डयन प्राधिकरणको गम्भीर लापरवाही र लापरबाहीको संकलित परिणाम हो।

मुख्य तथ्यहरू:

गलत स्पिडकार्ड: जहाजको तौल अनुसारको टेकअफ स्पिड (‘V-Speed’) नै गलत थियो। प्रयोग गरिएको स्पिडकार्ड स्वीकृत थिएन र कसैले पनि सो गल्ती बेलैमा देखेनन्।

लोडिङमा गम्भीर लापरवाही: जहाजमा कार्गो जथाभावी तरिकाले लोड गरिएको थियो। प्रज्वलनशील वस्तु (लुब्रिकेन्ट, क्लिनर), औजार बाकस, खाद्यान्न लगायतका सामग्री यात्रु क्याबिनमै सुरक्षा उपाय विना राखिएका थिए।

रोटेसनमा समस्या: जहाजले अत्यधिक गतिमा रोटेसन (माथि उठ्ने प्रक्रिया) गर्दा आवश्यक उचाइ लिन सकेन। ६ सेकेन्डमै १५ डिग्री पिच भयो, जुन सामान्यभन्दा निकै तेज थियो। त्यसले जहाजलाई ‘डिप स्टल’ मा पुर्‍यायो।

ढल्किने गति असामान्य: १५.५ डिग्री प्रति सेकेन्डको ‘रोल रेट’ मा जहाज दायाँ ढल्कियो र २६ डिग्रीसम्म झुकेको थियो, जुन अत्यन्त असामान्य मानिन्छ।

इन्धन समस्या: देब्रे इन्जिन पहिलोपटक स्टार्ट हुन सकेन। दोस्रो प्रयासमा मात्र सफल भयो, तर टेकअफमा दुवै इन्जिन सामान्य देखिए।

फेरी फ्लाइट भएपनि तयारी न्यून: यस्तो फ्लाइटका लागि विशेष योजना र सुरक्षा मापदण्ड आवश्यक भए पनि त्यसमा गम्भीर लापरवाही देखियो। अपरेसन म्यानुअल तथा ग्राउन्ड ह्यान्डलिङ म्यानुअल उल्लंघन गरियो।

क्याप्टेन ढिलो ककपिटमा: उडानका ३० मिनेटअघि मात्र क्याप्टेन ककपिटमा पुगे, कोपाइलटसँग सामान्य सोधपुछ गरे तर विस्तृत प्रि-स्टार्ट प्रक्रिया देखिएन।

दुर्घटनापछि उद्धार ढिला: विमान दुर्घटनापछि १ मिनेट ४० सेकेन्डमा दमकल पुगे पनि प्रभावकारी उद्धार हुन सकेन। क्याप्टेनलाई बाहिर निकाल्न सकिए पनि ककपिटमा बाँकी क्रुहरू बाँच्न सक्ने सम्भावना कमजोर उद्धार तयारीले गुमायो।

विमानस्थल संरचना पनि दोषी: त्रिभुवन विमानस्थलमा रनवे पछाडि सुरक्षा क्षेत्रको अभाव रहेको र यो संरचनागत कमजोरीले पनि दुर्घटनापछि क्षति बढाएको प्रतिवेदनमा उल्लेख छ।

रसुवाको ल्हेन्दे खोलामा आएको बाढीमा बेपत्ता हुनेहरू - 😥१. प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ२. प्रहरी जवान मुन्ना ठ...
08/07/2025

रसुवाको ल्हेन्दे खोलामा आएको बाढीमा बेपत्ता हुनेहरू - 😥
१. प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
२. प्रहरी जवान मुन्ना ठाकुर
३. प्रहरी जवान लोकेन्द्र बोहोरा
४. जिपन चौधरी
५. सन्तोष दइत
६. बुद्धिराम थारु
७. लक्ष्मीनारायण थारु
८. सुरेश थारु
९. नरेन्द्र विक ( बागलुङ )
१०. फुर्वा लामा (कन्टेनर चालक )
११. गोविन्द मोक्तान (मिक्सचर चालक )
१२. लोकमान तामाङ ( हाइलक्स चालक )
बेपत्ता हुने १८ जना मध्ये ६ जना चिनियाँ नागरिक छन्।

मातृशोकमा रहेका पत्रकार अपिल त्रिपाठीलाई समाजसेवी इशा गुरुङले भेटेकी छन् ! भेटपछि तस्विर राख्दै सामाजिक संजालमा उनी लेख्...
08/07/2025

मातृशोकमा रहेका पत्रकार अपिल त्रिपाठीलाई समाजसेवी इशा गुरुङले भेटेकी छन् ! भेटपछि तस्विर राख्दै सामाजिक संजालमा उनी लेख्छिन्,"अपिल त्रिपाठी भाइ मन बलियो पार्न आग्रह गर्दछु"

Good News : उज्जल बिक्रम थापा लेख्छन्, सम्पूर्ण देशबासी ले वहाँ को बोली सुन्नुभयो समाचार पढ्नु भयो।मैले न सुने न पढे मैल...
08/07/2025

Good News : उज्जल बिक्रम थापा लेख्छन्, सम्पूर्ण देशबासी ले वहाँ को बोली सुन्नुभयो समाचार पढ्नु भयो।मैले न सुने न पढे मैले त केवल पुरानो जलन भोगेर कष्टकर जीवन बिताउन बाध्य मानव देखें। वहाँ को जीवन सजिलो बनाउन सम्भव सम्पूर्ण उपचार निःशुल्क गर्ने भएका छौं।जय सेवा।'

नेपाली सिनेमा जगतकी सुपरस्टार नायिका करिश्मा मानन्दर बुद्ध शान्तिमा आएकी छिन्।
08/07/2025

नेपाली सिनेमा जगतकी सुपरस्टार नायिका करिश्मा मानन्दर बुद्ध शान्तिमा आएकी छिन्।

Amazing art of Bibek Pangeni & Srijana Subedi made by using cement. ❤️Art. Sunny Swarnakar
08/07/2025

Amazing art of Bibek Pangeni & Srijana Subedi made by using cement. ❤️

Art. Sunny Swarnakar

एउटा आमाको आग्रह: उहाँ हुनुहुन्छ विपिन जोशीको आमा जसले विगत ६३८ दिनबाट आफ्नो छोराको केही खबर प्राप्त गर्नु भएको छैन। उहा...
07/07/2025

एउटा आमाको आग्रह: उहाँ हुनुहुन्छ विपिन जोशीको आमा जसले विगत ६३८ दिनबाट आफ्नो छोराको केही खबर प्राप्त गर्नु भएको छैन। उहाँ भन्नुहुन्छ, "उसले के खाएको छ... के लाएको छ... कस्तो अवस्थामा छ... हामीलाई केही पनि थाहा छैन। उसको आवाज अहिलेसम्म मैले सुन्न सकेको छैन र हामी धेरै तनावमा रहेको छौँ। सबै ठाउँमा हामीले सहयोग माग्दा पनि अहिलेसम्म मेरो छोराको केही अत्तोपत्तो छैन। नेपाल सरकारसँगै अरु राष्ट्रहरूलाई पनि मेरो छोरा खोजिदिन आग्रह गर्दछु। मेरो छोरा पढ्न गएको थियो।"

टिकटकबाट चर्चामा आएकी गुराँस नानीले गायक दुर्गेश थापा र चर्चित भ्लगर सिसन बानियाँसँग म्युजिक भिडियो खेलेकी छन्। थापाको ट...
07/07/2025

टिकटकबाट चर्चामा आएकी गुराँस नानीले गायक दुर्गेश थापा र चर्चित भ्लगर सिसन बानियाँसँग म्युजिक भिडियो खेलेकी छन्। थापाको टिमले उनलाई सोलुखुम्बुको गाउँबाट काठमाडौं भिडियो खेल्न बोलाएर ५० हजार रुपैयाँ पारिश्रमिक दिएको बताएको छ । धेरै मान्छेले खिल्ली उडाएपनि गुराँस नानीमा ट्यालेन्ट भएको र आफूहरूले उनको सेलिब्रेटी बन्ने सपना पूरा गर्न सघाएको दूर्गेशको भनाई छ । भिडियो चाँडै सार्वजनिक हुने बताइएको छ ।

Address

Balaju

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Arjundhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Arjundhara:

Share