Shuva Bihani

Shuva Bihani Nepali Online News Protal in Neepal

26/05/2026

जगदीशको भड्काउ अभिव्यक्ति, विपक्षीलाई भन्नुसम्म भने, त्यसपछि भयो बबण्डर

लमजुङका सङ्घीय संसद्लाई खुला पत्र सङ्घीय संसद् सदस्यमाननीय धर्म के.सी. ज्युसङ्घीय संसद्, नेपालविषय: बेलघारी भारते  मोटरब...
23/05/2026

लमजुङका सङ्घीय संसद्लाई खुला पत्र
सङ्घीय संसद् सदस्य
माननीय धर्म के.सी. ज्यु
सङ्घीय संसद्, नेपाल
विषय: बेलघारी भारते मोटरबाटो स्तरोन्नति तथा कालोपत्रे सम्बन्धमा अनुरोध।
महोदय,
बेलघारी क्षेत्रमा रहेको मोटरबाटो हालसम्म कच्ची तथा स्तरोन्नति नभएको कारण स्थानीय जनता अत्यन्तै समस्यामा परिरहेका छन्। वर्षायाममा हिलो तथा घाम लाग्दा धुलोका कारण दैनिक आवतजावत गर्न कठिन भइरहेको अवस्था छ। विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक तथा सर्वसाधारण नागरिकले यातायातको असुविधाका कारण ठुलो दुःख पाएका छन्। मुलत यही कारणले बसाई सराईको दर दिनानु दिन बढेको र सम्पूर्ण गाउँ नै खाली हुने अवस्था रहेको।
उक्त सडक समयमै स्तरोन्नति तथा कालोपत्रे नहुँदा स्थानीय विकासमा समेत प्रत्यक्ष असर परेको छ। यस क्षेत्रका नागरिकहरूको लामो समयदेखिको मागलाई मध्यनजर गर्दै सम्बन्धित निकायमार्फत आवश्यक बजेट यही बजेट मार्जफत बिनियोजन गरी सडक निर्माण तथा स्तरोन्नतिको कार्य तत्काल अघि बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
जनताको समस्यालाई गम्भीरतापूर्वक लिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।
धन्यवाद।
निवेदक
समस्त दोर्दी १ भारते निवासी
मिति : २०८३/०२/०८

21/05/2026

सदनमा हंगामा स्वर्णीमले झपारे, रवि ट्वाल्ल, सोविता हराइन्, नारावाजीकै बीच के भयो यस्तो ?

18/05/2026

रमेश प्रसाइँ झन् कडा सदनबाटै थर्काए, मदन भण्डारीको छनक, ओली-लेखक सखाप, विपक्षीको समेत ताली

लमजुङको भुजुङमा अझै गुन्जिन्छ कटुवालको स्वरलमजुङको पर्यटकीय गाउँ भुजुङमा परम्परागत कटुवाल प्रथा आज पनि गुन्जीरहेको छ । प...
17/05/2026

लमजुङको भुजुङमा अझै गुन्जिन्छ कटुवालको स्वर
लमजुङको पर्यटकीय गाउँ भुजुङमा परम्परागत कटुवाल प्रथा आज पनि गुन्जीरहेको छ । प्रविधिको तीव्र विकाससँगै ग्रामीण क्षेत्रमा पुराना परम्पराहरु हराउँदै गइरहेका बेला भुजुङले भने आफ्नै मौलिक पहिचान जोगाइरहेको देखिन्छ ।
कटुवाल प्रणाली गाउँमा सूचना आदान–प्रदान गर्ने पुरानो तर प्रभावकारी माध्यम हो । गाउँलेहरुले एक व्यक्तिलाई कटुवालको जिम्मेवारी सुम्पन्छन् । जसले सभा, निर्णय, पूजाआजा लगायतका महत्त्वपूर्ण सूचना घरदैलोमा पुगेर सुनाउने काम गर्छ । यहाँ अझै पनि माइक वा अन्य आधुनिक उपकरणभन्दा आफ्नै स्वर प्रयोग गरेर सूचना दिने चलन छ ।
कटुवालको भूमिका केवल सूचना पु¥याउनेमा सीमित हुँदैन । उनी गाउँका हरेक गतिविधिमा सक्रिय हुन्छन् । कसैको घरमा दुःखसुख परेमा खबर फैलाउने, सामूहिक काम (जस्तै कुलो बनाउने, बाटो मर्मत गर्ने)का लागि गाउँलेलाई बोलाउने, तथा आपत्कालीन अवस्थामा छिटो सूचना प्रवाह गर्ने जिम्मेवारी पनि उनकै हुन्छ । यसले गाउँमा आपसी सहयोग र सहकार्यको भावना बलियो बनाएको भुजुङका स्थानीय नौराज गुरुङले बताउनु भयो ।

भुजुङमा कटुवाल चयन पनि सामाजिक सहमतिमा आधारित हुन्छ । जिम्मेवार, विश्वासिलो र सबैसँग राम्रो सम्बन्ध भएको व्यक्तिलाई मात्र यो जिम्मेवारी दिइन्छ । कतिपय अवस्थामा कटुवाललाई गाउँबाट सम्मानस्वरुप अन्न, सहयोग वा सानो पारिश्रमिक पनि प्रदान गरिन्छ । जसले यस भूमिकालाई अझ प्रतिष्ठित बनाएको छ ।

गुरुङ समुदायको बाक्लो बसोबास रहेको भुजुङमा यो प्रथा सांस्कृतिक पहिचानकै रुपमा स्थापित छ । विशेष गरी पूजा, तिथिमिति, गाउँ बार्ने समय तथा विभिन्न चाडपर्वमा कटुवालको भूमिका झनै महत्त्वपूर्ण हुन्छ । गाउँका विभिन्न स्थानबाट एकैसाथ कटुवाल लगाउने परम्पराले यहाँको मौलिकता झल्काउँछ ।

पर्यटकहरुका लागि पनि यो प्रथा आकर्षणको विषय बनेको छ । आधुनिक प्रविधिको पहुँच हुँदाहुँदै पनि परम्परागत शैलीमै सञ्चार हुने प्रणालीले भुजुङलाई फरक पहिचान दिएको छ ।

यद्यपि, केहीले समयअनुसार परम्परालाई आधुनिक माध्यमसँग जोड्नुपर्ने धारणा राखे पनि अधिकांश स्थानीय यसको संरक्षणमै लागि परेका छन् । परम्परा र आधुनिकताको सन्तुलन कायम गर्दै भुजुङले सांस्कृतिक निरन्तरताको उदाहरण प्रस्तुत गरिरहेको छ । यो समाचार नेपाल समाचारपत्रको लागि खुशीमाया गुरुङ ले लेख्नुभएको हो ।

लमजुङमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्युबेसीसहर नगरपालिका-११, रामचोक बेसीमा आज बिहान मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय म...
15/05/2026

लमजुङमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
बेसीसहर नगरपालिका-११, रामचोक बेसीमा आज बिहान मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय महनीदी सेढाईको मृत्यु भएको छ।
उदिपुरबाट जाँदै गरेको एक मोटरसाइकलले बिहान ७:३० बजे पैदलयात्री सेढाईलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते उनलाई प्रदेश अस्पताल लमजुङ पुर्‍याइएकोमा उपचारकै क्रममा ८:५० बजे डाक्टरले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा घाइते भएका २० वर्षीय चालक बिकेश तामाङको छाती र घुँडामा चोट लागेको छ र उनको हाल उपचार भइरहेको छ।

सेतो कपडामा पनि खुले बालेन
09/05/2026

सेतो कपडामा पनि खुले बालेन

दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसेफ विजयले तमिलनाडु विधानसभा चुनावमा सबैलाई चकित पारेका छन्। विजय जसलाई उनका फ्यानहरू...
04/05/2026

दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसेफ विजयले तमिलनाडु विधानसभा चुनावमा सबैलाई चकित पारेका छन्।

विजय जसलाई उनका फ्यानहरू ‘थलपति’ का नामले चिन्छन्, उनको पार्टी टीवीके (तमिलगा वेट्री कड़गम) ले मुख्यमन्त्री एमके स्टालिनको पार्टी डीएमकेलाई पनि रुझानमा पछाडि छोडेको छ। डेटानेटका अनुसार टीवीके १०५ सिटमा अगाडि छ भने सत्तारूढ द्रविड मुनेत्र कड़गम (डीएमके) ले ५१ सिटमा अग्रता बनाएको छ।

04/05/2026

हर्कका सांसद आरेन राई र प्रहरीबीच सडकमै लफडा

दिल्ली र बेइजिङलाई सरकारले भन्यो– लिपुलेकमा गतिविधि नगर्नू  सरकारले नेपालको भूमि लिपुलेक हुँदै भारत–चीन आवत जावत गर्ने म...
04/05/2026

दिल्ली र बेइजिङलाई सरकारले भन्यो– लिपुलेकमा गतिविधि नगर्नू

सरकारले नेपालको भूमि लिपुलेक हुँदै भारत–चीन आवत जावत गर्ने मार्ग सञ्चालन भएकोप्रति आपत्ति जनाएको छ। कैलाश मानसरोबर जाने भारतीय तीर्थयात्रुले सो मार्ग प्रयोग गर्छन्।१८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग छ’, आइतबार साँझ परराष्ट्र मन्त्रालयले जारी गरेको ६ बुँदे प्रेस नोटमा भनिएको छ।

नेपालले सो क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको छ।

प्रेस नोटको पूर्णपाठस्

१। नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सोधिएका प्रश्न र चासोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ।

२। १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू(भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग छ।

३। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ।

४। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको छ।

५। साथै, लिपुलेक क्षेत्र नेपाली भू(भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराई सकिएको बेहोरा स्पष्ट पारिन्छ।

६। नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धि(सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैं प्रतिबद्ध छ।

Address

Balaju

Alerts

Be the first to know and let us send you an email when Shuva Bihani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shuva Bihani:

Shortcuts

Share