19/07/2025
ललितपुरको लुभुमा वृहत् वृक्षरोपण सम्पन्न ( भिडियो सहित समाचार ) :
महालक्ष्मी नगरपालिका वडा नम्बर -८,नर्कटेस्थित मूल सडक दायाँबायाँ वृहत् वृक्षरोपण गरिएको छ। सिर्जनसिपको आयोजनामा विभिन्न जातका ७४ वटा वृक्षरोपण गरिएको हो।
संस्थाका अध्यक्ष सहदेव राउतको अध्यक्षता आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, उपमेयर लक्ष्मी महर्जन,वरिष्ठ कलाकार किरण केसी (रातामकै ), वातावरण संरक्षण गैरसरकारी संस्था महासंघका अध्यक्ष टिकाराम दहाल, फोहर मैला ब्यबस्थापन संघ नेपालका अध्यक्ष राम कुमार घिमिरे,अभिभावक संघ नेपालका अध्यक्ष देवराज लामिछाने,वरिष्ठ संचारकर्मी तथा कलाकार शिरोमणि दवाडी लगायतका ब्यक्तित्वहरूले उपस्थितिमा उहाँकै नाममा रहेका वृक्षरोपण गरिएको थियो।उहाँहरूले समुदायको वातावरण संरक्षण र पर्यावरणीय सफाइमा स्थानीयवासी आफै कृयाशील हुनुपर्नेमा जोड दिनुभयो।
बिरुवा रोपेर नियमित हेरचाह सहित संरक्षण समेतको ब्यबस्था मिलाइएको कार्यक्रमका संचालक एल पि दवाडीले जानकारी गराउनुभयो।